Khabar Dabali २९ असार २०८३ सोमबार | 13th July, 2026 Mon
Investment bank

युक्रेनलाई पहिलो एफ-१६ जेट प्राप्त तर अझै अपर्याप्त

खबरडबली संवाददाता

किएभ । युक्रेनलाई अमेरिकामा बनेको एफ–१६ लडाकू विमानहरूको पहिलो खेप प्राप्त भएको छ  ।  युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले आइतबार रुसी सेनालाई परास्त गर्न थप विमान आवश्यक रहेको बताएका छन् ।

दुई वर्षभन्दा बढी समयदेखि युक्रेनले विमानका लागि पश्चिमी साझेदारहरूसँग अनुरोध गरेको थियो । किएभले मागेको एफ–१६ लडाकू विमानलाई लामो समयदेखि सैन्य हार्डवेयरको विशाल सूचीमा मुकुट रत्न मानिन्छ । 

“हामीले प्रायः ‘असम्भव’ शब्द सुनेका छौँ, अब यो वास्तविकता हो, हाम्रो आकाशमा वास्तविकता, युक्रेनमा एफ–१६, हामीले यो पूरा गर्यौँ”, आफू माथिबाट एफ–१६ विमानले उडान भरेका बेला उनले घोषणा गरे । 

युक्रेनी त्रिशूलले ब्रान्ड गरिएका दुई खरानी रङका आंशिक रूपमा ढाकिएको एफ–१६ जस्तै देखिने अगाडि जेलेन्स्की उभिएका थिए । पत्रकारहरूलाई सुरक्षाका कारण यसको खुलासा नगर्न भनिएको थियो । 

“यी विमानहरूमा निपुणता हासिल गरिरहेका हाम्रा सबै केटाहरूमा मलाई गर्व छ र पहिला नै हाम्रो मुलुकका लागि यसको प्रयोग सुरु गर्न थालिसकेका छन्”, जेलेन्स्कीले भने ।

उनले कति जेट पठाइएका थिए र ती जेटका विशिष्ट कामका बारेमा टिप्पणी गर्न अस्वीकार गरे । यद्यपि एएफपीका पत्रकारहरूले घटनास्थलमा कम्तीमा दुई वटा एफ–१६ देखेका छन् । 

किएभका सेनाले हालैका साताहरूमा रुसी सैनिकको अग्रतालाई रोक्न सङ्घर्ष गरिरहेका बेला यो घोषणालाई सम्भवतः धेरैले स्वागत गर्नेछन् ।  लडाकू विमानहरूको आगमनले युक्रेनलाई रुसी बमबारीबाट स्वयंलाई राम्रो तरिकाले बचाउन सक्षम बनाउने किएभले अपेक्षा गरेको छ । एफ–१६ विमानलाई उसको सटीकता, गति र दायराका लागि जानिन्छ । 

अपर्याप्त

यद्यपि जेलेन्स्कीले अझ धेरै एफ–१६ आवश्यक रहेको बताएका छन् । “युक्रेनमा हामीसँग जतिवटा एफ–१६ विमान छन् र जति पाइलट पहिला नै प्रशिक्षित भइसकेका छन् त्यो अनुसार पर्याप्त छैन भन्ने हाम्रा साझेदारहरूलाई थाहा छ”, उनले भने, “हामीले थप एफ–१६ को अपेक्षा गरिरहेका छौँ ।”

धेरै नाटो मुलुकले विभिन्न सङ्ख्यामा लडाकू विमानहरू आपूर्ति गर्ने वाचा गरेका छन् र महिनौँदेखि युक्रेनी  पाइलट र चालक दललाई प्रशिक्षण दिइरहेका छन् ।  जेलेन्स्कीले डेनमार्क, नेदरल्यान्ड्स, अमेरिका र अन्य सहयोगीहरूलाई धन्यवाद दिँदै भने, “हाम्रा केटाहरूले धेरै तालिम लिइरहेका छन् ।”

हालैका महिनाहरूमा रुसी हवाई अभियानका बीचमा राष्ट्रपति जेलेन्स्कीले सहयोगीहरूसँगको बैठकमा युक्रेनलाई राम्रो हवाई सुरक्षाको आवश्यकतालाई आफ्नो एजेन्डाको सबैभन्दा माथि राखेका छन् ।

मे महिनामा एएफपीसँगको अन्तरवार्तामा जेलेन्स्कीले युक्रेनलाई रुसी वायु शक्तिसँग समानता हासिल गर्न करिब एक सय ३० वटा एफ–१६ को आवश्यकता रहेको बताएका थिए । यद्यपि युक्रेनका साझेदारहरूले अहिलेसम्म एक सयभन्दा पनि कम एफ–१६ पठाउने वाचा गरेका छन् ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending