Khabar Dabali २९ असार २०८३ सोमबार | 13th July, 2026 Mon
Investment bank

काठमाडौं उपत्यकामा सोमबार रातिसम्मै वर्षाको सम्भावना

खबरडबली संवाददाता

काठमाडौं । हिजैदेखि पानी परिरहेको काठमाडौँ उपत्यकामा सोमबार बिहानसम्म पनि निरन्तर जारी रहेको मौसमविद्ले जनाएका छन्। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् बिनु महर्जनका अनुसार सोमबार बिहान करिब ६:२५ बजेसम्म उपत्यकाका विभिन्न स्थानमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ।

उनका अनुसार आइतबार दिउँसो पहिलोपटक चाँगुनारायण क्षेत्रतर्फ वर्षा सुरु भए पनि रातिको समयमा त्यस क्षेत्रमा खासै पानी परेन। तर काठमाडौँका अन्य धेरै स्थानमा भने रातभर मध्यम वर्षा रेकर्ड भएको छ। पछिल्लो १२ घण्टाको तथ्याङ्कले पनि उपत्यकाका अधिकांश क्षेत्रमा मध्यम वर्षा भएको देखाएको उनले जानकारी दिइन्।
 
उनका अनुसार वर्षा गराउने प्रणाली क्रमशः कमजोर बन्दै गए पनि वर्षा पूर्ण रूपमा रोकिन अझ केही समय लाग्नेछ। उनले दिनभर वर्षाको तीव्रता घट्दै केही समय घाम देखिन सक्ने सम्भावना रहेको बताइन्। तर त्यसपछि पुनः बादल विकसित भई मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ।

उनका अनुसार सोमबार दिउँसोदेखि रातिसम्म पनि मध्यम वर्षाको सम्भावना कायम रहेको छ। विशेषगरी साँझ र रातिको समयमा वर्षाको सम्भावना दिउँसोको तुलनामा बढी रहने उनले उल्लेख गरिन्।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विदेशको सपना त्यागे, ड्रागनखेतीबाट वर्षमै १२ लाख कमाउँदै इलामका प्रविण

इलाम । वैदेशिक रोजगारीको मोह त्यागेर आफ्नै गाउँमा कृषि कर्म रोजेका इलामका एक युवाले ड्रागन फलखेतीबाट वार्षिक १२ लाख रुपैयाँ आम्दानी गर्न सफल भएका छन्।...

घोषणा धेरै, काम शून्यः हेटौँडा कपडा उद्योग अझै पुनर्जीवनको पर्खाइमा

मकवानपुर । २४ वर्षअघि बन्द भएको हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने सरकारी दाबी फेरि एकपटक चर्चामा आएको छ। सरकारले उद्योग मर्मतका लागि बजेट निकासा भ...

कोशी पम्प नहरको बाँध भत्किँदा झलही जलमग्न, धानबाली डुबानमा

सप्तरी । सप्तरीको राजविराज नगरपालिका–११ झलही गाउँस्थित कोशी पम्प नहरको बाँध भत्किँदा आसपासका खेतीयोग्य जमिन डुबानमा परेका छन्। बाँध भत्किएपछि नहरको पा...

सिंहदरबारतर्फको मार्चमा मौसमको बाधा, चपुरमै अलपत्र मिटरब्याज पीडित

रौतहट । सरकारसँग भएका सम्झौता कार्यान्वयनको माग गर्दै काठमाडौं केन्द्रित पैदल मार्चमा रहेका मिटरब्याज पीडितहरूको यात्रा अविरल वर्षा र छाता अभावका कारण...

लोकल गाई र हल गोरु जोगाउन नगद अनुदान, स्याङ्जाका पालिकाको नयाँ अभियान

स्याङ्जा । परम्परागत पशुपालनलाई संरक्षण गर्दै लोपोन्मुख लोकल काठे गाई र हल गोरुको संख्या बढाउने उद्देश्यले स्याङ्जाका विभिन्न स्थानीय तहले किसानलाई नग...

मेची राजमार्गको राजदुवाली खण्ड भासियो, यातायात अवरुद्ध

इलाम । मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ। दुई दिनदेखिको वर्षाका कारण इलाम नगरपालिका–९ स्थित उक्त सडकखण्ड भासिएपछि...

अविरल वर्षाले देशभरको सडक सञ्जाल प्रभावित, बीपीसहित प्रमुख राजमार्ग बन्द

काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका प्रमुख राजमार्ग तथा सडक खण्डहरू अवरुद्ध भएका छन्। सोमबार बिहान ६:३० बजेस...

मध्यरातको विनाश : बैंककको पबमा भीषण आगलागी हुँँदा २७ जनाको मृत्यु, ६३ घाइते

बैंकक । थाइल्यान्डको राजधानी बैंककस्थित एक पबमा सोमबार मध्यरातपछि भएको भीषण आगलागीमा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने ६३ जना घाइते भएका छन्। घाइतेमध...

आज आदिकवि भानुभक्तको २१३औँ जन्मजयन्ती मनाइँदै

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २ सय १३औँ जन्मजयन्ती आज देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । संस्कृत भाषामा लेखिएको अयोध्य...

विराटनगरमा बिहानै डोजर : कोशी अस्पतालको जग्गामा बनेका २६ सटर भत्काइए

विराटनगर । कोशी अस्पतालको स्वामित्वमा रहेको सरकारी जग्गामा निर्माण गरिएका अनधिकृत संरचनामाथि सोमबार बिहानै डोजर चलाइएको छ। अस्पताल प्रशासनले व्यापारिक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending