Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

गोलबजार नगरपालिकामा असारको मिति राखेर साउनमा तालिम गरेको खुलासा

खबरडबली संवाददाता

सिरहा । सिरहाको गोलबजार नगरपालिकाले ‘न्यायमा पहुँच बढाउनको लागि पदाधिकारीहरुलाई अभिमुखिकरण’ तालिम नै अवैधानिक ढङ्गले गरेको पाईएको छ । नीति निर्माण गर्ने र कार्यक्रम बनाउने जन प्रतिनिधीहरु नै नियम कानुनको मानमर्दन गर्दै कार्यक्रममा सहभागीहनु नै पालिको वेतिथी उदाङ्गो भएको देखिन्छ ।

गत आर्थिक वर्ष २०८०/०८१ को वार्षिक कार्यक्रम अनुसार असार मसान्तमा सक्नु पर्ने कार्यक्रम नगर उप–प्रमुख मान्ती साहकै मिलेमतोमा प्रक्रिया मिचेर मध्ये साउनमा कार्यक्रमको उद्घाटन गरेको छ । उपमेयर साहले कर्यक्रमको उद्घाटन गर्नु, पालिकाको १३ वटै वडाका वडाअध्यक्षहरु कार्यक्रम सहभागीहुनु र सबैको आँखा अगाडीनै कार्यक्रमको मिति एक महिना अगाडीको राख्नुले नै नगरमा बेथितीको चरम उत्कर्ष पार गरेको स्थानियहरु बताउँछन् ।

गोलबजार नगरपालिको आर्थिक सहयोग, सामुदायिक महिला विकास केन्द्र, सिरहा २ को आयोजना र सामाजिक वातावरण विकास केन्द्र अर्नमा ५ को समन्वयमा नियम विपरित अभिमुखिकरण कार्यक्रम संचालन भईरहेका पाइएकोे छ । 

न्यायिक समितिको अगुवाईमा भईरहेको कार्यक्रममा नगरपालिकाका १३ वटै वडा र मेल मिलापकर्ताहरुलाई अहिले आएर तालिम दिएको खुलेको छ । असारमै सक्नु पर्ने कार्यक्रम साउनको १३ गते देखि १६ गतेसम्म हुने नगर उपप्रमुख मानती साहले जानकारी दिए । 

तालिम अहिले भईरहेपनि व्यानरमा भने असार १८ देखि २१ गतेसम्मको समय राखिएको छ । न्यायिक समितिको दक्षता अभिवृद्धिको लागि छुट्याइएको बजेट जसरी पनि पचाउनु पर्छ भन्ने मनासायले अहिले कार्यक्रम गरिरहेको वडाअध्यक्षहरु नै बताउँछन् ।

कार्यक्रममा सहभागी वडा नम्वर ३ का वडा अध्यक्ष धनप्रसाद लामाले यो के भईरहेको छ ? भन्ने प्रश्नमा उनले व्यानरले बोलि सकेको छ, स्थानीय जनप्रतिनिधी र वडा स्तरीय मेलमिलाप सदस्यहरुलाई क्षमता विकासको लागि तालिम राखेको हो । हामीलाई अहिले प्रशिक्षकले विषय बस्तु पनि हद म्यादकै बारेमा जानकारी गराई रहनु भएछ । उनले ठट्यौलि पारामा सोही अनुसार यो कार्यक्र सकाउन ३५ दिनको म्याद थप गरीएको हो की, त्यहि हदम्याद भित्र काईक्रम भईरहेको छ ।’

नगर प्रवक्ता समेत रहेका वडा नम्वर ६ का वडा अध्यक्ष संजित कुमार लामाले भने आफू बाहिर रहेकाले या कार्यक्रको बारेमा जनाकारी भएन । आफू भर्खरै कार्यक्रममा आएकोले यस विषयमा केही जानकारी नै नभएको बताए ।’ 

जन प्रतिनिधीहरुकै अगाडी यसरी पुरानो मितिमा कार्यक्रम भईरहेको छ, यो कति जायज हो ? भन्ने प्रश्नमा वडा नम्वर ९ का वडा अध्यक्ष सुरेन्द्र कुमार सिंहले भने, ‘प्राविधिक त्रुटि होला के होला हामीलाई थाहा भएन, हामी तालिम लिन आएको छौं । व्यानरको डेट अनुसार मिलेको छैन । केही प्राविधि कारणवस ढिलो भएको हुन सक्छ ।’

अव यो कार्यक्रमको भुक्तानी कसरी हुन्छ ? भनी पुनः प्रश्न गर्दा वडा अध्यक्ष सिंहले ‘नगर पालिकाको एउटा भुक्तानी गर्ने प्रकृया  १८ नम्वर हुन्छ । त्यहि भरेर भुक्तानी दिने हो ।’ तर, उनी आफैले १८ नम्वर भर्नको लागिपनि काम तोकिएको समयमा सक्नु पर्ने प्रावधान रहेको स्वीकार गर्छन् ।’

यस कार्यक्रमको विषयमा प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसी, जिन्सी शाखाका प्रमुख निरञ्जन शाक्य र सम्वन्धित शाखाका अधिकारी नानीमैया खपाङ्गीले आफूहरुलाई कार्यक्रमको विषयमा कुनै जानकारी नभएको बताए । 

उनीहरुले आफूहरुलाई कार्यक्रमको विषयमा कुनै जानकारी छैन । कसले कसरी गराई रहेको छ । हामीले बुझेका छैनौं । ‘वास्तवमा भन्ने हो भने असारमै सक्नु पर्ने कार्यक्रम हो । वडा अध्यक्षहरुको वेस्तताको कारण हामीले असारमा काम गर्न सकेनौ’ उपमेयर मान्ती साहले भने, ‘वडा अध्यक्षहरुको वेस्तताका कारण हामीले साउनको १३ देखि १६ गतेसम्म कार्यक्रम सञ्चालन गराइरहेका छौं ।’

गत आर्थिक वर्षको योजना अहिले गर्न मिल्छ ? भन्ने प्रश्नमा उपमेयर साहले भने, ‘गर्न मिल्छ होला, अहिलेसम्म हाम्रो १८ नम्वर भर्ने कार्यपालिको बैठक बसेको छैन । वस्दा त्यसमा पेश गर्न मिल्छ होला भन्ने लागेर कार्यक्रम गराईरहेका छौं ।

आन्तरीक सहमति अनुसार गोलबजार नगरपालिको लक्षित वर्गको सम्पूर्ण कार्यक्रम उपमेयर मानती साहले जिम्मा पाएको छ । उनले आर्थिक सेटिङ्गमा विभिन्न संघसंस्थालाई कामको जिम्मा दिएको स्रोेतले जानकारी दिएको छ । लक्षति वर्गको कार्यक्रमको लागि पालिकाले आर्थिक वर्ष २०८०/०८१ मा ५० लाख बजेट विनियोजन गरेको थियो । उपमेयर साहले विना वार्गेनिङ एउटापनि कार्यक्रम नगर्ने गरेको स्रोतको दावी छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टेलिभिजन तथा अनलाइन पत्रकारिता...

ताप्लेजुङको हाङदेवामा भालुको आतंक

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ९ हाङदेवा क्षेत्रमा भालुको आतंक बढेको छ । वडाध्यक्ष लक्षुमन गुरुङले हाङदेवाका दुई परिवारका ५ पशुचौप...

फागुन २१ को निर्वाचन अपरिहार्य छ: कोइराला

विराटनगर । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन औपचारिक तयारी सुरु गरेको नेता डाक्टर शेखर काेइरालाले बत...

चीन–नेपाल सम्बन्ध अद्वितीय छ: राजदूत छन सङ

काठमाडौं । नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको सम्बन्ध अद्वितीय रहेको बताउँदै आफू जहाँ रहे पनि नेपालको विकास प्रयासमा सघाउने प्रतिबद्धत...

छथर जोरपाटीमा आँप ब्लक विकास कार्यक्रम सञ्चालनमा समस्या

धनकुटा । कृषि ज्ञान केन्द्र र स्थानीय पालिकाबिच प्रभावकारी समन्वय नहुँदा धनकुटाको छथर जोरपाटी गाउँपालिकाको तल्लो क्षेत्रमा आँप ब्लक विकास कार्यक्रम सञ...

देशका महत्वपूर्ण मानिने औद्योगिक क्षेत्र एक दशकमा पनि बनेनन्

काठमाडौं । सरकारले सातै प्रदेशमा ठुला औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको एक दशक बितिसक्दा पनि एउटा पनि सञ्चालनमा आउन सकेको छैन । सरकारले औद...

ललितपुरमा बोरामा प्याक गरेकाे अवस्थमा शव फेला

काठमाडौं । हत्या गरी बोरामा प्याक गरेर इनारमा फालिएको अवस्थामा एक युवकको शव फेला परेको छ । शव सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ घर भएका केशवराज हायु...

निर्वाचन नजिकिँदै गर्दा ८ जिल्ला सीडीओविहीन

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा आठ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को नेतृत्व शून्य बनेको छ । मन्त्रिपरिषद्को पुस ३ गते ब...

आइसिसी टी–२० विश्वकपकाे लागि २४ खेलाडी बन्द प्रशिक्षणमा

काठमाडौं । भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि आयोजना हुने आइसिसी टी–२० विश्वकपको तयारीका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार २४ खेलाडी बन...

लहान नगरपालिकाद्वारा विपन्न परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग

सिरहा । लहान नगरपालिकाले विपन्न तथा गरिब परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग गरेको छ । नगर प्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१२ भोटियाटोलका ह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending