ताप्लेजुङ । ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुकमलुङ) मा सङ्कलन भएको रु आठ करोड बढी भेटी रकम मौज्दात रहेको छ । पाथीभरा क्षेत्र विकास समितिको नाममा हालसम्म सङ्कलन भएको उक्त भेटी रकम मौज्दात रहेको हो ।
पाथीभरा क्षेत्र विकास समितिको वार्षिक प्रतिवेदनअनुसार हालसम्म कूल रु आठ करोड १३ लाख ७९ हजार तीन सय ६३ भेटी रकम मौज्दात रहेको जनाइएको छ । समितिले पाथीभरा क्षेत्रमा विभिन्न संरचना निर्माण तथा भौतिक पूर्वाधार योजनामा भएको खर्च, कर्मचारी पारिश्रमिक र अन्य खर्च कटाएर भेटीवापत सङ्कलन भएको उक्त रकम समितिसँग मौज्दात रहेको समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले बताए ।
गत आर्थिक वर्ष २०८०/८१ मा सङ्कलन भएको भेटी रकम र विगतदेखिको बैंक मौज्दात तथा मौज्दात रकमको ब्याजसमेत असार मसान्तसम्ममा भेटीवापत कूल रु १२ करोड ८० लाख ९९ हजार दुई सय ५१ सङ्कलन भएको छ । सङ्कलित उक्त रकममध्ये गत आवमा रु चार करोड ६७ लाख १९ हजार आठ सय ८७ खर्च भएको कार्यकारी निर्देशक हाङ्बाङले जानकारी दिए । उनका अनुसार सम्पूर्ण खर्च कटाएर बाँकी रहेको रकम समितिसँग मौज्दात रहेको छ ।
समितिले पछिल्लो एक वर्ष अर्थात् गत आवमा मात्र रु तीन करोड ९८ लाख ४१ हजार तीन सय १५ भेटी रकम सङ्कलन गरेको छ । गत आवमा खर्च भएको रकममध्ये सेवा करारका ज्यालादारी जनशक्तिको पारिश्रमिकमा मात्र रु ८४ लाख ९४ हजार छ सय २८ खर्च भएको छ ।
यसैगरी आन्तरिक आयव्ययबाहेक सरकारी अनुदानतर्फ रु एक करोड ३९ लाख तीन हजार ११ आम्दानी भएको समितिले जनाएको छ । सरकारी अनुदानको बजेटबाट कार्यकारी निर्देशकको तलब सुविधामा रु छ लाख ३४ हजार दुई सय १२ खर्च भएको छ । सेवा करारका कर्मचारी पारिश्रमिक, कार्यालय व्यवस्थापन लगायतमा बजेट खर्च भएको छ भने तीर्थयात्री पदमार्ग, विश्रामस्थल निर्माण, खानेपानी, शौचालय व्यवस्थापन जस्ता भौतिक पूर्वाधारका योजनामा खर्च भएको निर्देशक हाङ्बाङले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - २०:२०
काठमाडौं । जेनजी आन्दोलनमा भएको क्षतिको मूल्याङ्कन तथा सार्वजनिक संरचनाको पुनःनिर्माण योजना तयार गर्न गठित समितिले आफ्नो प्रतिवेदन प्रधानमन्त्री सुशील...
मंसिर २६ गते, २०८२ - २०:१७
नवलरासी । पश्चिम नवलपरासीको सुनवलमा आज बिहान टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुनवल –४ को कृष्ण मन्दिर अगा...
मंसिर २६ गते, २०८२ - २०:१४
बाँके । नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजनीतिक दलहरुले जनताको मुद्दा उठाएनन्, विकास निर्माणमा भूमिका ख...
मंसिर २६ गते, २०८२ - २०:०७
चितवन । अगामी पुस १ गतेदेखि बाघ गणनाको काम थालिने भएको छ । चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ‘व्लक’ बनाएर गणना गर्न लागिएको हो । यसँंगै बाघ भएका...
मंसिर २६ गते, २०८२ - २०:०४
मोरङ । कोशी प्रदेशको राजधानी विराटनगरमा–३ युवालाई खेलकुदप्रति आकर्षित गर्न देशकै ठूलो क्रिकेट एकेडेमी सञ्चालनमा आउने भएको छ । विराट स्पोर्टस् जोनले...
मंसिर २६ गते, २०८२ - २०:०१
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि नवनियुक्त राजदूतहरूले आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । राष्ट्रपति भवनमा आज आयोजित...
मंसिर २६ गते, २०८२ - १९:५७
काठमाडौँ । नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन आउन तीन दिन बाँकी रहँदा ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा चहलपहल बाक्लिएको छ । बिहानैद...
मंसिर २६ गते, २०८२ - १९:५१
कैलाली । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते धनगढीस्थित कैलाली जिल्ला अदालत र कारागार कार्यालयमा तोडफोड र आगजनी गरेको अभियोगमा १० जनाई पक्राउ गरिएको...
मंसिर २६ गते, २०८२ - १९:४६
ताप्लेजुङ । नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री हरिबोल गजुरेलले समाजवादी क्रान्तिलाई पुरा गर्न पार्टी एकता गरिएको बताए । ब...
मंसिर २६ गते, २०८२ - १९:३८
बैङ्कक । कम्बोडियासँग चलिरहेको सीमा झडपमा नौ थाई सैनिकको मृत्यु हुनुका साथै १२० भन्दा बढी घाइते भएको थाई रक्षा मन्त्रालयका प्रवक्ता सुरासान्ट कोङ्सिरी...




प्रतिकृया लेख्नुहोस्: