Khabar Dabali २९ असार २०८३ सोमबार | 13th July, 2026 Mon
Investment bank

मंगलबारसम्म भारी वर्षाको चेतावनी : बाढी, पहिरो र डुबानको उच्च जोखिम, सतर्क रहन मौसम विभागको आग्रह

खबरडबली संवाददाता

काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय बनेसँगै आगामी तीन दिनसम्म धेरै स्थानमा वर्षा हुने र केही क्षेत्रमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागले विशेष सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक रहेकाले देशभर मनसुनको प्रभाव कायम छ। अहिले पनि कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा मधेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आइतबार रातिदेखि सोमबार र मंगलबारसम्म विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भाग तथा मधेशसहित कोशी, बागमती र गण्डकीका तराई क्षेत्र मा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। कोशी र बागमतीका केही पहाडी क्षेत्रमा अति भारी वर्षा हुन सक्ने चेतावनीसमेत दिइएको छ।

विभागले लगातारको वर्षासँगै बाढी, पहिरो, डुबान, गेग्रान बहाव र भू–क्षय को जोखिम बढ्ने भएकाले नदी तथा खोलाछेउका बासिन्दा, पहाडी क्षेत्रका नागरिक र यात्रुलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ।

भारी वर्षाका कारण कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकाले अत्यावश्यकबाहेक जोखिमपूर्ण यात्रा नगर्न र स्थानीय प्रशासन तथा मौसम विभागबाट जारी हुने पछिल्ला सूचनामा अद्यावधिक रहन विभागको अनुरोध छ।

पछिल्ला केही दिनयता देशका विभिन्न जिल्लामा बाढी र पहिरोका घटना बढिरहेका छन्। कास्कीमा झोलुङ्गे पुल बगेको, सडक अवरुद्ध भएको तथा विभिन्न स्थानमा डुबानको समस्या देखिएको अवस्थामा मौसम विभागको यो चेतावनीलाई गम्भीर रूपमा लिन आग्रह गरिएको छ।बब

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विदेशको सपना त्यागे, ड्रागनखेतीबाट वर्षमै १२ लाख कमाउँदै इलामका प्रविण

इलाम । वैदेशिक रोजगारीको मोह त्यागेर आफ्नै गाउँमा कृषि कर्म रोजेका इलामका एक युवाले ड्रागन फलखेतीबाट वार्षिक १२ लाख रुपैयाँ आम्दानी गर्न सफल भएका छन्।...

घोषणा धेरै, काम शून्यः हेटौँडा कपडा उद्योग अझै पुनर्जीवनको पर्खाइमा

मकवानपुर । २४ वर्षअघि बन्द भएको हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने सरकारी दाबी फेरि एकपटक चर्चामा आएको छ। सरकारले उद्योग मर्मतका लागि बजेट निकासा भ...

कोशी पम्प नहरको बाँध भत्किँदा झलही जलमग्न, धानबाली डुबानमा

सप्तरी । सप्तरीको राजविराज नगरपालिका–११ झलही गाउँस्थित कोशी पम्प नहरको बाँध भत्किँदा आसपासका खेतीयोग्य जमिन डुबानमा परेका छन्। बाँध भत्किएपछि नहरको पा...

सिंहदरबारतर्फको मार्चमा मौसमको बाधा, चपुरमै अलपत्र मिटरब्याज पीडित

रौतहट । सरकारसँग भएका सम्झौता कार्यान्वयनको माग गर्दै काठमाडौं केन्द्रित पैदल मार्चमा रहेका मिटरब्याज पीडितहरूको यात्रा अविरल वर्षा र छाता अभावका कारण...

लोकल गाई र हल गोरु जोगाउन नगद अनुदान, स्याङ्जाका पालिकाको नयाँ अभियान

स्याङ्जा । परम्परागत पशुपालनलाई संरक्षण गर्दै लोपोन्मुख लोकल काठे गाई र हल गोरुको संख्या बढाउने उद्देश्यले स्याङ्जाका विभिन्न स्थानीय तहले किसानलाई नग...

मेची राजमार्गको राजदुवाली खण्ड भासियो, यातायात अवरुद्ध

इलाम । मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ। दुई दिनदेखिको वर्षाका कारण इलाम नगरपालिका–९ स्थित उक्त सडकखण्ड भासिएपछि...

अविरल वर्षाले देशभरको सडक सञ्जाल प्रभावित, बीपीसहित प्रमुख राजमार्ग बन्द

काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका प्रमुख राजमार्ग तथा सडक खण्डहरू अवरुद्ध भएका छन्। सोमबार बिहान ६:३० बजेस...

मध्यरातको विनाश : बैंककको पबमा भीषण आगलागी हुँँदा २७ जनाको मृत्यु, ६३ घाइते

बैंकक । थाइल्यान्डको राजधानी बैंककस्थित एक पबमा सोमबार मध्यरातपछि भएको भीषण आगलागीमा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने ६३ जना घाइते भएका छन्। घाइतेमध...

आज आदिकवि भानुभक्तको २१३औँ जन्मजयन्ती मनाइँदै

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २ सय १३औँ जन्मजयन्ती आज देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । संस्कृत भाषामा लेखिएको अयोध्य...

विराटनगरमा बिहानै डोजर : कोशी अस्पतालको जग्गामा बनेका २६ सटर भत्काइए

विराटनगर । कोशी अस्पतालको स्वामित्वमा रहेको सरकारी जग्गामा निर्माण गरिएका अनधिकृत संरचनामाथि सोमबार बिहानै डोजर चलाइएको छ। अस्पताल प्रशासनले व्यापारिक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending