गत आम निर्वाचनअघि उनले काठमाडौँ महानगरपालिकाले सुकुम्बासी बस्ती हटाउने विषयलाई लिएर भावुक अभिव्यक्ति दिएका थिए। त्यतिबेला उनले सुकुम्बासीको पक्षमा उभिने वाचा गर्दै मत मागेका थिए। तर अहिले सरकारकै नेतृत्वमा देशका विभिन्न स्थानमा सुकुम्बासी बस्ती हटाइँदा र कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बाढीले विस्थापित परिवार थप संकटमा पर्दासमेत उनको कुनै सार्वजनिक प्रतिक्रिया आएको छैन।
यसैबीच कीर्तिपुरको होल्डिङ सेन्टरमा बाढी पसेर सुकुम्बासीहरू पुनः विस्थापित भएपछि सामाजिक सञ्जालमा रवि लामिछानेको फोटो राखेर ‘मानिस हराएको सूचना’ शीर्षकका सामग्री व्यापक रूपमा साझा हुन थालेका छन्।
हाँस्य कलाकार राजा राजेन्द्र पोखरेलले पनि यस्तो तस्बिर साझा गर्दै व्यंग्य गरेका छन्, "सुकुम्बासीमा डोजर चले छाती थाप्छु भन्ने, भुईँमान्छेको भगवान् हुँ भन्ने, बालेनले देश बनाउँछन् भन्ने आशा राख्ने अन्दाजी ५० वर्षका मानिस हराएको हुनाले भेट्टाउने महानुभावले जनताका पीडा सुनाइदिनु होला।"
सामाजिक सञ्जालमा धेरै प्रयोगकर्ताले चुनावअघि गरेका प्रतिबद्धता र अहिलेको मौनतालाई तुलना गर्दै प्रश्न उठाइरहेका छन्। यद्यपि, यस विषयमा रवि लामिछाने वा रास्वपाले हालसम्म कुनै आधिकारिक प्रतिक्रिया सार्वजनिक गरेका छैनन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २८ गते, २०८३ - २३:१४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सुकुम्बासीको मुद्दामा मौन बसेपछि सामाजिक सञ्जालमा उनको आलोचना चुलिएको छ। चुनावी ...
आषाढ़ २८ गते, २०८३ - २२:४४
किम्रोंग र मोदी खोलाको बाढीले कास्कीमा ठूलो क्षति, स्थानीय र पर्यटकको आवतजावत प्रभावित
आषाढ़ २८ गते, २०८३ - २२:१७
काठमाडौं । एउटा घर गुमाएको परिवारलाई सरकारले अस्थायी आश्रय दियो। उनीहरूले सोचे—अब केही समय भए पनि सुरक्षित रूपमा बाँच्न पाइएला। तर नियतिले फेरि उनीहरू...
आषाढ़ २८ गते, २०८३ - २२:०१
पर्वत । कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा आएको बाढीले प्रसिद्ध पर्यटकीय क्षेत्र घान्द्रुक जोड्ने नयाँपुल-बिरेठाँटी-घान्द्रुक सडक अवरुद्ध बनेको छ ।...
आषाढ़ २८ गते, २०८३ - ०७:५८
काठमाडौं । विसं २०७९ माघ १० गते। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनअगाडि एक युवकले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाए। उनी थिए– इलामका प्रेमप्रसाद ...
आषाढ़ २८ गते, २०८३ - ०७:३४
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा सुकुमबासीहरूको अवस्था बुझ्न पुगेका जे...
आषाढ़ २८ गते, २०८३ - ०७:३१
सरकारसँग वार्ता जारी, महानगरले सहयोग र रोजगारीको घोषणा गर्यो, घटनाको बहुआयामिक छानबिन तीव्र
आषाढ़ २८ गते, २०८३ - ०७:२८
काठमाडौं । आज देशभर अधिकांश बादल लाग्नेछ मौसम विज्ञान विभागले जनाएको छ । महाशाखाका अनुसार देशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित ...
आषाढ़ २७ गते, २०८३ - २०:५६
काठमाडौँ । समाजवादी कम्युनिस्ट पार्टी नेपालले काठमाडौँमा पठाओ चालकका रूपमा कार्यरत २५ वर्षीय युवा गणेश नेपालीको आत्मदाहको घटनालाई 'राज्यले गरेको ह...
आषाढ़ २७ गते, २०८३ - २०:४५
रूपन्देही । नेपालमा जनप्रतिनिधि बनेपछि पुरानो पेशा, जीवनशैली र सङ्घर्ष बिर्सिने प्रवृत्ति सामान्यजस्तै देखिन्छ। चुनाव जितेपछि धेरै नेताको जीवनशैली फेर...



प्रतिकृया लेख्नुहोस्: