कास्की । पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि रासायनिक मलको मूल्य तथा बिक्री परिमाणको कोटा निर्धारण गरेको छ । पोखरा महानगरपालिका मल वितरण व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले नेपाल सरकारले अनुदानमा उपलब्ध गराउने मलको मूल्य निर्धारण गरेको हो ।
महानगरका उपप्रमुख एवम् मल वितरण व्यवस्थापन समितिका संयोजक मञ्जुदेवी गुरुङको अध्यक्षतामा बसेको बैठकले युरिया, डीएपी र पोटासको मूल्य निर्धारण गरेको महानगरपालिका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए ।
उक्त बैठकमा पोखरा महानगरका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापा, कृषि ज्ञानकेन्द्र कास्कीका प्रमुख किरण सिग्देल, जिल्ला प्रशासन कार्यालय कास्कीका प्रसाशकीय अधिकृत नविन सुुवेदी, कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख ठाकुरप्रसाद बास्तोला, साल्ट ट्रेडिंग कर्पोरेशन लिमिटेड पोखराका प्रमुख सागर शेरचन, महानगर सहकारी शाखा प्रमुख अनिल कार्की, महानगर सहकारी समितिका संयोजक रविरमण तिवारी, अर्घौ कृषि सहकारी संस्था लिमिटेड पोखरा २६ का अध्यक्ष तथा बिक्रेता कलाधर पाण्डे, महानगर कृषि विकास शाखाका प्राविधिक सहायक शिवसिंह धामी सहित बसेको बैठकले निर्णय गरेको हो ।
मल डिपोदेखि बिक्री केन्द्रको दूरीका आधारमा प्रतिकेजी १९ रुपियाँ ४५ पैसादेखि २१ रुपियाँ ५ पैसासम्म निर्धारण गरिएको छ । त्यस्तै डीएपीको ४८ रुपियाँ ४५ पैसादेखि ५० रुपियाँ ५ पैसा र पोटासको मूल्य ३६ रुपियाँ ४५ पैसादेखि ३८ रुपियाँ ५ पैसासम्म तोकिएको छ । मल विक्रेताले प्लाष्टिक झोलाको मूल्य प्रति किलो बढिमा २ रुपियाँ थप लिन सक्ने निर्णय गरेको महानगर कृषि विकास शाखाका प्राविधिक सहायक शिवसिंह धामीले जानकारी दिए ।
बैठकले पोखरा महानगर कृषि शाखामा सुचिकृत तथा बिक्री गर्नका लागि छनोट भएका २६ वटा वडाका ६५ केन्द्रबाट मल बिक्री भइरहेको छ । मल बिक्रीका लागि आर्थिक वर्ष २०८०/८१ मा मल बिक्रेताले बिक्री गरेको आधारमा कोटा निर्धारण गरिएको मनहर कडरियाले जानकारी दिए । सुचिकृत बिक्रेकतालाई मलको कोटा निर्धारण गरिएको र किसानलाई महानगरले तोकेकै मूल्यमा सहज रुपमा किसानलाई मल उपलब्ध समेत अनुरोध गरेको छ । सहज र सपथ मूल्यमा मल बिक्री गरे नगरेको अनुगमन गर्ने समेत पोखरा महानगरका उपप्रमुख मञ्जुुदेवी गुुरुङले निर्देशन दिइन ।
‘‘महानगरमा सूचिकृत बिक्रेतालाई मलको कोटा निर्धारण गरिएको छ, किसानलाई तोकिएकै मूल्यमा सहज रुपमा मल उपलब्ध हुनुपर्छ । अघिल्ला वर्षहरुमा पनि हामी नियमित अनुगमन गथ्यौ, यो वर्ष पनि त्यसलाई निरन्तरता दिन्छौं,’’ उनले भनिन ।
पोखरा महानगरका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले किसानलाई खपत र आवश्यकताका आधारमा मल उपलब्ध गराउन महानगर तयार रहेको बताउँदै अनुुदानको मल बढि मूल्यमा बिक्री गर्नेहरुलाई कारबाही गरिने बताए । कृषि ज्ञान केन्द्र कास्कीका प्रमुख किरण सिग्देलले युरिया, डिएपीको तुलनामा पोटासको खपत कम भएको बताए । उनले रासायनिक मलको अनुुपात अनुसार खेतबारीमा पोटासको प्रयोग गरेको नदेखिएको बताउँदै किसानलाई सचेतना अभिबृद्धि गर्नुुपर्ने आवश्यकता औंल्याए । अनुुमति नलिइकन बिक्री गर्ने, तोकिएको मूल्यभन्दा बढिमा बिक्री गर्ने र आफनो कार्यक्षेत्र भन्दा बाहिर बिक्री गर्ने, मूल्यसूची नराख्ने र बिलबिजक जारी नगर्ने बिक्रेतालाई कारबाही गरिने महानगर आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: