ललितपुर । ललितपुुरका दुई छुट्टाछुट्टै स्थानमा ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि साङ्घातिक आक्रमण भएको छ । चाँगाथली र झम्सीखेलमा प्रहरीमाथि साङ्घातिक आक्रमण भएको हाे ।
आक्रमणका घटनामा संलग्न १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
चाँगाथलीमा गस्ती टोलीमाथि ढुङ्गामुढा
महालक्ष्मी नगरपालिकाा–७ चाँगाथलीमा आइतबार राति गस्तीमा रहेको प्रहरी टोलीमाथि एक्कासी आक्रमण भएको हो। नेपाल प्रहरीकाे प्रहरी प्रभाग लुभुबाट खटिएको द्रुत प्रतिक्रिया टोलीमाथि स्थानीय केही व्यक्तिहरूले ढुङ्गामुढा गरेपछि स्थिति नियन्त्रणमा लिन एक राउण्ड हवाई फायर गरिएको प्रहरीले जनाएको छ।
आक्रमणमा घाइते भएका प्रहरी कर्मचारीको इमाडोलस्थित किष्ट अस्पतालमा उपचार भइरहेको छ । घटनामा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरिएको छ । पक्राउ परेकामध्ये मकवानपुरका २९ वर्षीय बुद्ध तामाङ, सल्यानका २० वर्षीय रमेश शाही र शंकर शाही तथा रुकुमका २२ वर्षीय राजु मगर रहेका छन्।
ललितपुुर जिल्ला अदालतले उनीहरूलाई आठ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
झम्सीखेलमा सम्झाउन खोज्दा कुटपिट
यसैगरी शनिबार राति ललितपुर महानगरपालिका–३ सानेपा, झम्सीखेलस्थित एक रेष्टुरेन्ट बाहिर होहल्ला गरिरहेका युवाहरूलाई सम्झाउन खोज्दा प्रहरीमाथि कुटपिट भएको छ । मादक पदार्थ सेवन गरी सार्वजनिक सडकमा झगडा गरिरहेका समूहलाई नियन्त्रणमा लिन पुगेको प्रहरी टोलीमाथि लात्ता, मुक्का र लाठी प्रहार गरिएको प्रहरीले जनाएको छ।
कुटपिटबाट घाइते भएका प्रहरीको जावलाखेलस्थित अल्का अस्पतालमा उपचार भइरहेको छ। घटनामा संलग्न आठ जनालाई नियन्त्रणमा लिई सात दिनको म्याद थप गरी कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २० गते, २०८२ - २०:१२
काठमाडौं । प्रतिनिधि सभाको निर्वाचन भोलि हुँदै छ। देशभर चुनावी माहोल तातेका बेला केही चर्चित शीर्ष नेताहरू भने आफू उम्मेदवार भएको निर्वाचन क्षेत्रमा म...
फाल्गुन २० गते, २०८२ - २०:००
काठमाडाैँ । अफगानिस्तान सरकारले वातावरण संरक्षण र हरित क्षेत्र विस्तारलाई उच्च प्राथमिकतामा राख्दै देशव्यापी वृक्षारोपण अभियान सुरु गरेको छ । उक्त अभि...
फाल्गुन २० गते, २०८२ - १९:५७
काठमाडाैँ । इजरायलले दक्षिणी लेबनानका बासिन्दालाई तत्काल सुरक्षित स्थानतर्फ सर्न आदेश दिएको छ । इजरायली सेनाले हवाई आक्रमणलाई तीव्र बनाउँदै स्थलमार्गब...
फाल्गुन २० गते, २०८२ - १९:४५
सुर्खेत । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि खटिएका डोल्पाकाे शे-फोक्सुण्डो गाउँपालिका-६ फोतगाउँस्थित वडा कार्यालय भवनमा रहेको मतदान केन्द्रमा खटिएका...
फाल्गुन २० गते, २०८२ - १९:४३
काठमाडौँ । राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढङ्गबाट सम्पन्न गर्न कुनै किसिमको अभाव हु...
फाल्गुन २० गते, २०८२ - १९:४०
भोजपुर । निर्वाचनको मौन अवधिमा षडानन्द नगरपालिका अन्तर्गत दिङ्ला बजारमा रहेको नेकपा एमालेको सम्पर्क कार्यालयमा पैसा बाँडेको आरोप लागेपछि केही समय स्थि...
फाल्गुन २० गते, २०८२ - १९:३६
काठमाडौँ । प्रतिनिधिसभा सदस्यको भोलि फागुन २१ गते हुने निर्वाचनका लागि मुलुकका अतिविशिष्ट पदाधिकारीदेखि राजनीतिक दलका मुख्य नेता र समाजका प्रतिष्ठित व...
फाल्गुन २० गते, २०८२ - १९:३२
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोलि महेन्द्र शान्ति विद्यालय, बालकोटबाट मतदान गर्ने भएका छन्। झापा जिल्ला–५ बाट उम्मेदवार बनेका ...
फाल्गुन २० गते, २०८२ - १९:२६
ललितपुर । ललितपुुरका दुई छुट्टाछुट्टै स्थानमा ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि साङ्घातिक आक्रमण भएको छ । चाँगाथली र झम्सीखेलमा प्रहरीमाथि साङ्घातिक...
फाल्गुन २० गते, २०८२ - १९:१९
विराटनगर । निर्वाचन बहिष्कार अभियानमा संलग्न रहेको आरोपमा नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का मोरङ जिल्ला इन्चार्ज र जिल्ला सचिवलाई प्रहरीले पक्राउ गरेक...



प्रतिकृया लेख्नुहोस्: