Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

अमेरिकाले जापानमा सैन्य कमाण्ड संरचनाको स्तरोन्नती गर्ने

खबरडबली संवाददाता

टोकियो । वासिङ्टन र टोकियोले सैन्य सहयोगलाई थप मजबुत बनाउँदै अमेरिकी कमाण्ड संरचनामा स्तरोन्नती गर्ने भएका छन् । अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले आइतबार यो योजनाको घोषणा गरे । 

अमेरिकाबाट करिब छ हजार ५०० किलोमिटर टाढा रहेको जापानमा हवाईस्थित इन्डो–प्यासिफिक कमान्डअन्तर्गत करिब ५४ हजार अमेरिकी सैनिकहरू छन् । आइतबार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँग टोकियोमा आफ्ना समकक्षीसँग ‘टु प्लस टु’ वार्तामा सामेल भई रक्षामन्त्री अस्टिनले थ्री स्टार कमान्डरको नेतृत्वमा नयाँ ज्वाइन्ट फोर्स हेडक्वार्टरको घोषणा गर्ने एक अमेरिकी सैन्य अधिकारीले बताएका छन् । 

यसले जापानको सबै सशस्त्र बलहरूको लागि योजनाबद्ध संयुक्त अपरेसन कमान्डको समकक्षको रूपमा काम गर्नेछ र ताइवान वा कोरियाली प्रायद्वीपमा सङ्कटको अवस्थामा दुई सेनालाई थप फुर्तीला बनाउनेछ । चीनप्रतिको असहजता र उत्तर कोरियाप्रतिको चिन्ताका कारण जापानले हालैका वर्षहरूमा आफ्नो कडा शान्तिवादी अडान त्याग्दै, रक्षा खर्च बढाउने र ‘काउन्टरस्ट्राइक’ क्षमता हासिल गर्न अग्रसर हुँदै आएको छ । 

गत अप्रिलमा अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रधानमन्त्री फुमियो किशिदाले ह्वाइट हाउसमा भएको शिखर सम्मेलनमा सहकार्यमा ‘नयाँ युग’को घोषणा गरेका थिए । यसै महिना ब्लिन्केन र अस्टिनले जापान र फिलिपिन्ससँगको अर्को ‘टु प्लस टु’ वार्ता गरी एक अर्काको क्षेत्रमा सेना तैनाथ गर्न अनुमति दिने एक रक्षा सम्झौतामा हस्ताक्षर गरेका थिए । गत अप्रिलमा वासिङ्टनमा जापान, फिलिपिन्स र संयुक्त राज्य अमेरिकाका नेताहरूबीच पहिलो त्रिपक्षीय शिखर सम्मेलन भएको थियो । 

गत अगस्टमा क्याम्प डेभिडमा राष्ट्रपति जो बाइडेनसँग भेटी जापान र दक्षिण कोरियाले पनि दोस्रो विश्वयुद्धका समय भएको वैमनस्यतालाई त्याग्ने सहमति गरेका थिए । जापान–अमेरिका ‘टु प्लस टु’ बैठकअघि अस्टिन र जापानका रक्षामन्त्री मिनोरु किहाराले १५ वर्षपछि जापान भ्रमण गर्ने पहिलो दक्षिण कोरियाली रक्षामन्त्री शिन वोन सिकसँग त्रिपक्षीय वार्ता गरेका थिए । उनीहरूले सूचना आदानप्रदान र त्रिपक्षीय अभ्यासलगायत सम्बन्धलाई अझ प्रगाढ बनाउन सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । 

“जापान, संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाबीच त्रिपक्षीय सहयोग अन्तर्राष्ट्रिय परिस्थितिमा भएका विभिन्न परिवर्तनका बाबजुद पनि बलियो र अटुट भएको छ,” किहाराले बैठकपछि सञ्चारकर्मीसँग भने । जापान र अमेरिकाबीच भएको वार्तामा जापानको सुरक्षाका लागि आणविक हतियारलगायत आफ्नो सैन्य क्षमता प्रयोग गर्ने वासिङ्टनको ‘विस्तारित प्रतिरोध’ प्रतिबद्धतालाई बढाउने विषयमा पनि छलफल भएको थियो । 

चीनको सैन्य आधुनिकीकरण, उत्तर कोरियाको आणविक र क्षेप्यास्त्र कार्य र युक्रेन युद्धमा आणविक आक्रमणले जापानलाई अस्थिर बनाएको अमेरिकी (आरएएनडी) थिङ्क ट्याङ्कका राजनीतिशास्त्री नाओको आओकीले बताए । 

“संयुक्त राज्य अमेरिकाले जापानलाई आफ्नो प्रतिबद्धताको आश्वासन दिनु र सम्भावित प्रतिद्वन्द्वीहरूलाई यो गठबन्धन बलियो रहेको र जापानको रक्षाका लागि आवश्यक परेमा आणविक हतियार प्रयोग गर्न संयुक्त राज्य अमेरिका प्रतिबद्ध रहेको सङ्केत दिनु महत्त्वपूर्ण छ,” उनले एएफपीसँग भने । रासस

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सहायता कटौतिले शरणार्थीलाई ‘अनावश्यक पीडा’ भएको छ : राष्ट्रसङ्घ

काठमाडाैँ । यो वर्ष ‘कठोर र गैरजिम्मेवार’ सहायता कटौतीको लहरले शरणार्थीहरूलाई अनावश्यक पीडा दिएको संयुक्त राष्ट्रसङ्घले  जनाएको छ । सहायता कटौति शर...

मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, कुन मन्त्रालयमा काे ?

जनकपुरधाम । मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा नेपालको संविध...

एमाले महाधिवेशन: मतदान मङ्गलबार १२ बजेदेखि

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको मतदान समय सरेको छ । एमाले ११औँ महाधिवेशनका केन्द्रीय सचिव डा. कुन्साङ लामाले सोमबार साँझ प्र...

विद्युतको तार सर्ट भएर आगलागी हुँदा सर्लाहीमा ५० बिघाभन्दा बढीको उखु जल्यो

सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा सोमबार दिउँसो आगलागीबाट ठुलो क्षेत्रफलमा लगाइएको उखु जलेको छ ।  विद्युतको तार सर्ट भएर मुना चौधरीक...

च्याउखेतीबाटै वार्षिक १२ लाख आम्दानी

काठमाडौँ । ‘च्याउ खाऔँ, स्वस्थ्य बनौँ’, ‘स्वस्थ्य जीवनको आहार च्याउ’ भन्ने नारासहित च्याउखेती गर्दै आएका ललितपुरको गोदावरी नगरपालिका–११, सेराफाँटका कृ...

पछिल्लो २४ घण्टामा आगलागीका २२ घटना, दुई जनाको मृत्यु

काठमाडौँ । पछिल्लाे २४ घण्टामा आगलागीमा परी दुई जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला २४ घ...

सर्च एण्ड स्विप अपरेशन : फरार ३४२ प्रतिवादी पक्राउ

कैलाली । कैलाली जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको ‘सर्च एण्ड स्विप अपरेशन’का क्रममा ३४२ फरार प्रतिवादीलाई पक्राउ गरिएको छ । जिल्ला अदालतले विभ...

बङ्गलादेश : ‘राज्य विरोधी गतिविधि’ गरेको आरोपमा पत्रकार पक्राउ

काठमाडाैँ । बङ्गलादेशका भूतपूर्व प्रधानमन्त्री शेख हसिनाको प्रतिबन्धित पार्टीलाई बढावा दिएको र ‘राज्य विरोधी गतिविधि’ गरेको आरोपमा यहाँका एक वरिष्ठ पत...

थाइल्यान्डमा आम चुनावको मिति फेब्रुअरी-८ लाई तय

बैङ्कक । थाइल्यान्डमा आगामी फेब्रुअरी-८ मा आम चुनावको मिती तय भएको थाइ निर्वाचन आयोगले सोमबार जनाएको छ । चुनावका लागि दलले यस वर्षको अन्त्य अघि प्रधान...

कांग्रेस महाधिवेशन: देशभरका क्रियाशील सदस्यता वितरण

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको लागि एक सय ६५ निर्वाचन क्षेत्रका सबैजसो वडामा क्रियाशील सदस्यता फाराम वितरण भइरहेको छ । कांग्रेस केन्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending