लन्डन । बेलायतका प्रधानमन्त्री सिर कीर स्टार्मरले प्रधानमन्त्री पद र लेबर पार्टीको नेतृत्व दुवैबाट राजीनामा दिने घोषणा गरेको छन् ।
बुधबार लन्डनस्थित १० डाउनिङ स्ट्रिटबाहिर राष्ट्रका नाममा सम्बोधन गर्दै उनले पद त्याग गर्ने निर्णय सार्वजनिक गरेको उल्लेख छ। सम्बोधनका क्रममा उनले आफूले पदमा रहँदा गरेका सबै निर्णयहरू देशको हितलाई पहिलो प्राथमिकतामा राखेर गरिएको बताएका छन्।
उनले पार्टीभित्र आगामी आम निर्वाचनका लागि नेतृत्व उपयुक्त छ कि छैन भन्ने प्रश्न उठेको स्वीकार गर्दै सोही परिस्थितिलाई सम्मान गर्दै राजीनामा दिने निर्णय लिएको बताएका छन्। सन् २०२४ जुलाईमा सत्ता सम्हाल्दा पार्टी कमजोर अवस्थामा रहेको र आफ्नो नेतृत्वमा त्यसलाई सुदृढ बनाएको दाबी पनि गरेका छन्।
सम्बोधनमा उनले पार्टीभित्र रहेको यहूदी विरोधी भावना (एन्टी–सेमिटिज्म) नियन्त्रण गरिएको, साथै अर्थतन्त्र र राष्ट्रिय सुरक्षाप्रति जनताको विश्वास पुन:स्थापित गरिएको उल्लेख गरेका छन्।
राजीनामाको औपचारिक घोषणा गर्नुअघि उनले लन्डनस्थित बकिङ्घम प्यालेसमा राजा चाल्र्ससँग भेट गरी आफ्नो निर्णयबारे जानकारी गराएको बताइएको छ।
पार्टी नेतृत्व चयनका लागि नयाँ प्रक्रिया आगामी जुलाई ९ देखि सुरु हुने र संसदीय ग्रीष्मकालीन बिदा अगाडि नै सम्पन्न गर्ने लक्ष्य राखिएको छ। सेप्टेम्बरमा संसद पुन: सुरु हुनुअघि नै नयाँ नेता चयन गर्ने तयारी रहेको जनाइएको छ। नयाँ नेता चयन नभएसम्म स्टार्मर नै कार्यवाहक प्रधानमन्त्रीका रूपमा रहनेछन्।
सम्बोधनका क्रममा उनी भावुक देखिएको र आफ्नी पत्नी भिक्टोरियालाई आफ्नो प्रमुख आधारका रूपमा धन्यवाद दिएका थिए। साथै, आफ्ना छोराछोरीका लागि अझ राम्रो बुबा बन्ने इच्छा पनि व्यक्त गरेका थिए।
यससँगै लेबर पार्टीभित्र नयाँ नेतृत्वका लागि प्रतिस्पर्धा सुरु हुने अपेक्षा गरिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ९ गते, २०८३ - १८:००
काठमाडौं । नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेलको पक्राउप्रति गम्भीर आपत्ति जनाउँदै उनलाई तत्काल रिहा गर्न माग गरेको छ। मंगलबार बसेको एमाल...
आषाढ़ ९ गते, २०८३ - १७:५२
चितवन । भरतपुरस्थित एक होटलमा परोसिएको अम्लेटमा माछाको काँडा भेटिएको घटनापछि प्रहरीले दुई जना भान्सा कर्मचारीलाई नियन्त्रणमा लिएर सोधपुछ थालेको छ। ...
आषाढ़ ९ गते, २०८३ - १७:३६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सदस्य संख्या ५ लाख २३ हजार ४६५ पुगेको छ। चितवनमा जारी पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनमा महामन्...
आषाढ़ ९ गते, २०८३ - १७:१९
काठमाडौं । वरिष्ठ अधिवक्ता तथा पूर्वमहान्यायाधीवक्ता रमेश बडालले व्यवसायी कमलकिशोर मालपानीको सवारीसाधन प्रयोग गर्ने व्यक्तिमाथि पनि सम्पत्ति शुद्धीकरण...
आषाढ़ ९ गते, २०८३ - १७:०६
ललितपुर। साझा यातायातले ललितपुर महालक्ष्मी नगरपालिकाकाको लुभु र चाङ्गाथली क्षेत्रबाट काठमाडौँको जमलसम्म नयाँ बस सेवा सञ्चालनमा ल्याएको छ। महालक्ष्मी न...
आषाढ़ ९ गते, २०८३ - १६:४२
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र मंगलबार दिउँसोदेखि सुरु भएको छ। बन्दसत्रका लागि विभिन्न कार...
आषाढ़ ९ गते, २०८३ - १६:२०
रास्वपा ‘ह्वीप’ भन्दा पनि ‘विवेक’ले चल्ने पार्टी हो
आषाढ़ ९ गते, २०८३ - १५:५९
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले महाधिवेशन प्रतिनिधिका रूपमा तोकिएको पाँच हजार रुपैयाँ शुल्क स्वेच्छिक बनाइएको घो...
आषाढ़ ९ गते, २०८३ - १५:४७
काठमाडौँ । पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा उपस्थित गराएको छ। वि...
आषाढ़ ९ गते, २०८३ - १५:३१
चितवन । चितवनको भरतपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बन्द सत्र सुरु भएको छ। बन्द सत्र हिजो नै सुरु गर्ने तयारी भए पनि प्राविधिक कारण देखाउँ...



प्रतिकृया लेख्नुहोस्: