बन्द सत्रस्थलमा प्रवेश गर्नुअघि सहभागीहरूले विमानस्थलमा जस्तै सुरक्षा जाँच पार गर्नुपरेको थियो। मेटल डिटेक्टरको घेरो, सुरक्षाकर्मीको निगरानी र बाउन्सरको तैनाथी देख्दा कतिपय प्रतिनिधिले ठट्टा गर्दै भने, “हामी पार्टीको बन्द सत्रमा आएका हौँ कि अन्तर्राष्ट्रिय सम्मेलनमा ?”
कार्यकर्ताहरूले नेताहरूलाई नजिकबाट भेट्ने अपेक्षा राखेका थिए। तर नेताभन्दा पहिले बाउन्सरसँग साक्षात्कार गर्नुपर्ने अवस्था बनेपछि धेरैले मुस्कुराउँदै असन्तुष्टि पोखेका थिए। केही प्रतिनिधिले त ‘विचारभन्दा शरीरको जाँच धेरै कडा भयो’ भन्दै टिप्पणीसमेत गरे।
राजनीतिक दलहरू सामान्यतया जनतासँगको निकटता र कार्यकर्ताको भरोसाको कुरा गर्छन्। तर बन्द सत्रको सुरक्षा व्यवस्थाले भने नेतृत्व र कार्यकर्ताबीचको दूरी मापन गर्ने नयाँ मापदण्ड थपिदिएको जस्तो देखिन्थ्यो।
सुरक्षा व्यवस्थापनलाई आयोजकले आवश्यक सावधानी भनेका छन्। तर सामाजिक सञ्जालमा भने प्रश्न उठ्न थालेको छ—यदि आफ्नै कार्यकर्ता र प्रतिनिधिमाथि यति धेरै निगरानी आवश्यक छ भने समस्या सुरक्षामा हो कि विश्वासमा ?
बन्द सत्रभित्र विचारको बहस कति भयो भन्ने विवरण पछि आउला, तर बाहिर भने बाउन्सर र मेटल डिटेक्टर नै सबैभन्दा बढी चर्चाको विषय बने।







यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ९ गते, २०८३ - ०९:३३
जनकपुरधाम । नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिएको आठ वर्ष बितिसक्दा पनि धनुषाको एक मुसहर बस्तीका बासिन्दा अझै खुला स्थानमा शौच गर्न बाध्य छन्। ...
आषाढ़ ९ गते, २०८३ - ०९:३३
नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको गैंडाकोट नगरपालिका–१० पितौजीमा ईभी हाइस दुर्घटना हुँदा आठ जना घाइते भएका छन्। पोखराबाट कपिलवस्तुतर्फ ज...
आषाढ़ ९ गते, २०८३ - ०९:२८
काठमाडौं । सुर्खेतबाट पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई प्रहरीले स्थलमार्ग हुँदै काठमाडौं ल्याइरहेको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी ...
आषाढ़ ९ गते, २०८३ - ०९:२५
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गरिरहेको फिफा विश्वकप २०२६ को समूह चरण अन्तिम मोडमा पुगेसँगै नकआउट चरणको तस्वीर क्रमशः स...
आषाढ़ ९ गते, २०८३ - ०९:२३
भक्तपुर । भक्तपुर नगरपालिका–१ स्थित नगरकोटमा गएराति करिब १० बजे सामान्य विवादका क्रममा भएको झैझगडामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । जिल्...
आषाढ़ ९ गते, २०८३ - ०९:२०
पति–पत्नी दुवैले संयुक्त रूपमा निवेदन दिन सक्ने
आषाढ़ ९ गते, २०८३ - ०९:१५
४ हजार प्रतिनिधि व्यवस्थापनमा सकस, महाधिवेशन असार १० सम्म लम्बियो
आषाढ़ ९ गते, २०८३ - ०९:१५
काठमाडौं । २४ घण्टामा दुई हजार ६४१ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २२ लाख ९६ हजार ५०८ राजस्व दाखिला भएको छ । ...
आषाढ़ ९ गते, २०८३ - ०९:१२
काठमाडौं । रेबिज संक्रमणका कारण काठमाडौंमा एक जनाको मृत्यु भएको छ। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल मा उपचाररत २७ वर्षीय पुरुषको रेबिज...
आषाढ़ ९ गते, २०८३ - ०९:१०
विराटनगर । विराटनगरस्थित नेपाल आयल निगमको प्रादेशिक कार्यालयको पार्किङस्थलबाटै पेट्रोल बोकेको एउटा ट्याङ्कर चोरी भएको छ । गएराति पार्किङमा राखिएको नवी...



प्रतिकृया लेख्नुहोस्: