माेरङ । नेकपा माओवादी केन्द्र नेकपा एमाले गठबन्धनको कोसी प्रदेश सरकारबाट बाहिरिएको छ । पार्टीका चार मन्त्रीहरुले राजीनामा दिएसँगै माओवादी एमालेसँगको गठबन्धन सरकारबाट बाहिरिएको हो ।
शुक्रबार अपरान्ह्र माओबादी केन्द्रका मन्त्रीहरु गणेश उप्रेती, नारायण बुर्जामगर, राजेन्द्र कार्की र बन्दना झाँगडले मुख्यमन्त्री हिक्मत कार्कीलाई राजीनामा पत्र बुझाएका छन् । माओबादी केन्द्रको समर्थनमा एमालेका हिक्मतकुमार कार्की २७ बैशाख २०८१ म कोसी प्रदेशको मुख्यमन्त्री बनेका थिए ।
१७ असारमा केन्द्रमा कांग्रेस–एमालेको गठबन्धन बनेपनि मुख्यमन्त्री कार्कीको आग्रहका कारण माओबादी केन्द्रले कोसीमा सरकार छाडेको थिएन । मुख्यमन्त्री कार्की बामपन्थी गठबन्धनलाई नै कायम राखेर सर्वदलीय सरकार बनाउने पक्षमा थिए । तर केन्द्रको अस्वीकारपछि मुख्यमन्त्री कार्कीले सर्वदलीय सरकार बनाउन नसक्ने बताएपछि सरकारबाट बाहिरिएको माओबादी केन्द्र संसदीय दलका नेता ईन्द्रबहादुर आङबोले बताए ।
सरकारबाट बाहिरिए पनि कानुनी कारण देखाउँदै माओवादीले सरकारलाईइ दिएको समर्थन भने फिर्ता लिएको छैन । विज्ञहरुसँग सल्लाह गरेर छिट्टै समर्थन पनि फिर्ता लिने आङ्बोले बताए ।
माओबादीका मन्त्रीहरुले राजीनामा दिएसँगै कोसीमा अब मुख्यमन्त्री हिक्मत कार्कीकै नेतृत्वमा नयाँ गठबन्धनमा रहेको कांग्रेस सरकारमा सहभागी हुनेछ । तर मन्त्रालय र आन्तरिक भागबण्डा नमिल्दा कांग्रेस सरकारमा सहभागी भइसकेको छैन ।
विधानको धारा १६८(५) अन्तर्गत एमालेका ३९ र माओवादीका १३ जना प्रदेशसभा सदस्यको समर्थनमा हिक्मतकुमार कार्की वैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: