काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन निर्धारित तालिकाभन्दा एक दिन लम्बिन सक्ने भएको छ। बन्द सत्र सुरु हुन ढिलाइ भइरहेका बेला पार्टीका प्रवक्ता मनिष झाले सञ्चारकर्मीसँग कुरा गर्दै महाधिवेशन एक दिन थप लम्बिन सक्ने सम्भावनाका लागि पार्टी तयार रहेको बताएका हुन्।
उनका अनुसार विभिन्न कारणले कार्यक्रम प्रभावित हुन सक्ने विषयमा यसअघि बसेको केन्द्रीय समिति बैठकमा समेत छलफल भएको थियो। त्यसैले वर्तमान अवस्थालाई पार्टीले अस्वाभाविक रूपमा नलिएको उनले स्पष्ट पारे।
“बन्द सत्र ढिला भएर हामी आतिएका छैनौं। यसलाई स्वाभाविक रूपमा लिएका छौं। यस्ता सम्भावनाका कारण महाधिवेशन एक दिन लम्बिन सक्छ भन्नेबारे केन्द्रीय समिति बैठकमै चर्चा भएको थियो। त्यसैले हामी मानसिक रूपमा तयार छौं,” झाले भने।
प्रवक्ता झाले महाधिवेशन प्रतिनिधिको संख्या पनि अपेक्षाभन्दा बढेको जानकारी दिए। उनका अनुसार सोमबार बिहानसम्म करिब चार हजार तीन सय प्रतिनिधि महाधिवेशनस्थलमा पुगेका छन्।
यद्यपि मधेश प्रदेशका केही प्रतिनिधि दर्ता सूचीमा छुटेको जानकारी आएको र उनीहरूलाई समावेश गर्न आवश्यक गृहकार्य भइरहेको उनले बताए।
“बन्द सत्र सुरु हुन्छ, तर केही विलम्ब भइसकेको छ। अहिले हिजोको सूचीअनुसार दर्ता प्रक्रिया अघि बढाएका छौं। छुटेका प्रतिनिधिको विवरण मिलाउन अर्को टोलीले काम गरिरहेको छ,” उनले भने।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ८ गते, २०८३ - १५:५३
काठमाडौं । यस वर्षको मनसुन प्रणाली कोशी प्रदेशको सम्पूर्ण भू-भाग, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशको पूर्वी क्षे...
आषाढ़ ८ गते, २०८३ - १५:४२
काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। नेप्से १.४६ अंकले घट्दै २७००.६५ विन्द...
आषाढ़ ८ गते, २०८३ - १५:२५
धनगढी। कैलालीको धनगढी उपमहानगरपालिकाले पालिकाभित्र रहेका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा चार दिन बिदा दिने निर्णय गरेको छ । अत्यधिक गर्...
आषाढ़ ८ गते, २०८३ - १५:००
लन्डन । बेलायतका प्रधानमन्त्री सिर कीर स्टार्मरले प्रधानमन्त्री पद र लेबर पार्टीको नेतृत्व दुवैबाट राजीनामा दिने घोषणा गरेको छन् । बुधबार लन्डनस्थि...
आषाढ़ ८ गते, २०८३ - १४:४५
तुलसीपुर। दाङको तुलसीपुर उपमहानगरपालिकाले दुई अर्ब ४४ करोड ९५ लाख रुपियाँको बजेट ल्याएको छ । आर्थिक वर्ष २०८२–८३ भन्दा आगामी आर्थिक वर्ष २०८३–८४ मा ३...
आषाढ़ ८ गते, २०८३ - १४:२०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन निर्धारित तालिकाभन्दा एक दिन लम्बिन सक्ने भएको छ। बन्द सत्र सुरु हुन ढिलाइ भइरहेका बेला प...
आषाढ़ ८ गते, २०८३ - १४:०६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनिष झाले पार्टीको महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। महाधिवेशनस्थलमा सञ्च...
आषाढ़ ८ गते, २०८३ - १३:५०
दाङ। लुम्बिनी प्रदेश सभाको आज बस्ने तय भएको बैठक मंगलबार बस्नेगरी स्थगित भएको छ । प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरद्वारा जारी सूचनाअनुसार आज सोमबार...
आषाढ़ ८ गते, २०८३ - १३:३१
चितवन। चितवनको भरतपुर महानगरपालिका–१५ स्थित अतिथि पार्टी प्यालेस नजिक सोमबार बिहान भएको सवारी दुर्घटनामा दुई युवाको मृत्यु भएको छ। प्रहरीका अनुसार ...
आषाढ़ ८ गते, २०८३ - १२:५०
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संस्थापक सदस्यलाई स्वत: केन्द्रीय समिति सदस्य बनाउने निर्णय फिर्ता लिएपछि पार्टी स्थापनाकालदेखि सक्रिय ...



प्रतिकृया लेख्नुहोस्: