Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा किसानलाई 'कृषि एम्बुलेन्स'

खबरडबली संवाददाता

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले किसानले उत्पादन गरेको कृषि उपजको ढुवानीका लागि कृषि एम्बुलेन्सको व्यवस्था गरेको छ । सङ्घीय सरकार र गाउँपालिकाको लागत साझेदारीमा ३६ लाख १२ हजार रुपियाँमा एम्बुलेन्स तयार पारेर सञ्चालन गर्न लागेको हो । 

कृषि एम्बुलेन्स सञ्चालन हुने भएपछि विकट बस्तीका किसानहरू उत्साहित भएका छन् । गाउँपालिका भित्रका किसानले उत्पादन गरेको कृषि उपजको बिक्रीका लागि बजारसम्म पुर्‍याउन सहज होस् भनेर गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालन गर्न लागेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिए । "कृषि एम्बुलेन्स तयार भएर आइसकेको छ । गाउँपालिकाले कार्यविधि बनाएर केही दिनभित्रमा सञ्चालनमा ल्याउने छौँ," उनले भने । 

उनका अनुसार एम्बुलेन्सका लागि गत आर्थिक वर्ष २०८०-०८१ मा सङ्घीय सरकारबाट प्राप्त भएको १९ लाख ८० हजार र गाउँपालिकाको १७ लाख ३२ हजार रुपियाँ खर्च भएको छ । २५ लाख ७० हजार रुपियाँमा खरिद गरिएको गाडीमा कुलिङ स्टिम प्रविधि र एसोसेरिट जडान गर्दा दश लाख ४२ हजार रुपियाँ खर्च भएको प्रशासकीय अधिकृत सुवेदीले बताए । 

किसानले उत्पादन गरेको दुध, ताजा तरकारी, आलु, सुन्तला लगायतका कृषि उत्पादनको बजारीकरणमा सहयोग पुर्‍याउन पालिकाले कृषि एम्बुलेन्सको व्यवस्था गरेको गाउँपालिका अध्यक्ष भारतकुमार पुनले बताए । उनले भने, "गाउँपालिकाको दुर्गम भेगमा किसानले उत्पादन गरेको कृषि उपजले बजार नपाउँदा त्यसै खेर जाने अवस्था छ । कृषि उपजको बजारीकरण गरी किसानलाई प्रोत्साहन र कृषि क्षेत्रको प्रवर्द्धनमा टेवा पुर्‍याउन पालिकाले कृषि एम्बुलेन्स सञ्चालन गरेका हौँ ।"

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले महाधिवेशन: प्रतिनिधि लाइनमा, सुरु भएन मतदान

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । नयाँ नेतृत्व(अध्यक्ष)का लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी मैदानमा उत्रिएका...

समाजवादी क्रान्तिका लागि पार्टी एकता: नेता गजुरेल

खोटाङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता हरिबोल गजुरेलले समाजवादी क्रान्तिका लागि शक्ति सञ्चय गर्न वामपन्थी राजनीतिक दलहरूबीच पार्टी एकता गरिएक...

श्रम, संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ

काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा (देवराज) पक्राउ परेका छन् ।  ...

छद्मभेष

दुर्गा दाहाल दानवीय र अमानवीय नर नारी दुवै हुन् रे वेश्यालयमा बालिका बेच्न नारी नै छन् रे । लैगिक हिंसा र बलत्कारी महिला नै हुनै रे  दिनमा नारा ...

५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौं । नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपा...

जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन् : मन्त्री घिसिङ

कैलाली । ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले जनताले चुस्तदुरुस्त पारदर्शीतासहितको भ्रष्टाचार मुक...

विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना गरेको छ ।  विभागले उद्योग तथा फर्म...

पोखरा विमानस्थल प्रमुखविरुद्ध २ करोड ५० लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाइका प्रमुख बिनेश मुनकर्मीविरुद्ध २ कर...

सशस्त्रका तीन एआईजीको सरुवा

  काठमाडौं । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका तीन अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । जसअनुसार एआईजी नारायण...

माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजार बढी रुख काटियो

सङ्खुवासभा । यहाँको भोटखोला गाउँपालिकामा निर्माण हुन लागेको एक हजार ६३ मेगावाटको माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजार भन्दा बढी रुख काटिएको छ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending