Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

किसानको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण

खबरडबली संवाददाता

काठमाडौं । सांसदहरूले किसानका समस्या समाधान गर्नका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको आजको बैठकको शून्य समयमा सांसद माधव सापकोटाले किसानलाई दुधको बक्यौता रकम तत्काल उपलब्ध गराउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए । 

उनले दुध किसानको समस्यामा सरकारको ध्यानाकर्षण गराउँदै सभामुख देवराज घिमिरेलाई यस विषयमा रुलिङको लागि आग्रहसमेत गरे । “आज साउन १५, देशैभर खीर खाएर मनाइरहेका छौँ । तर बडो दुःखको कुरा किसानहरूले मेहनत र दुःख गरेर उत्पादन गर्ने दुःखको मूल्य सात महिनादेखि बक्यौता बाँकी छ”, सांसद सापकोटाले भने, “उता दुग्ध विकास संस्थान करिब विघटनको सङ्घारमा छ । विषयको गम्भीरता बुझेर सभामुखमार्फत रुलिङका लागि माग गर्दछु ।”

सांसद रामकृष्ण यादवले तराई-मधेसमा खानेपानी र सिँचाइको व्यवस्था गर्न माग गरे । सांसद लालवीर चौधरीले बर्दिया जिल्लाका किसानलाई आवश्यक मलखाद छिटो उपलब्ध गराउन माग गरे । सांसद रुक्मिणी राना बराइलीले किसानलाई वन्यजन्तुबाट प्रभावित हुन नदिनका लागि तीनै तहको सरकारको प्रयास पर्याप्त नभएको बताए । उनले बाँदर र हात्तीको आक्रमण नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराए । 

सांसद राजेन्द्र केसीले उपसभामुख इन्दिरा रानाले अमेरिकाको भिसाका लागि सिफारिस गरेका व्यक्तिबारे प्रश्न उठाउँदै यसबारे सदनलाई जानकारी गराउन सभामुख समक्ष आग्रह गरे । “यी व्यक्ति फरक–फरक पेसामा आबद्ध छन्, अन्तर्राष्ट्रिय महिलाकर्मी होइनन्, अन्तर्राष्ट्रिय मञ्चमा भाग लिन योग्य छैनन्”, सांसद केसीले भने, “कस्ता कस्ता व्यक्तिलाई सिफारिस गर्नुभयो ? कुन प्रयोजन र उद्देश्यका लागि यी व्यक्ति सिफारिस गर्नुभयो । त्यसको सभामुखमार्फत जानकारीका लागि माग गर्दछु ।”

सांसद रणकुमारी बलम्पाकी मगरले सिन्धुली जिल्ला हुँदै  जाने मध्यपहाडी राजमार्गमा स्थानीय किसानको जमिन परेको तर अहिलेसम्म पनि उक्त सडकमा पर्ने जग्गाको लगत कर तिर्न बाध्य भएको भन्दै तत्काल लगत कर कट्टा गर्न माग गरिन । “बनेपा-बर्दिवास सडक निर्माणका क्रममा स्थानीयलाई फिर्ता गर्ने भनिएका जग्गा हालसम्म फिर्ता भएको छैन । स्थानीयलाई घर बनाउन र बेच्ने वातावरण बनाउनुपर्छ”, सांसद मगरले भनिन । 

सांसद भगवती चौधरीले देशभर बाढीपहिरोबाट पीडितहरूको समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराइन । सांसद मङ्गलप्रसाद गुप्ताले कपिलवस्तु जिल्लामा बाढीले प्रभावित भएकोतर्फ ध्यानाकर्षण गराउँदै थप क्षति न्यूनीकरणका लागि बाँधको व्यवस्था गर्न माग गरिन । सांसद रामशङ्कर यावदले सिरहा र सप्तरीमा बलान नदीमा देखिएको समस्या समाधानको माग गरे पनि सरकारको ध्यानाकर्षण नभएको भन्दै गुनासो व्यक्त गरे । सांसद भीमप्रसाद आचार्यले सुनसरी र विराटनगर जिल्लामा भन्सारको व्यवस्थापन र सञ्चालनका लागि सरकारको ध्यानाकर्षण गराए । 

यस्तै, सांसद मनिष झाले जहाज दुर्घटनाको अनुसन्धानका क्रममा सङ्कलन गरिएको ‘भ्वाइस रेकर्ड’ बाहिरिएकाबारे अनुसन्धान गर्नुपर्ने बताए । सांसद महेशकुमार बर्तौलाले स्वास्थ्य बिमा कार्डमार्फत देशका जुनसुकै उपचार पाउने व्यवस्था गर्न माग गरे । सांसद महेश बस्नेतले इलामका लोपोन्मुख लोक्पा जातिको उक्त जिल्लामा रहेको सांस्कृतिक धरोहर एवम् पुरातात्त्विक महत्वको गुम्बा संरक्षणका लागि माग गरे । सांसद मिना तामाङले अघिल्लो सरकारले उठाएको मुद्दा वर्तमान सरकारले उल्टाउने काम गरेकोमा शङ्का व्यक्त गरिन । 

सांसद मुक्ताकुमारी यादवले माध्यमिक शिक्षा परीक्षा(एसइई)को पूरक परीक्षाको नतिजा प्रकाशन समयमा गर्न अग्रिम ध्यानाकर्षण गराइन । सांसद मेनकाकुमारी पोखरेलले दाङ जिल्ला अस्पतालमा स्वास्थ्य उपकरणको मर्मत नहुँदा बिरामीले सास्ती भोग्नु परेको भन्दै स्वास्थ्य उपकरण खरिददेखि मर्मत सम्भारका लागि सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराइन । सांसद मैना कार्कीले मानसिक स्वास्थ्य विकराल बन्दै गएको तथ्याङ्क प्रस्तुत गर्दै यसबारे सचेतना फैलाउन र उपचारको पहुँच सबैमा पुर्‍याउनका लागि स्थानीय तहको संरचनालाई सक्रिय बनाउन आग्रह गरिन । 

सांसद रघुजी पन्तले संस्कृति र भाषा संरक्षणमा योगदान पुर्‍याउने साप्ताहिक पत्रिकालाई आवश्यक विज्ञापन र बजेट व्यवस्था गर्न सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराए । सांसद रणेन्द्र बरालीले भ्रष्टाचारको मुद्दामा सरकार व्यक्ति विशेष लचिलो हुन नहुनेमा जोड दिए । सांसद राजेन्द्र बजगाईँले सांसदले सदनमा उठाउनुभएको विषयलाई नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकले सामाजिक सञ्जालमा गर्नुभएको टिप्पणीप्रति आपत्ति जनाए । 

सांसद रामकुमार राईले सरकारले एकै पटक धेरै सचिव र राजदूत सरुवा एवम् फिर्ता गर्ने गरेको निर्णयप्रति आशङ्का व्यक्त गरे । सांसद बिजुला रायमाझीले प्रकोपको उच्च जोखिममा महिला र बालबालिका रहेकोप्रति सचेत गराए । सांसद रोशन कार्कीले राष्ट्रिय परीक्षा बोर्ड र परीक्षा नियन्त्रण कार्यालयले एसइई परीक्षामा सम्मेलित विद्यार्थीको भविष्यसँग खेलबाड गरेको आरोप लगाए । “१८ हजार ६ सय विद्यार्थीले पुनर्योगका लागि निवेदन दिएकोमा छ सय २१ जना विद्यार्थीको नतिजा नै फरक परेको छ । यसरी विद्यार्थीको भविष्यमाथि खेलबाड गर्नेलाई कारबाही गर्नुपर्छ ”, सांसद कार्कीले भने । 

सांसद लक्ष्मी तिवारीले नेपाली खेलाडीको क्षमता अभिवृद्धिका लागि आवश्यक वातावरण बनाउनुपर्ने बताइन । सांसद लालप्रसाद सावा लिम्बूले देशभर रहेका स्यानिटर प्याड तथा डाइपर उद्योग सञ्चालनका लागि आवश्यक कच्चा पदार्थ आयातमा लगाइएको कर घटाउन माग गरे । रासस 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: