Ntc summer Offer
Khabar Dabali ३ आश्विन २०८१ बिहीबार | 19th September, 2024 Thu
NIMB

खोटाङको राजापानीमा बाघ आतङ्क, स्थानीय त्रसित

खबरडबली संवाददाता

खोटाङ  । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीमा बाघका कारण स्थानीय अतङ्कित भएका  छन् । जङ्गलबाट गाउँ पसेको बाघले खोरका खसीबाख्रा, गोठमा बाँधिएका बाच्छापाडा तथा कुकुर मार्न थालेपछि स्थानीय बासिन्दा आतङ्कित बनेका हुन् ।

केही दिनअघिदेखि गाउँ पसेको एउटा बाघले शुक्रबार राति साविक राजापानी गाविस वडा नं २ भोगटिनीस्थित देविका चौहानको घरमा बाँधेको कुकुर तथा सोही राति शम्भुप्रसाद भण्डारीको खसी मारेको स्थानीय ले बताए ।

चौहानको घर बाहिर राखिएको खाटमा बाँधेको कुकुर साङ्लोसहित २० मिटर तल लगेर टाउकोबाहेक सबै खाए पनि भण्डारीको खसी भने खोरबाट निकाल्न नसक्दा मारेर भागेको जनाइएको छ । बाघले शनिबार भोगटिनीकै देवीबहादुर कार्कीको बोका मारेको छ ।

राजापानीका स्थानीयका अनुसार केही दिनअघि साविक ६ नं वडामा पर्ने मापाचुलीका कीर्तिमान कार्कीको गोठको बाच्छो बाघले मारेको छ । दुई वर्षअघि पनि जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने लिकुवापोखरीमा चितुवाको त्रास थियो । खोटेहाङ गाउँपालिका–१ लिकुवापोखरीमा त्यतिबेला चितुवाले २५ भन्दाबढी चौपाया मारेको थियो । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गट बनाउनेलार्ई एमालेले लगायो अंकुशः अधिवेशनमा प्यानल बनाएर निर्वाचन लड्न नपाइने

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीको अधिवेशनको निर्वाचनमा प्यानल बनाउन नपाइने व्यवस्था लागू गरेको छ।  पार्टी महासचिव शंकर पोखरेलद्वारा...

फिल्म छक्का पञ्जा- ५ को दोस्रो गीत ‘ब्रेकअप’ सार्बजनिक

काठमाडौँ । आगामी असोज २४ गते फूलपातीदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘छक्का पञ्जा ५’को दोस्रो गीत ‘ब्रेकअप’ बुधबार सार्वजनिक गरिएको छ । गीतमा बाबुल...

चौथो क्वालिटी इन्टरटेनमेन्ट अवार्ड थाईल्यान्ड, सिँगापुर र मलेशियामा

काठमाडौं ।  क्वालिटी फिल्मस् प्रा।लि।को आयोजनामा चौथो क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०२४ को फारम खुला गरिएको छ । यो अवार्ड यसपटक थाईल्यान्डमा आयोजना ग...

दशैँका लागि अग्रिम टिकट बुकिङ कहिले खुल्छ ?

काठमाडौं । सरकारले चाडपर्वका लागि लक्षित गरी सार्वजनिक यातायातमा अग्रिम टिकट बुकिङ खुलाउन पहल सुरु गरेको छ । दशैँका लागि काठमाडौं उपत्यका हुँदै नेप...

अध्ययन भिसा कटौती गर्ने क्यानडाको घोषणा, अन्तर्राष्ट्रिय विद्यार्थीलाई कस्तो पर्ला प्रभाव ?

काठमाडौं । क्यानडाले अन्तर्राष्ट्रिय विद्यार्थीलाई दिने भिसा कटौती गर्ने निर्णय गरेको छ। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले अन्तर्राष्ट्रिय वि...

टुँडिखेलमा मनाइयो संविधान दिवस

काठमाडौं । काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा भव्यताका साथ संविधान दिवस मनाइएको छ । बुधवार बिहान टुँडिखेलमा भव्य समारोहका बीच सरकारले संविधान दिवस मनाएक...

दुई महिनामा पचास करोड राजस्व सङ्कलन

झापा । आन्तरिक राजस्व कार्यालयले चालू आर्थिक वर्षको पहिलो दुई महिनामा रु ४९ करोड ९४ लाख आठ हजार राजस्व सङ्कलन गरेको छ । सङ्कलन भएको उक्त रकम चालू आवको...

नजिकै पक्की पुल बनेपछि प्रयोगविहीन भएको झोलुङ्गे पुल

दाङ । कुनै बेला दाङको राजपुर गाउँपालिकाको जङ्ग्रहवा र लमही नगरपालिकाको जहरे जोड्ने झोलुङ्गे पुल नै स्थानीयका लागि आवतजावतको विकल्प थियो। यही पुलले नै ...

भायानेटद्धारा ‘महा महोत्सव’ अफर सार्वजनिक

काठमाडौ ।  इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेसनले यस वर्षको चाडपर्वको अवसरमा ‘भायानेट महा महोत्सव’ अफर सार्वजनिक गरेको छ। ग्राहकहरूका लागि थप स्प...

संबिधान दिवसको शुभकामना दिदै अमेरिकाले भन्यो- आर्थिक वृद्धिका निम्ति निरन्तर सहकार्य गर्न प्रतिबद्ध छौं

काठमाडौँ । संविधान दिवसका अवसरमा अमेरिकाले नेपाल सरकार र नेपाली जनताप्रति हार्दिक शुभकामना व्यक्त गर्दै जलवायु परिवर्तनका असर कम गर्ने उत्थानशील उपाय ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy