Khabar Dabali १७ बैशाख २०८३ बिहीबार | 30th April, 2026 Thu

बागमतीमा दोस्रो पटक मन्त्रिपरिषद् विस्तार, थप चार जना मन्त्री नियुक्त

खबरडबली संवाददाता

हेटौँडा । बागमती प्रदेशको मन्त्रिपरिषद् दोस्रो पटक विस्तार गर्दै थप चार जना मन्त्री नियुक्त गरिएको छ । मुख्यमन्त्रीमा बहादुर सिं लामा तामाङको सिफारिसमा शनिबार बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले मन्त्रिपरिषद् पुनगर्ठन एवं कार्यविभाजन गरेका हुन् । 

प्रदेश प्रमुख शर्माले मुख्यमन्त्री लामाको उपस्थितिमा हरिप्रभा खड्गी (श्रेष्ठ), सुरज चन्द्र लामिछाने, मीनकृष्ण महर्जन र विमल ठकुरीलाई मन्त्री पदको पद तथा गोपनियताको शपथ गराए । खड्गीलाई सामाजिक विकास मन्त्रालय, लामिछानेलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, महर्जनलाई युवा तथा खेलकुद मन्त्रालय र ठकुरीलाई संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ । 

यस्तै मन्त्रीमण्डल विस्तारसँगै यसअघि गत बुधबार मन्त्रिपरिषद् गठन बिना विभागीय नेपाली कांग्रेसबाट मन्त्री बनेका तीन जनामध्ये कुन्दनराज काफ्लेलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र श्यामबहादुर खड्कालाई खानेपानी, ऊर्जा तथा सिँचाई मन्त्रालयको जिम्मेवारी दिने गरी कार्यविभाजन गरिएको छ । तर यसअघि बिना विभागीय मन्त्रीमा नियुक्त मदुकुमार श्रेष्ठको दोस्रो पटक मन्त्रिपरिषद् पुनर्गठन एवं कार्यविभाजन हुँदासमेत मन्त्रालय तोकिएको छैन ।

१३ वटा मन्त्रालय रहेको बागमती प्रदेश मन्त्रिपरिषद् दोस्रो पटक विस्तार हुँदा १४ जना मन्त्री नियुक्त भएका छन् । यस्तै यसअघि नै एमालेका प्रकाश श्रेष्ठले कृषि  तथा पशुपन्छी विकास मन्त्रालय, किरण थापा मगरले स्वास्थ्य मन्त्रालय, कृष्णप्रसाद सिलवालले वन तथा वातावरण मन्त्रालय, अमनकुमार मास्केले भौतिक पूर्वाधार विकास मन्त्रालय, शुकमाया तामाङले उद्योग, वाणिज्य भूमि तथा प्रशासन मन्त्रालय र प्रेमभक्त महर्जनले श्रम, रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending