Khabar Dabali २६ मंसिर २०८२ बिहीबार | 11th December, 2025 Thu
Investment bank

किसानको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण

खबरडबली संवाददाता

काठमाडौं । सांसदहरूले किसानका समस्या समाधान गर्नका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको आजको बैठकको शून्य समयमा सांसद माधव सापकोटाले किसानलाई दुधको बक्यौता रकम तत्काल उपलब्ध गराउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए । 

उनले दुध किसानको समस्यामा सरकारको ध्यानाकर्षण गराउँदै सभामुख देवराज घिमिरेलाई यस विषयमा रुलिङको लागि आग्रहसमेत गरे । “आज साउन १५, देशैभर खीर खाएर मनाइरहेका छौँ । तर बडो दुःखको कुरा किसानहरूले मेहनत र दुःख गरेर उत्पादन गर्ने दुःखको मूल्य सात महिनादेखि बक्यौता बाँकी छ”, सांसद सापकोटाले भने, “उता दुग्ध विकास संस्थान करिब विघटनको सङ्घारमा छ । विषयको गम्भीरता बुझेर सभामुखमार्फत रुलिङका लागि माग गर्दछु ।”

सांसद रामकृष्ण यादवले तराई-मधेसमा खानेपानी र सिँचाइको व्यवस्था गर्न माग गरे । सांसद लालवीर चौधरीले बर्दिया जिल्लाका किसानलाई आवश्यक मलखाद छिटो उपलब्ध गराउन माग गरे । सांसद रुक्मिणी राना बराइलीले किसानलाई वन्यजन्तुबाट प्रभावित हुन नदिनका लागि तीनै तहको सरकारको प्रयास पर्याप्त नभएको बताए । उनले बाँदर र हात्तीको आक्रमण नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराए । 

सांसद राजेन्द्र केसीले उपसभामुख इन्दिरा रानाले अमेरिकाको भिसाका लागि सिफारिस गरेका व्यक्तिबारे प्रश्न उठाउँदै यसबारे सदनलाई जानकारी गराउन सभामुख समक्ष आग्रह गरे । “यी व्यक्ति फरक–फरक पेसामा आबद्ध छन्, अन्तर्राष्ट्रिय महिलाकर्मी होइनन्, अन्तर्राष्ट्रिय मञ्चमा भाग लिन योग्य छैनन्”, सांसद केसीले भने, “कस्ता कस्ता व्यक्तिलाई सिफारिस गर्नुभयो ? कुन प्रयोजन र उद्देश्यका लागि यी व्यक्ति सिफारिस गर्नुभयो । त्यसको सभामुखमार्फत जानकारीका लागि माग गर्दछु ।”

सांसद रणकुमारी बलम्पाकी मगरले सिन्धुली जिल्ला हुँदै  जाने मध्यपहाडी राजमार्गमा स्थानीय किसानको जमिन परेको तर अहिलेसम्म पनि उक्त सडकमा पर्ने जग्गाको लगत कर तिर्न बाध्य भएको भन्दै तत्काल लगत कर कट्टा गर्न माग गरिन । “बनेपा-बर्दिवास सडक निर्माणका क्रममा स्थानीयलाई फिर्ता गर्ने भनिएका जग्गा हालसम्म फिर्ता भएको छैन । स्थानीयलाई घर बनाउन र बेच्ने वातावरण बनाउनुपर्छ”, सांसद मगरले भनिन । 

सांसद भगवती चौधरीले देशभर बाढीपहिरोबाट पीडितहरूको समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराइन । सांसद मङ्गलप्रसाद गुप्ताले कपिलवस्तु जिल्लामा बाढीले प्रभावित भएकोतर्फ ध्यानाकर्षण गराउँदै थप क्षति न्यूनीकरणका लागि बाँधको व्यवस्था गर्न माग गरिन । सांसद रामशङ्कर यावदले सिरहा र सप्तरीमा बलान नदीमा देखिएको समस्या समाधानको माग गरे पनि सरकारको ध्यानाकर्षण नभएको भन्दै गुनासो व्यक्त गरे । सांसद भीमप्रसाद आचार्यले सुनसरी र विराटनगर जिल्लामा भन्सारको व्यवस्थापन र सञ्चालनका लागि सरकारको ध्यानाकर्षण गराए । 

यस्तै, सांसद मनिष झाले जहाज दुर्घटनाको अनुसन्धानका क्रममा सङ्कलन गरिएको ‘भ्वाइस रेकर्ड’ बाहिरिएकाबारे अनुसन्धान गर्नुपर्ने बताए । सांसद महेशकुमार बर्तौलाले स्वास्थ्य बिमा कार्डमार्फत देशका जुनसुकै उपचार पाउने व्यवस्था गर्न माग गरे । सांसद महेश बस्नेतले इलामका लोपोन्मुख लोक्पा जातिको उक्त जिल्लामा रहेको सांस्कृतिक धरोहर एवम् पुरातात्त्विक महत्वको गुम्बा संरक्षणका लागि माग गरे । सांसद मिना तामाङले अघिल्लो सरकारले उठाएको मुद्दा वर्तमान सरकारले उल्टाउने काम गरेकोमा शङ्का व्यक्त गरिन । 

सांसद मुक्ताकुमारी यादवले माध्यमिक शिक्षा परीक्षा(एसइई)को पूरक परीक्षाको नतिजा प्रकाशन समयमा गर्न अग्रिम ध्यानाकर्षण गराइन । सांसद मेनकाकुमारी पोखरेलले दाङ जिल्ला अस्पतालमा स्वास्थ्य उपकरणको मर्मत नहुँदा बिरामीले सास्ती भोग्नु परेको भन्दै स्वास्थ्य उपकरण खरिददेखि मर्मत सम्भारका लागि सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराइन । सांसद मैना कार्कीले मानसिक स्वास्थ्य विकराल बन्दै गएको तथ्याङ्क प्रस्तुत गर्दै यसबारे सचेतना फैलाउन र उपचारको पहुँच सबैमा पुर्‍याउनका लागि स्थानीय तहको संरचनालाई सक्रिय बनाउन आग्रह गरिन । 

सांसद रघुजी पन्तले संस्कृति र भाषा संरक्षणमा योगदान पुर्‍याउने साप्ताहिक पत्रिकालाई आवश्यक विज्ञापन र बजेट व्यवस्था गर्न सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराए । सांसद रणेन्द्र बरालीले भ्रष्टाचारको मुद्दामा सरकार व्यक्ति विशेष लचिलो हुन नहुनेमा जोड दिए । सांसद राजेन्द्र बजगाईँले सांसदले सदनमा उठाउनुभएको विषयलाई नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकले सामाजिक सञ्जालमा गर्नुभएको टिप्पणीप्रति आपत्ति जनाए । 

सांसद रामकुमार राईले सरकारले एकै पटक धेरै सचिव र राजदूत सरुवा एवम् फिर्ता गर्ने गरेको निर्णयप्रति आशङ्का व्यक्त गरे । सांसद बिजुला रायमाझीले प्रकोपको उच्च जोखिममा महिला र बालबालिका रहेकोप्रति सचेत गराए । सांसद रोशन कार्कीले राष्ट्रिय परीक्षा बोर्ड र परीक्षा नियन्त्रण कार्यालयले एसइई परीक्षामा सम्मेलित विद्यार्थीको भविष्यसँग खेलबाड गरेको आरोप लगाए । “१८ हजार ६ सय विद्यार्थीले पुनर्योगका लागि निवेदन दिएकोमा छ सय २१ जना विद्यार्थीको नतिजा नै फरक परेको छ । यसरी विद्यार्थीको भविष्यमाथि खेलबाड गर्नेलाई कारबाही गर्नुपर्छ ”, सांसद कार्कीले भने । 

सांसद लक्ष्मी तिवारीले नेपाली खेलाडीको क्षमता अभिवृद्धिका लागि आवश्यक वातावरण बनाउनुपर्ने बताइन । सांसद लालप्रसाद सावा लिम्बूले देशभर रहेका स्यानिटर प्याड तथा डाइपर उद्योग सञ्चालनका लागि आवश्यक कच्चा पदार्थ आयातमा लगाइएको कर घटाउन माग गरे । रासस 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पाकिस्तानका पूर्व गुप्तचर प्रमुखलाई १४ वर्षको जेल सजाय

काठमाडाैँ । पकिस्ताको सैन्य अदालतले पाकिस्तानको शक्तिशाली “इन्टर–सर्भिस इन्टेलिजेन्स जासुसी” एजेन्सीका पूर्व प्रमुखलाई राज्यको गोप्यताको उल्लङ्घन र अख...

माेरङमा एउटै गाउँबाट दुई करोडको तरुल उत्पादन

मोरङ । माटोअनुसार बाली छनोट गर्न सके सिँचाइ सुविधा कम भएका खेतबाट पनि राम्रो आम्दानी लिन सकिन्छ भन्ने उदाहरण मोरङको सुन्दरहरैंचा नगरपालिका–७ र ८ का कि...

कांग्रेसद्वारा उदयपुरको दुवै निर्वाचन क्षेत्रमा उम्मेदवार सिफारिस

उदयपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली कांग्रेस उदयपुरले उम्मेदवार सिफारिस गरेको छ। कांग्रेस जिल्ला कार्यसमितिका सभापति ...

प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीले बुझायाे ज्ञापनपत्र

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष जय मातृभूमि पार्टीको एक प्रतिनिधिमण्डलले भेट गरी बिहीबार ज्ञापनपत्र बुझाएको छ । उक्त पार्टीले केवल चुना...

कोटेश्वर महादेवस्थान मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भट्टराई मृत फेला

काठमाडौं । कोटेश्वरको महादेवस्थान मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बैजहरि भट्टराई मृत फेला परेका छन् । ५२ वर्षीय भट्टराई शंखमूलस्थित बागमती नदीमा मृत...

खानेपानी संस्थान धनगढीले दुई करोड ३१ लाख बक्यौता उठाउन बाँकी

कैलाली । लामो समयदेखि धनगढीमा खानेपानी वितरण गर्दै आएको नेपाल खानेपानी संस्थानको विभिन्न व्यक्तिगत र सार्वजनिक संस्थाबाट उठाउन बाँकी बक्यौता रकम रु दु...

हिमालका हिउँ पग्लेपछि चमक हराउँदै

सोलुखुम्बु । दशकौँदेखि यहाँ हिमाल, चिसो बतास र आकाश छोएर उभिएजस्ता देखिने चम्किला चुच्चुराबाट यो जिल्ला परिचित रहँदै आएको थियो । यसबाट पर्यटक मोहित हु...

माेरङमा वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद

विराटनगर । मोरङ प्रहरीले रङ्गेली नगरपालिका–८ स्थितबाट बेवारिसे अवस्थाामा ठूलो परिमाणमा गएराति लागूऔषध गाँजा बरामद गरेको छ । इलाका प्रहरी कार्यालय र...

सुदूरपश्चिममा ४६ हजार नयाँ मतदाता थपिए

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा ४६ हजार २० जना नयाँ मतदाता थपिएका छन् । सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले आगामी फागुन २१ ग...

राजनीतिक भागबन्डामा नियुक्तिको सम्पत्ति छानबिनका लागि आयोग गठन

काठमाडौं । सरकारले सार्वजनिक संस्थामा दलीयकरण र भागबन्डा अनुसार नियुक्त भएका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने सहमति गरेको छ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending