काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले मिडियालाई कमजोर हुन नदिने प्रतिबद्धता जनाएका छन् ।
मूलधारका मिडियाका सञ्चालक, व्यवस्थापकसँगको भेटमा बुधबार उपप्रधानमन्त्री पौडेलले यस्तो प्रतिबद्धता व्यक्त गरे । उनले मिडियाले उठाएका मुद्दालाई सरकारले गम्भीर रूपमा लिने पनि बताए । उनले सरकार र मिडियाको सम्बन्धलाई जीवन्त र घनिष्ठ बनाएर लैजाने बताए । उनले सरकारकारप्रति आलोचनाको हकलाई कमजोर हुन नदिने बताए । लोकतन्त्रको सबलीकरणका लागि मिलेर अघि बढ्न आग्रह गरे ।
सापेक्षिक रूपमा राजनीतिक स्थायित्व र आर्थिक, सामाजिक रूपान्तरणका एजेण्डा अघि बढाइ मुलुकलाई समृद्धितर्फ डोर्याउनेतर्फ सरकार केन्द्रित रहेको बताए । स्थिरता र स्थायित्वको सवालमा विश्वास गर्नसक्ने स्थानमा आएको दाबी गरे ।
उनले भने, ‘हाम्रो सामर्थ्य, हाम्रो पहुँच, हाम्रो दायरा भन्दा बाहिर परिस्थिति काबु भन्दा पर पुग्यो भन्ने नठान्नु होला । जरुर यहाँहरू समस्यामा हुनुहुन्छ । समस्या गम्भीर प्रकृतिका पनि छन् । तर समाधानको दायरा भन्दा बाहिर छैन । काबु भन्दा बाहिर परिस्थिति गइसकेको छैन । सरकारले मिडिया हाउस र मिडियालाई कमजोर हुन दिँदैन । यति चाहिँ दाबीका साथ भन्छु । यहाँहरूले उठाएका मुद्दालाई व्यवस्थित रूपमा हेर्नेछु । सरकार र मिडियाको सम्बन्ध, राजनीतिक दलसँगको सम्बन्धका बारेमा धेरै भन्नु पर्दैन । राजनीतिक दल र मिडिया, सरकार र मिडियाबिचको सम्बन्धलाई हामीले जीवन्त र घनिष्ठ बनाएर लैजाऔँ । सरकारकारप्रति आलोचनाको हकलाई भने कुनै हिसाबले कमजोर हुनु हुँदैन। रचनात्मक र सकारात्मक आलोचना सरकारले स्वागत गर्नेछ ।’’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: