Khabar Dabali २३ फाल्गुन २०८२ शनिबार | 7th March, 2026 Sat
Investment bank

गण्डकी गाउँपालिकामा तरकारी ढुवानीकाे लागि विद्युतीय रोपवे सञ्चालन हुने

खबरडबली संवाददाता

सुलीकोट । गोरखाको गण्डकी गाउँपालिकाभित्र उत्पादित तरकारी ढुवानी सहजताका लागि विद्युतीय रोपवे सञ्चालन हुने भएको छ । यही आर्थिक वर्ष २०८१/०८२ को बजेटबाट गण्डकी गाउँपालिकाको ५० लाख रुपियाँ र गण्डकी प्रदेश सरकारको ४० लाख गरी कुल ९० लाख रुपियाँ बजेटबाट विद्युतीय रोपवे सञ्चालन हुने भएको हो । 

विद्युतीय रोपवे कार्यक्रमका लागि गण्डकी गाउँपालिका र प्राविधिक परामर्शदाता रोपवे नेपालको संयुक्त टोलीद्वारा विस्तृत प्राविधिक स्थलगत अध्ययन समेत सम्पन्न गरेको छ । २०६६ सालदेखि हाते रोपवे सञ्चालनमा आएतापनि जोखिम बढी भएकाले २०७१ सालबाट बन्द अवस्था रहेको थियो । 

गाउँपालिकाको हिक्लुङ–६ स्थित थुम्काबाट पृथ्बीराजमार्ग अन्तर्गत पिस्लिङ बजारसम्म तरकारी तथा सामान आवतजावत गर्न सहजता लागि हाते रोपवेलाई स्तरोन्नति गरी विद्युतीय रोपवे सञ्चालन गर्न लागिएको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमेल्सानाले जानकारी दिनुए । उनका अनुसार सवार साधनबाट धेरै लागत लाग्ने भएकाले पनि ढुवानी खर्च असाध्यै कम रकममा सामान र तरकारी लान ल्याउन सकिने भएकाले पनि गण्डकी गाउँपालिकाका किसानलाई विद्युतीय राेपवेले निकै राहत हुने गाउँपालिकाले विश्वास लिएको छ । 

गण्डकी गाउँपालिका ६ नम्बर र ७ नम्बर वडा तरकारीको मुख्य पकेट क्षेत्र भएकाले पनि ग्रामीण भेगमा सवारीसाधन वर्षाको समयमा सञ्चालन नहुने भएकाले विद्युतीय रोपवे साउन महिनाको तेस्रो हप्ताबाट सञ्चालन गर्न लागिएको गण्डकी गाउँपालिकाले जनाएको छ ।  

गण्डकी गाउँपालिका पृथ्बीराजमार्ग नजिकै रहेतापनि भौगोलिक रूपमा विकटता भएकाले पनि बर्खाको मौसममा गाउँपालिका भित्रका किसानहरूले उत्पादन गरेको तरकारीहरूलाई सहजै ढङ्गबाट काठमाडौँ, पोखरा र चितवनमा बिक्री वितरण गर्ने उद्देश्यले विद्युतीय रोपवे सुरु गर्न लागिएको गण्डकी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रिजेश उपरकोटीले जानकारी दिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE