Khabar Dabali २६ मंसिर २०८२ बिहीबार | 11th December, 2025 Thu
Investment bank

सैनिक मूल्य मान्यतालाई अक्षुण्ण राख्नु होला : प्रधानसेनापति

खबरडबली संवाददाता

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले सैनिक मूल्य मान्यतालाई अक्षुण्ण राख्दै भरोसायोग्य र प्रभावकारी सङ्गठनका रुपमा स्थापित नेपाली सेनाले भावी नेतृत्वलाई सहयोग पुर्याउनुपर्ने बताएका छन् ।

तीन वर्षे कार्यकालको उत्तरार्धमा पृतनापतिहरुलाई ‘भर्चुअल’ माध्यममार्फत सम्बोधन गर्दै उनले सेनालाई संविधान र सरकारबाट प्राप्त जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेकामा सकल दर्जालाई समेत धन्यवाद ज्ञापन गरे । प्रधानसेनापति शर्माले भने, “व्यक्ति केन्द्रीत आकस्मिक योजनाभन्दा वस्तुगत अन्तरक्रिया, तार्किक बहस र विस्तृत पुष्ट्याइँसहित सामूहिक योजनाले हाम्रा बझाइ र गराइमा प्राथमिकता पाउनुपर्छ ।” 

उनले नेपाली सेना सम्पूर्ण नेपाली जनताको आड र भरोसाको धरोहर रहेको तथ्यलाई ध्यान दिइ सदैव राष्ट्रिय सुरक्षा र राष्ट्रहितअनुरुप असरदार कार्य गर्न निर्देशन दिए । त्यसअवसरमा प्रधानसेनापतिले मनसुनका कारण देशका विभिन्न स्थानमा गएको बाढी, पहिरोमा सकलदर्जाले पुर्याएको योगदानका लागि धन्यवाद व्यक्त गर्दै उच्च हौसलाका साथ विपद प्रतिकार्यमा लागि रहन सुझाव दिए । 

बलाधिकृत रथी अशोकराज सिग्देल युद्धकार्य विभागका निमित्त विभागीय प्रमुखलगायत रथीबृन्दको उपस्थिति रहेको कार्यक्रममा पृतनापतिले विद्यमान विपद प्रतिकार्यमा फौजको परिचालनलगायत समसामयिक विषयमा प्रस्तुतीकरणमार्फत जानकारी गराउनुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । रासस  

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पाकिस्तानका पूर्व गुप्तचर प्रमुखलाई १४ वर्षको जेल सजाय

काठमाडाैँ । पकिस्ताको सैन्य अदालतले पाकिस्तानको शक्तिशाली “इन्टर–सर्भिस इन्टेलिजेन्स जासुसी” एजेन्सीका पूर्व प्रमुखलाई राज्यको गोप्यताको उल्लङ्घन र अख...

माेरङमा एउटै गाउँबाट दुई करोडको तरुल उत्पादन

मोरङ । माटोअनुसार बाली छनोट गर्न सके सिँचाइ सुविधा कम भएका खेतबाट पनि राम्रो आम्दानी लिन सकिन्छ भन्ने उदाहरण मोरङको सुन्दरहरैंचा नगरपालिका–७ र ८ का कि...

कांग्रेसद्वारा उदयपुरको दुवै निर्वाचन क्षेत्रमा उम्मेदवार सिफारिस

उदयपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली कांग्रेस उदयपुरले उम्मेदवार सिफारिस गरेको छ। कांग्रेस जिल्ला कार्यसमितिका सभापति ...

प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीले बुझायाे ज्ञापनपत्र

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष जय मातृभूमि पार्टीको एक प्रतिनिधिमण्डलले भेट गरी बिहीबार ज्ञापनपत्र बुझाएको छ । उक्त पार्टीले केवल चुना...

कोटेश्वर महादेवस्थान मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भट्टराई मृत फेला

काठमाडौं । कोटेश्वरको महादेवस्थान मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बैजहरि भट्टराई मृत फेला परेका छन् । ५२ वर्षीय भट्टराई शंखमूलस्थित बागमती नदीमा मृत...

खानेपानी संस्थान धनगढीले दुई करोड ३१ लाख बक्यौता उठाउन बाँकी

कैलाली । लामो समयदेखि धनगढीमा खानेपानी वितरण गर्दै आएको नेपाल खानेपानी संस्थानको विभिन्न व्यक्तिगत र सार्वजनिक संस्थाबाट उठाउन बाँकी बक्यौता रकम रु दु...

हिमालका हिउँ पग्लेपछि चमक हराउँदै

सोलुखुम्बु । दशकौँदेखि यहाँ हिमाल, चिसो बतास र आकाश छोएर उभिएजस्ता देखिने चम्किला चुच्चुराबाट यो जिल्ला परिचित रहँदै आएको थियो । यसबाट पर्यटक मोहित हु...

माेरङमा वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद

विराटनगर । मोरङ प्रहरीले रङ्गेली नगरपालिका–८ स्थितबाट बेवारिसे अवस्थाामा ठूलो परिमाणमा गएराति लागूऔषध गाँजा बरामद गरेको छ । इलाका प्रहरी कार्यालय र...

सुदूरपश्चिममा ४६ हजार नयाँ मतदाता थपिए

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा ४६ हजार २० जना नयाँ मतदाता थपिएका छन् । सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले आगामी फागुन २१ ग...

राजनीतिक भागबन्डामा नियुक्तिको सम्पत्ति छानबिनका लागि आयोग गठन

काठमाडौं । सरकारले सार्वजनिक संस्थामा दलीयकरण र भागबन्डा अनुसार नियुक्त भएका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने सहमति गरेको छ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending