Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

मनाङमा होमस्टेको आकर्षण बन्दै पानीघट्ट

खबरडबली संवाददाता

मनाङ । पर्यटक आकर्षणको केन्द्रबिन्दु बन्दै गएको मनाङमा होमस्टेको सङ्ख्या दिनानुदिन बढ्दै गएको छ । अन्नपूर्ण पदमार्गमा पर्यटनका लागि पुग्ने स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा हिजोआज होमस्टे परेको छ । 

२१औं शताब्दीमा आधुनिकतामा चुर्लुम्मै डुबेको बेला मनाङका होमस्टेहरु आफ्ना पाहुनालाई अर्गानिक तथा रैथाने अन्नबालीले स्वागत गरिरहेका छन् । आफ्नो होमस्टेमा आउने पाहुनालाई उनीहरुले पानीघट्टले पिसानी गरेको खाद्यवस्तुबाट विभिन्न परिकार बनाई खुवाउने गरेका छन् । नासोँ गाउँपालिका–८ ताचैमा रहेको ताचै होमस्टेले पाहुहरुलाई अर्गानिक खाद्य वस्तु त्यो पनि पानीघट्टमा पिसेर विभिन्न परिकार बनाई खुवाउने गरेको ताचै–८ का वडाध्यक्ष याद घले बताउँछन । पाहुनाले पनि रमाईरमाई मीठो मानेर खाएको उनले स्मरण गरे । 

धानखेती नहुने मनाङमा जौ, गहुँ, करु, उवा, फापर आदि हुन्छ । यहाँका स्थानीयले आफ्ना बारीमा उत्पादन भएका रैथाने बालीलाई पानीघट्टमा पिसेर विभिन्न परिकार बनाई खाने गर्दछन् ।
‘‘कहिले काँचै त कहिले भुटेर पिँध्ने गर्दछौं, यसरी पिस्दा पौष्टिक तत्व पनि नष्ट हुन्न, स्वादिलो पनि हुन्छ’, ताचैकी स्थानीय चन्द्रकाशी घलेले भने– ‘हाम्रो होमस्टेका पाहुनाले त झन् मीठो मानीमानी खान्छन् ।,’’ घलेले पाहुनाले पनि रुचाउने, स्वादिलो पनि हुने तथा पानीघट्टमा पिस्दा भिटामिन पनि नष्ट नहुने बताए । 

ताचैकी अर्की स्थानीय महिला योगमाया घले पनि घट्टमा पिसेकोबाट बनेका खानेकुरा स्वादिलो हुने, बिरामी नहुने आदि जस्ता विशेषता हुने भएकाले आफूहरुले उपभोग गर्ने खाद्यन्न घट्टमा नै पिस्ने गरेको बताउँछन । उनले पनि पाहुनाले स्वाद मानी मानी खाएको बताए । 

त्यस्तै चामेका युवा उद्यमी शेराप विष्ट आफ्नो होमस्टेमा आउने पाहुनाहरुलाई पापरको रोटी, गहुँको भक्रिन (एक प्रकारको डल्लोडल्लो पारेर बनाइने तिब्बेतियन परिकार), चम्पा, बटर चिया, मौसमअनुसारको फलफूल आदिले स्वागत गर्ने गरेको बताए । उनले मनाङका रैथानेबालीबाट बनाइएका परिकार महँगो पर्ने गरेको र खासै व्यवसायमा नाफा नहुने बताए । पर्यटकले मन पराएका कारण आफ्नो गाउँ नजिक घट्ट नहुँदा पिसानीका लागि कि त गाउँमाथि तलेखु लैजानुपर्‍यो कि त गाउँमुनि कोतोमा लैजानुपर्ने बाध्यता रहेको सुनाए । 

उनले भने, ‘‘पर्यटकले मन पराइदिँदा राम्रो त राम्रै भएको छ तर घट्टवालाले ज्यालामा पिसानी नगर्दा हामी मर्कामा परेका छौं, आफूखुसी ज्यालाबापत अनाज लिन्छन्, यसबाट हामीलाई घाटा पर्छ ।’’ यसरी कसरी घाटा हुन्छ त भन्ने यो संवाददाताको प्रश्नमा उनले घट्टमा पिस्न लैजानुभन्दा पहिले पानीमा पखालेर, सुकाएर, त्यसलाई भुटेर अनि मजाले फलेर पछि मात्र बल्ल घट्टमा पिस्न लैजाने हो । यसो गर्दा समय पनि धेरै खर्चनुपर्ने उनको भनाइ छ । विष्टले पनि आफ्नो होमस्टे सदरमुकाममै रहेकाले पर्यटकको रोजाइमा पर्ने गरेको बताए । 

उनले भने, ‘‘पर्यटकलाई घट्टमा पिसेको खानेकुरा खुवाएर मात्रै हुँदैन, उनीहरुलाई यसबारेमा व्यापक रुपमा बुझाउन सक्नुपर्छ ।’’

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विद्युतको तार सर्ट भएर आगलागी हुँदा सर्लाहीमा ५० बिघाभन्दा बढीको उखु जल्यो

सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा सोमबार दिउँसो आगलागीबाट ठुलो क्षेत्रफलमा लगाइएको उखु जलेको छ ।  विद्युतको तार सर्ट भएर मुना चौधरीक...

च्याउखेतीबाटै वार्षिक १२ लाख आम्दानी

काठमाडौँ । ‘च्याउ खाऔँ, स्वस्थ्य बनौँ’, ‘स्वस्थ्य जीवनको आहार च्याउ’ भन्ने नारासहित च्याउखेती गर्दै आएका ललितपुरको गोदावरी नगरपालिका–११, सेराफाँटका कृ...

पछिल्लो २४ घण्टामा आगलागीका २२ घटना, दुई जनाको मृत्यु

काठमाडौँ । पछिल्लाे २४ घण्टामा आगलागीमा परी दुई जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला २४ घ...

सर्च एण्ड स्विप अपरेशन : फरार ३४२ प्रतिवादी पक्राउ

कैलाली । कैलाली जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको ‘सर्च एण्ड स्विप अपरेशन’का क्रममा ३४२ फरार प्रतिवादीलाई पक्राउ गरिएको छ । जिल्ला अदालतले विभ...

बङ्गलादेश : ‘राज्य विरोधी गतिविधि’ गरेको आरोपमा पत्रकार पक्राउ

काठमाडाैँ । बङ्गलादेशका भूतपूर्व प्रधानमन्त्री शेख हसिनाको प्रतिबन्धित पार्टीलाई बढावा दिएको र ‘राज्य विरोधी गतिविधि’ गरेको आरोपमा यहाँका एक वरिष्ठ पत...

थाइल्यान्डमा आम चुनावको मिति फेब्रुअरी-८ लाई तय

बैङ्कक । थाइल्यान्डमा आगामी फेब्रुअरी-८ मा आम चुनावको मिती तय भएको थाइ निर्वाचन आयोगले सोमबार जनाएको छ । चुनावका लागि दलले यस वर्षको अन्त्य अघि प्रधान...

कांग्रेस महाधिवेशन: देशभरका क्रियाशील सदस्यता वितरण

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको लागि एक सय ६५ निर्वाचन क्षेत्रका सबैजसो वडामा क्रियाशील सदस्यता फाराम वितरण भइरहेको छ । कांग्रेस केन्...

चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा करिब रु सात खर्ब रेमिट्यान्स भित्रिएको छ । गत कात्तिक महिनासम्म विप्रेषण आप्रवाह ३१ दशमलव चार प...

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल–चीन उत्तरी कोरला नाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती गरिएको छ। आइतबार अन्नपूर्ण संरक्षण आयोजना (एक्याप) लोमान्थाङसहित...

भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने

काठमाडौँ । भारतीय रुपैयाँ २ सय र ५ सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने भएको छ । सरकारले सन् २०१६ नोभेम्बर ९ देखि निष्काशनमा आएका ती दरका नो...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending