दैलेख । जमिनमुनि कडा चट्टान लागेपछि दैलेखको भैरवी गाउँपालिका –१ जलजलेमा पेट्रोलियम पदार्थको अन्बेषणका लागि गरिएको ड्रिलिङ कार्यमा कठिनाइ भएको छ ।
जमिनमुनी कडा चट्टान लागेको र ड्रिलिङका लागि ल्याइएका ड्रिलिङका बिटहरु भाँचिन थालेपछि ड्रिलिङ कार्यमा कठिनाइ भएको परियोजनाले जानकारी दिएको छ ।
खानी तथा भूगर्भ विभाग पेट्रोलियम अन्वेषण परियोजनाका सिनिएर डिभिजनल जीओलोजिष्ट सुरेश श्रेष्ठले ड्रिलिङ गर्ने बिटहरू कडा चट्टानका कारण भाँचिन थालेपछि ड्रिलिङको काममा कठिनाइ आएको जानकारी दिए ।
उनले शनिवारसम्म एक हजार १४७ मिटर गहिरो ड्रिलिङ गरिएको बताए । उनले भने, “जति गहिरो ड्रिलिङ गरिन्छ त्यति कडा चट्टान लागेको कारण ड्रिलिङका बिटहरू भाँचिने समस्याले ड्रिलिङ कार्यमा कठिनाइ भएको छ । ड्रिलिङ मेसिनका बिटहरू भाँचिएपछि दुईदेखि काम गर्न समस्या भएको छ ।”
पेट्रोलियम पद्धार्थको अन्वेषणका लागि पहिलो चरणमा ल्याइएका ड्रिलिङ मेसिनका बिटहरू भाँचिएपछि अन्य बिटहरू चाइनाबाट मगाइएको र चाइनाबाट रसुवा नाकासम्म सो सामग्री आइपुगेको उनले जानकारी दिए । चार महिनादेखि ६ महिनामा ड्रिलिङ कार्य सम्पन्न गर्ने लक्ष्य लिएको भए पनि हालसम्म ड्रिलिङ कार्यले सोचेजति गति लिन नसकेको बताइएको छ ।
ड्रिलिङका लागि दैलेखको भैरवी गाउँपालिका –१ जलजलेमा ४५ रोपनी जग्गा अधिग्रहण गरिएको छ । हाल चिनियाँ र नेपाली गरी ६० जनाको समूहले ड्रिलिङको काम गरिरहेको छ । चिनियाँ सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा सुरु भएको हो ।
दैलेखको शिरस्थान नाभिस्थान पादुका स्थानमा तीन वर्षभित्र पेट्रोलियम पदार्थको अनुसन्धान सक्नेगरी चिनियाँ सरकारसँग सन् २०१९, फेब्रुअरी २८ मा सम्झौता भएको थियो । सम्झौताअनुसार काम हुन नसकेपछि पुनः समयावधि थपिएको थियो ।
सुरुआतमा तीन वर्षभित्र तीन चरणमा काम सक्नेगरी सम्झौता भएको भए पनि कोरोना महामारीका कारण सम्झौताअनुसार काम हुन सकेन । पहिलो चरणमा चिनियाँ प्राविधिकले दैलेखको स्थलगत अध्ययन गरेर पेट्रोलियम पदार्थ हुनसक्ने सम्भावित ठाउँ पत्ता लगाएका थिए । त्यसैका आधारमा ड्रिलिङका लागि रिग हावस निर्माण गरी ड्रिलिङ काम सुरु भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - २०:०२
बेइजिङ । चीनको कुल विदेशी व्यापार पहिलो ११ महिनामा वर्षभरको तुलनामा ३.६ प्रतिशतले बढेको आधिकारिक तथ्याङ्कले सोमबार जनाएको छ । चिनियाँ भन्सार प्रशा...
मंसिर २३ गते, २०८२ - १९:५९
रुपन्देही । लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय ३२ छाडा चौपाया रहेको तथ्याङ्क सार्वजनिक भएको छ । प्रदेश सरकार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रा...
मंसिर २३ गते, २०८२ - १९:४८
कैलाली । कैलालीमा वन पैदावार बिक्री वितरणमा रोक लगाइएपछि एक लाख क्युफिट भन्दा बढी परिमाणमा काठ घाटगद्दीमै थन्किएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले...
मंसिर २३ गते, २०८२ - १९:४५
म्याग्दी । नेपाली कम्युनिष्ट पार्टीका नेता लीलामणि पोखरेलले राजनीतिक निकासका लागि आगामी फागुन २१ गते घोषणा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको विकल्प न...
मंसिर २३ गते, २०८२ - १९:४१
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पुस ५ गतेसम्म केन्द्रदेखि प्रदेश र जिल्लासम्म सबै तहमा पार्टी एकता प्रक्रिया सम्पन्न गर्ने जनाएको छ । ...
मंसिर २३ गते, २०८२ - १८:५७
बेल्जियम । युरोपेली सङ्घ (ईयू) ले सोमबार आप्रवासन नीति कडा पार्ने महत्वपूर्ण कदम अनुमोदन गर्ने तयारी गरेको छ । यसअन्तर्गत ईयू बाहिर ‘फिर्ता केन्द्र’ ख...
मंसिर २३ गते, २०८२ - १८:५३
भियतनाम । भियतनामको नागरिक उड्डयन प्राधिकरण अनुसार, सन् २०२५ मा देशभरका विमान सेवाबाट करिब ८४ लाख यात्रु आवागमन हुने अनुमान गरिएको छ । जुन अघिल्लो वर्...
मंसिर २३ गते, २०८२ - १८:४९
पर्सा । विभिन्न कालखण्डमा मधेस प्रदेशमा अतिक्रमणमा परेको वन क्षेत्र सङ्घीयतापछि पनि फिर्ता ल्याउन सकस भएको छ । विसं २०७२ मा नयाँ संविधानसँगै सङ्घीयता ...
मंसिर २३ गते, २०८२ - १८:४५
काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीमा भाग लिन सोमबारसम्म ६७ दलले निवेदन दिएका छन् । आयोगकी सहायक प्रव...
मंसिर २३ गते, २०८२ - १८:०५
काठमाडाैँ । संयुक्त राष्ट्र सङ्घले सन् २०२६ का लागि मानवतावादी सहयोग जुटाउन वैश्विक आह्वान गर्दै विश्व समुदाय पीडित मानिसप्रति पर्याप्त संवेदनशील नदेख...




प्रतिकृया लेख्नुहोस्: