मनाङ । पर्यटक आकर्षणको केन्द्रबिन्दु बन्दै गएको मनाङमा होमस्टेको सङ्ख्या दिनानुदिन बढ्दै गएको छ । अन्नपूर्ण पदमार्गमा पर्यटनका लागि पुग्ने स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा हिजोआज होमस्टे परेको छ ।
२१औं शताब्दीमा आधुनिकतामा चुर्लुम्मै डुबेको बेला मनाङका होमस्टेहरु आफ्ना पाहुनालाई अर्गानिक तथा रैथाने अन्नबालीले स्वागत गरिरहेका छन् । आफ्नो होमस्टेमा आउने पाहुनालाई उनीहरुले पानीघट्टले पिसानी गरेको खाद्यवस्तुबाट विभिन्न परिकार बनाई खुवाउने गरेका छन् । नासोँ गाउँपालिका–८ ताचैमा रहेको ताचै होमस्टेले पाहुहरुलाई अर्गानिक खाद्य वस्तु त्यो पनि पानीघट्टमा पिसेर विभिन्न परिकार बनाई खुवाउने गरेको ताचै–८ का वडाध्यक्ष याद घले बताउँछन । पाहुनाले पनि रमाईरमाई मीठो मानेर खाएको उनले स्मरण गरे ।
धानखेती नहुने मनाङमा जौ, गहुँ, करु, उवा, फापर आदि हुन्छ । यहाँका स्थानीयले आफ्ना बारीमा उत्पादन भएका रैथाने बालीलाई पानीघट्टमा पिसेर विभिन्न परिकार बनाई खाने गर्दछन् ।
‘‘कहिले काँचै त कहिले भुटेर पिँध्ने गर्दछौं, यसरी पिस्दा पौष्टिक तत्व पनि नष्ट हुन्न, स्वादिलो पनि हुन्छ’, ताचैकी स्थानीय चन्द्रकाशी घलेले भने– ‘हाम्रो होमस्टेका पाहुनाले त झन् मीठो मानीमानी खान्छन् ।,’’ घलेले पाहुनाले पनि रुचाउने, स्वादिलो पनि हुने तथा पानीघट्टमा पिस्दा भिटामिन पनि नष्ट नहुने बताए ।
ताचैकी अर्की स्थानीय महिला योगमाया घले पनि घट्टमा पिसेकोबाट बनेका खानेकुरा स्वादिलो हुने, बिरामी नहुने आदि जस्ता विशेषता हुने भएकाले आफूहरुले उपभोग गर्ने खाद्यन्न घट्टमा नै पिस्ने गरेको बताउँछन । उनले पनि पाहुनाले स्वाद मानी मानी खाएको बताए ।
त्यस्तै चामेका युवा उद्यमी शेराप विष्ट आफ्नो होमस्टेमा आउने पाहुनाहरुलाई पापरको रोटी, गहुँको भक्रिन (एक प्रकारको डल्लोडल्लो पारेर बनाइने तिब्बेतियन परिकार), चम्पा, बटर चिया, मौसमअनुसारको फलफूल आदिले स्वागत गर्ने गरेको बताए । उनले मनाङका रैथानेबालीबाट बनाइएका परिकार महँगो पर्ने गरेको र खासै व्यवसायमा नाफा नहुने बताए । पर्यटकले मन पराएका कारण आफ्नो गाउँ नजिक घट्ट नहुँदा पिसानीका लागि कि त गाउँमाथि तलेखु लैजानुपर्यो कि त गाउँमुनि कोतोमा लैजानुपर्ने बाध्यता रहेको सुनाए ।
उनले भने, ‘‘पर्यटकले मन पराइदिँदा राम्रो त राम्रै भएको छ तर घट्टवालाले ज्यालामा पिसानी नगर्दा हामी मर्कामा परेका छौं, आफूखुसी ज्यालाबापत अनाज लिन्छन्, यसबाट हामीलाई घाटा पर्छ ।’’ यसरी कसरी घाटा हुन्छ त भन्ने यो संवाददाताको प्रश्नमा उनले घट्टमा पिस्न लैजानुभन्दा पहिले पानीमा पखालेर, सुकाएर, त्यसलाई भुटेर अनि मजाले फलेर पछि मात्र बल्ल घट्टमा पिस्न लैजाने हो । यसो गर्दा समय पनि धेरै खर्चनुपर्ने उनको भनाइ छ । विष्टले पनि आफ्नो होमस्टे सदरमुकाममै रहेकाले पर्यटकको रोजाइमा पर्ने गरेको बताए ।
उनले भने, ‘‘पर्यटकलाई घट्टमा पिसेको खानेकुरा खुवाएर मात्रै हुँदैन, उनीहरुलाई यसबारेमा व्यापक रुपमा बुझाउन सक्नुपर्छ ।’’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: