काठमाडौं । नेपालमा रक्तसञ्चार सेवा प्रारम्भ भएको ५८ वर्ष पूरा भएको छ । नेपाल रेडक्रस सोसाइटी (नेरेसो) स्थापना भएको तीन वर्षपछि अर्थात् २०२३ साउन १२ गते नेपाल रेडक्रस रक्तसञ्चार सेवा केन्द्रको सञ्चालन प्रारम्भ भएको हो ।
प्रारम्भमा वीर अस्पतालको हातामा लक्ष्मी ब्लड बैंकको रुपमा पहिलो रगत बैंक सञ्चालनमा ल्याइएको थियो । नेपालमै पहिलो रगत बैंकको रुपमा स्थापित यस केन्द्रले एक वर्षको अवधिमा जम्मा १५७ युनिट मात्र रगत सङ्कलन गरेको थियो । आर्थिक वर्ष २०८०/८१ मा रेडक्रसले दुई लाख ९४ हजार चार सय ७७ युनिट रगत सङ्कलन र चार लाख छ हजार दुई सय ७१ युनिट रगत तथा रक्ततत्व बिरामीलाई उपलब्ध गराएको थियो ।
सुरुआती दिनमा रगतको किनबेच गर्ने पेसेवर व्यक्तिबाट समेत रगत सङ्कलन गर्ने गरिएकामा २०३९/४० देखि त्यस्ता व्यक्तिबाट रगत नलिई स्वयंसेवी रगतदाताको सङ्ख्यामा वृद्धि गरी रगत सङ्कलन गर्न थालिएको थियो । वि.सं.२०४८ चैत २४ मा तत्कालीन सरकारले रेडक्रसलाई नै नेपालभर रक्तसञ्चार सेवा सञ्चालनको एकल अधिकार दिएको थियो । २०५० सालमा सरकारबाट रक्तसञ्चार सेवाको राष्ट्रिय नीति स्वीकृत भई लागू भएको थियो ।
नेपाल रेडक्रसले काठमाडौंमा केन्द्रीय रक्तसञ्चार सेवाका साथै विराटनगर, भरतपुर, पोखरा, नेपालगञ्ज र धनगढी गरी पाँच स्थानमा प्रदेशस्तरीय रक्त सञ्चार सेवा सञ्चालनमा ल्याएको छ । २४ जिल्लामा जिल्लास्तरीय र विभिन्न जिल्लाका ४१ स्थानबाट आकस्मिक रक्तसञ्चार सेवा प्रदान हुँदै आएको छ । रक्तसञ्चार सेवाको ५९औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले नेपाल रेडक्रसले मानवीय सेवामा पुर्याएको सहयोग महत्वपूर्ण रहेको बताए ।
कार्यक्रममा नेपाल रेक्रस सोसाइटीका कार्यकारी निर्देशक उमेश ढकालले आर्थिक वर्ष २०८०/८१ मा रेडक्रसले दुई लाख ९४ हजार चार सय ७७ युनिट रगत सङ्कलन र चार लाख छ हजार दुई सय ७१ युनिट रगत तथा रक्ततत्व बिरामीलाई उपलब्ध गराएको जानकारी दिए । उनले भने,“ नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित रक्तसञ्चार सेवा केन्द्रले वि.सं.२०७२ वैशाख १२ को विनाशकारी भूकम्प पश्चात पनि रक्तदानको कार्यक्रम निरन्तर जारी राखेको र कोभिड महामारीका समयमा पनि केन्द्रले आफ्नो सेवा जारी राख्न सफल भएको थियो ।” कार्यकारी निर्देशक ढकाललले अगामी दिनमा रक्त सेवालाई थप चुस्त बनाइने जानकारी दिए ।
नेपाल रेडक्रसका अध्यक्ष प्रा.डा.सुदर्शनप्रसाद नेपालले ‘सुलभ, गुणस्तरीय र मर्यादित सेवा : नेपालको रक्तसञ्चार सेवा’को मूल भावनालाई कार्यान्वयनमा लैजान र नेपाल सरकारले संस्थालाई दिएको जिम्मेवारी पूरा गर्न नेपाल रेडक्रस प्रतिबद्ध रहेको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: