Khabar Dabali २३ फाल्गुन २०८२ शनिबार | 7th March, 2026 Sat
Investment bank

गृहमन्त्री लेखक र स्विस राजदूत मेउलीबिच शिष्टाचार भेटवार्ता

खबरडबली संवाददाता

काठमाडौं । गृहमन्त्री रमेश लेखकसँग नेपालका लागि स्विस राजदूत डा. डेनिएल मेउलीले शिष्टाचार भेटघाट गरेकी छन् । 

सोमबार गृहमन्त्रालयमा भएको भेटवार्तामा गृहमन्त्री लेखकले नेपाल र स्वीट्जरल्याण्डबिच सन् १९५६ देखि बलियो द्विपक्षीय सम्बन्ध रहेको बताएका छन् ।  

स्विस राष्ट्रपतिसँग द्विपक्षीय भेटका लागि गत जेठ २९ मा नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले गरेको स्वीट्जरल्याण्डको भ्रमणले दुई देशबिचको सम्बन्धलाई थप मजबुत बनाएको उनको भनाइ थियो । 

भौगोलिक दूरी र फरक विकास स्तरका बावजुद दुवै देशले मित्रता, सहयोग र पारस्परिक सम्मानलाई कायम गरेको भन्दै नेपालको शान्ति प्रक्रियामा स्वीसले गरेको सहयोगको गृहमन्त्री लेखकले प्रशंसा गरेका थिए ।

‘विकास र सहयोगका लागि स्विस एजेन्सीले नेपालको सामाजिक आर्थिक विकासमा उल्लेख्य योगदान गरेको छ । आगामी दिनहरूमा विपद् व्यवस्थापन र जलवायु परिवर्तनको क्षेत्रमा सहायता उपलब्ध हुने विश्वास लिएको छु,’ उनले भने ।

गृहमन्त्री लेखकले सन् २०२६ सम्ममा नेपाल न्यून आय भएको मुलुकबाट स्तरोन्नति भइ  २०३० सम्ममा मध्यम आय भएको मुलुक बन्ने लक्ष्य प्राप्तिको लागि स्रोत, साझेदारी र प्रविधिमा स्विट्जरल्यान्डसँग सहयोगको अपेक्षा गरेका थिए । 

‘नेपालले विकास सहयोग र प्रत्यक्ष वैदेशिक लगानीमा स्वीस सरकारसँग सहयोगको अपेक्षा गर्दछ । जलवायु परिवर्तन नेपालको लागि महत्त्वपूर्ण मुद्दा भएकाले सिओपी—२८ जस्ता विश्वव्यापी मञ्चहरूमा नेपालले उठाउँदै आएको पर्वतीय मुद्दालाई समर्थन गर्न स्वीस सरकारसमक्ष आग्रह गर्दछ,’ उनको भनाइ थियो । 

राजदूत मेउलीले नेपालको संक्रमणकालीन न्यायका विषयमा चासो व्यक्त गरेकी थिइन् । उनले संक्रमणकालीन न्यायको विषय कायान्वयनका लागि  स्वीट्जरल्याण्डको सहयोग रहने बताएकी थिइन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE