Khabar Dabali २३ फाल्गुन २०८२ शनिबार | 7th March, 2026 Sat
Investment bank

गोलबजार नगरपालिकामा असारको मिति राखेर साउनमा तालिम गरेको खुलासा

खबरडबली संवाददाता

सिरहा । सिरहाको गोलबजार नगरपालिकाले ‘न्यायमा पहुँच बढाउनको लागि पदाधिकारीहरुलाई अभिमुखिकरण’ तालिम नै अवैधानिक ढङ्गले गरेको पाईएको छ । नीति निर्माण गर्ने र कार्यक्रम बनाउने जन प्रतिनिधीहरु नै नियम कानुनको मानमर्दन गर्दै कार्यक्रममा सहभागीहनु नै पालिको वेतिथी उदाङ्गो भएको देखिन्छ ।

गत आर्थिक वर्ष २०८०/०८१ को वार्षिक कार्यक्रम अनुसार असार मसान्तमा सक्नु पर्ने कार्यक्रम नगर उप–प्रमुख मान्ती साहकै मिलेमतोमा प्रक्रिया मिचेर मध्ये साउनमा कार्यक्रमको उद्घाटन गरेको छ । उपमेयर साहले कर्यक्रमको उद्घाटन गर्नु, पालिकाको १३ वटै वडाका वडाअध्यक्षहरु कार्यक्रम सहभागीहुनु र सबैको आँखा अगाडीनै कार्यक्रमको मिति एक महिना अगाडीको राख्नुले नै नगरमा बेथितीको चरम उत्कर्ष पार गरेको स्थानियहरु बताउँछन् ।

गोलबजार नगरपालिको आर्थिक सहयोग, सामुदायिक महिला विकास केन्द्र, सिरहा २ को आयोजना र सामाजिक वातावरण विकास केन्द्र अर्नमा ५ को समन्वयमा नियम विपरित अभिमुखिकरण कार्यक्रम संचालन भईरहेका पाइएकोे छ । 

न्यायिक समितिको अगुवाईमा भईरहेको कार्यक्रममा नगरपालिकाका १३ वटै वडा र मेल मिलापकर्ताहरुलाई अहिले आएर तालिम दिएको खुलेको छ । असारमै सक्नु पर्ने कार्यक्रम साउनको १३ गते देखि १६ गतेसम्म हुने नगर उपप्रमुख मानती साहले जानकारी दिए । 

तालिम अहिले भईरहेपनि व्यानरमा भने असार १८ देखि २१ गतेसम्मको समय राखिएको छ । न्यायिक समितिको दक्षता अभिवृद्धिको लागि छुट्याइएको बजेट जसरी पनि पचाउनु पर्छ भन्ने मनासायले अहिले कार्यक्रम गरिरहेको वडाअध्यक्षहरु नै बताउँछन् ।

कार्यक्रममा सहभागी वडा नम्वर ३ का वडा अध्यक्ष धनप्रसाद लामाले यो के भईरहेको छ ? भन्ने प्रश्नमा उनले व्यानरले बोलि सकेको छ, स्थानीय जनप्रतिनिधी र वडा स्तरीय मेलमिलाप सदस्यहरुलाई क्षमता विकासको लागि तालिम राखेको हो । हामीलाई अहिले प्रशिक्षकले विषय बस्तु पनि हद म्यादकै बारेमा जानकारी गराई रहनु भएछ । उनले ठट्यौलि पारामा सोही अनुसार यो कार्यक्र सकाउन ३५ दिनको म्याद थप गरीएको हो की, त्यहि हदम्याद भित्र काईक्रम भईरहेको छ ।’

नगर प्रवक्ता समेत रहेका वडा नम्वर ६ का वडा अध्यक्ष संजित कुमार लामाले भने आफू बाहिर रहेकाले या कार्यक्रको बारेमा जनाकारी भएन । आफू भर्खरै कार्यक्रममा आएकोले यस विषयमा केही जानकारी नै नभएको बताए ।’ 

जन प्रतिनिधीहरुकै अगाडी यसरी पुरानो मितिमा कार्यक्रम भईरहेको छ, यो कति जायज हो ? भन्ने प्रश्नमा वडा नम्वर ९ का वडा अध्यक्ष सुरेन्द्र कुमार सिंहले भने, ‘प्राविधिक त्रुटि होला के होला हामीलाई थाहा भएन, हामी तालिम लिन आएको छौं । व्यानरको डेट अनुसार मिलेको छैन । केही प्राविधि कारणवस ढिलो भएको हुन सक्छ ।’

अव यो कार्यक्रमको भुक्तानी कसरी हुन्छ ? भनी पुनः प्रश्न गर्दा वडा अध्यक्ष सिंहले ‘नगर पालिकाको एउटा भुक्तानी गर्ने प्रकृया  १८ नम्वर हुन्छ । त्यहि भरेर भुक्तानी दिने हो ।’ तर, उनी आफैले १८ नम्वर भर्नको लागिपनि काम तोकिएको समयमा सक्नु पर्ने प्रावधान रहेको स्वीकार गर्छन् ।’

यस कार्यक्रमको विषयमा प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसी, जिन्सी शाखाका प्रमुख निरञ्जन शाक्य र सम्वन्धित शाखाका अधिकारी नानीमैया खपाङ्गीले आफूहरुलाई कार्यक्रमको विषयमा कुनै जानकारी नभएको बताए । 

उनीहरुले आफूहरुलाई कार्यक्रमको विषयमा कुनै जानकारी छैन । कसले कसरी गराई रहेको छ । हामीले बुझेका छैनौं । ‘वास्तवमा भन्ने हो भने असारमै सक्नु पर्ने कार्यक्रम हो । वडा अध्यक्षहरुको वेस्तताको कारण हामीले असारमा काम गर्न सकेनौ’ उपमेयर मान्ती साहले भने, ‘वडा अध्यक्षहरुको वेस्तताका कारण हामीले साउनको १३ देखि १६ गतेसम्म कार्यक्रम सञ्चालन गराइरहेका छौं ।’

गत आर्थिक वर्षको योजना अहिले गर्न मिल्छ ? भन्ने प्रश्नमा उपमेयर साहले भने, ‘गर्न मिल्छ होला, अहिलेसम्म हाम्रो १८ नम्वर भर्ने कार्यपालिको बैठक बसेको छैन । वस्दा त्यसमा पेश गर्न मिल्छ होला भन्ने लागेर कार्यक्रम गराईरहेका छौं ।

आन्तरीक सहमति अनुसार गोलबजार नगरपालिको लक्षित वर्गको सम्पूर्ण कार्यक्रम उपमेयर मानती साहले जिम्मा पाएको छ । उनले आर्थिक सेटिङ्गमा विभिन्न संघसंस्थालाई कामको जिम्मा दिएको स्रोेतले जानकारी दिएको छ । लक्षति वर्गको कार्यक्रमको लागि पालिकाले आर्थिक वर्ष २०८०/०८१ मा ५० लाख बजेट विनियोजन गरेको थियो । उपमेयर साहले विना वार्गेनिङ एउटापनि कार्यक्रम नगर्ने गरेको स्रोतको दावी छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE