काठमाडौं । भारतले चिनी निर्यातमा रोक लगाएपछि नेपाली बजारमा अभाव र मूल्यवृद्धिको चिन्ता बढिरहेका बेला सरकारले भने तत्काल आत्तिनुपर्ने अवस्था नरहेको दाबी गरेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपालमा अहिले कम्तीमा ८ महिनालाई पुग्ने चिनी मौज्दात रहेको जनाएको हो ।
मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै देशभित्र रहेका चिनी उद्योग, खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङलगायत निकायसँग पर्याप्त चिनी भण्डारण रहेकाले तत्काल अभाव नहुने स्पष्ट पारेको छ ।
भारतको निर्णयपछि बजारमा कृत्रिम अभाव सिर्जना हुने र व्यापारीले मूल्य बढाउने आशंका बढिरहेका बेला मन्त्रालयले बजार अनुगमन कडा बनाउने चेतावनी पनि दिएको छ ।
सरकारले चिनी उत्पादक उद्योगीहरूसँग छलफल गरेर बजारमा नियमित आपूर्ति कायम राख्न निर्देशन दिएको जनाएको छ । उद्योगीहरूले पनि सहज र सुलभ मूल्यमा चिनी उपलब्ध गराउने प्रतिबद्धता जनाएको मन्त्रालयको दाबी छ ।
मन्त्रालयले कालोबजारी, अत्यधिक मौज्दात र अस्वाभाविक मूल्यवृद्धि रोक्न बजार अनुगमनलाई थप प्रभावकारी बनाइने जनाएको छ ।
यस्तै सरकारले दीर्घकालीन रूपमा नेपाललाई चिनीमा आत्मनिर्भर बनाउन उत्पादन क्षमता बढाउने योजना अघि बढाइएको पनि बताएको छ ।
सरकारले सर्वसाधारणलाई अनावश्यक रूपमा चिनी सञ्चिति नगर्नसमेत आग्रह गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ३ गते, २०८३ - ०९:०३
काठमाडौं । पश्चिम एसियामा चुलिँदै गएको तनावबीच भारत सरकारले सुनपछि अब चाँदी आयातमा पनि कडा नियन्त्रण सुरु गरेको छ । विदेशी मुद्रा सञ्चितिमा दबाब बढ्न ...
जेष्ठ ३ गते, २०८३ - ०९:००
काठमाडाैं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले संयुक्त अरब इमिरेट्स (यूएई)का राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानसँग इरान युद्धको बारेमा संवाद गर...
जेष्ठ ३ गते, २०८३ - ०८:५७
काठमाडौं । वर्षायाम सुरु भएसँगै कैलाश मानसरोवर दर्शनका लागि जाने भारतीय धार्मिक पर्यटकको चहलपहल सिमकोट मा बढ्न थालेको छ । नेपालगन्ज–सिमकोट–हिल्सा म...
जेष्ठ ३ गते, २०८३ - ०८:५५
काभ्रेपलान्चोक । महाभारत गाउँपालिका–६ का ७१ परिवारलाई ६ हजार ८०० कफीको बिरुवा वितरण गरिएको छ । ‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’ नारालाई...
जेष्ठ ३ गते, २०८३ - ०८:५२
दाङ । दङ्गीशरण गाउँपालिका–१ रामपुरका पाँच जना युवकले सामूहिक तरबुजा खेती गरेका छन् । साथै उनीहरू बबई नदी किनाराको जग्गामा तरबुजा खेती गरेर आत्मनिर्भर ...
जेष्ठ ३ गते, २०८३ - ०८:५०
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालले जननेता मदन भण्डारी र जीवराज आश्रितको ३३ औँ स्मृति दिवसका अवसर...
जेष्ठ ३ गते, २०८३ - ०८:४७
काठमाडौं । यस वर्ष चैत–वैशाखमै लगातार पानी पर्दा धेरैले मनसुन सुरु भइसक्यो जस्तो अनुभव गरे । सामान्यतया अत्यधिक गर्मी हुने समयमा वर्षा, असिना र हिउँसम...
जेष्ठ ३ गते, २०८३ - ०८:४६
काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार २९ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा चार लाख १७ हजार रुपैयाँ राजस्व दाखिला ...
जेष्ठ ३ गते, २०८३ - ०८:३९
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ले जननेता मदन भण्डारी लाई सम्झँदा एउटा नेता वा मित्र गुमाएको मात्रै होइन, “युगद्रष्टा सहयोद्धा गुमाएको...
जेष्ठ ३ गते, २०८३ - ०८:३७
काठमाडौं । भारतले चिनी निर्यातमा रोक लगाएपछि नेपाली बजारमा अभाव र मूल्यवृद्धिको चिन्ता बढिरहेका बेला सरकारले भने तत्काल आत्तिनुपर्ने अवस्था नरहेको दाब...



प्रतिकृया लेख्नुहोस्: