भक्तपुर । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप बलियो बनाउन आमसहमतिका आधारमा संविधान संशोधन गरिने बताए । बयालिसौँ बीपी स्मृति दिवसका अवसरमा आज नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं २ ले यहाँ आयोजना गरेको बिपी स्मृति सभामा उनले कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच भएको सहमतिअनुसार सबैको सहमतिमा संविधान संशोधन अगाडि बढाइने बताए ।
नेता निधिले सत्ता गठबन्धनले सङ्घीयता, प्रदेश संरचना र समानुपातिक व्यवस्थालाई कमजोर बनाउँछन् भनेर चलाइएका हल्लाका पछि नलाग्न आग्रह गरे । उनले संविधान संशोधनभन्दा पहिले प्रदेश कानुन बनाउन अत्यावश्यक रहेको समेत चर्चा गरे ।
“अहिले संविधान संशोधनभन्दा पनि प्रदेश कानुन बनाएर प्रदेशको अधिकारलाई पूर्णता दिनु अत्यावश्यक छ, प्रदेशको आफ्नै प्रहरी, कर्मचारी हुने संविधानमा व्यवस्था छ तर त्यसको कार्यान्वयन भएको छैन । यसर्थ संविधानअनुरूप कानुन बनाउने विषयलाई वर्तमान सत्ता गठबन्धनले पहिलो प्राथमिकतामा राख्नुपर्छ ।”
कांग्रेस पूर्वउपसभापति निधिले एमाले र कांग्रेसबीच भएको सातबुँदे सहमतिअनुसार सरकारको निरन्तरता र कामकारबाही अगाडि बढ्ने धारणा राखे । उनले भने, “दुई पार्टीबीचको सहमतिलाई प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद्मा पढेर सुनाउनुभएको छ । म दाबाका साथ भन्न चाहन्छु, यो सम्झौता २०८४ को चुनावसम्म कायम रहन्छ । सरकारको नेतृत्व पनि सोहीअनुसार हस्तान्तरण हुन्छ । बाहिर यो सरकार टिक्दैन, केही महिनाका लागि मात्रे हो भन्ने चर्चा र भ्रम छर्ने काम भइरहेको छ, यसलाई चिरेर अगाडि बढ्छौँ ।”
वर्तमान सरकारको भविष्यबारे चिन्ता नगरी २०८४ सालमा बहुमत ल्याउने गरी पालिका तहदेखि नै पार्टीलाई मजबुद बनाउन लाग्नुपर्ने आवश्यकता औँल्याउँदै प्रतिनिधिसभा सदस्य निधिले गुट उपगुटभन्दा माथि उठेर पार्टीलाई जिताउने गरी एकताबद्ध हुन अपिल गरे ।
कार्यक्रममा नेपाली कांग्रेस भक्तपुरका सभापति एवं प्रतिनिधिसभा सांसद दुर्लभ थापाले बीपीको सिद्धान्तबाट कांग्रेस विचलित हुन नहुने चर्चा गर्दै तल्लो तहबाटै कांग्रेस एकढिक्का भएर लाग्नुपर्नेमा जोड दिए । आयोजक कांग्रेस भक्तपुर क्षेत्र नं २ का सभापति भेषबहादुर कार्कीले माथिल्लो तहदेखि नै गुटबन्दी अन्त्य भएकामा सिङ्गो कांग्रेस एक भएर अगाडि बढ्ने दाबी गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - २०:२७
रामेछाप । उर्जा जलस्रोत एवं सिंचाई मन्त्री कुलमान घिसिङले सरकारले निर्धारित मितिमै प्रतिनिधिसभाको निर्वाचन गराउने जिकिर गरेका छन् । मन्थलीस्थित उज...
पौष ७ गते, २०८२ - २०:१२
कैलाली । लामो समयदेखि स्थगित सुदूरपश्चिम प्रदेशसभाको चालु अधिवेशनअन्तर्गतको बैठक यही पुस ११ गते बस्ने भएको छ । सभामुख भीमबहादुर भण्डारीले साेमबार ब...
पौष ७ गते, २०८२ - २०:१०
महोत्तरी । यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती लालपुर्जाविहीन छ । उनीहरु वर्षौँदेखि लालपुर्जाविहीन छन् । चार पुस...
पौष ७ गते, २०८२ - १९:५३
बुटवल । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्डको स्तरोन्नति आयोजनाका लागि नदीजन्य सामग्रीको अभाव हुँदा काम प्रभावित भएको छ । राष्ट्...
पौष ७ गते, २०८२ - १९:४८
लमजुङ । पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय पर्यटकीय गन्तव्य बनेको छ । बिहानै उदाउने सूर्यले हिमालका काखम...
पौष ७ गते, २०८२ - १८:५५
काठमाडाैँ । चीनले युरोपेली सङ्घबाट आयात हुने केही दुग्ध उत्पादनहरूमा ४२.७ प्रतिशतसम्म कर लगाउने घोषणाको इयूले सोमबार प्रतिवाद गरेको छ । दुग्धजन्य उत्प...
पौष ७ गते, २०८२ - १८:५१
तनहुँ । तनहुँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिकालाई जोड्ने सेती नदीमाथिको पक्की पुल निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि अझै अधुरो अवस्थामा छ । ...
पौष ७ गते, २०८२ - १८:१४
काठमाडाैं । नेपालको राजनीति फेरि एकपटक जनताबाट टाढा, बन्द ढोकाभित्र र सत्ता जोगाउने खेलमा फर्किएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकप...
पौष ७ गते, २०८२ - १८:०१
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते तोकिएको निर्वाचन कुनै पनि बहानामा तलमाथि भए मुलुक गम्भीर अनिश्चयतिर जाने चेतावनी दिएका छन् । उनले...
पौष ७ गते, २०८२ - १७:५५
काठमाडौं । जेनजी आन्दोलनका क्रममा २३ भदौको दमन र २४ भदौको आगजनी घटनाबारे जाँच गरिरहेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्...




प्रतिकृया लेख्नुहोस्: