एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार देशबासीका नाममा सम्बोधन गरी आफू नोभेम्बरमा हुने चुनावबाट किन पछि हटेको भन्ने बारे व्याख्या गर्ने बताइएको छ ।
उपराष्ट्रपति कमला ह्यारिस र डोनाल्ड ट्रम्पबीच बाइडेनको राष्ट्रपतीय उम्मेद्वारबाट फिर्ता हुने निर्णयका विषयमा जारी सवाल जवाफबीच बाइडेनले राष्ट्रका नाममा सम्बोधन गर्दै आफूले राजीनामा दिने ऐतिहासिक निर्णय गरे पनि आफ्नो कार्यकाल अझै पूरा नभएको र आफू बाँकी काम गर्न सक्षम रहेको बताएका छन् ।
स्थानीय समयअनुसार बिहीबार राति ८:०० बजे प्राइमटाइम टेलिभिजनमा प्रसारण हुने सम्बोधनमा ८१ वर्षीय डेमोक्र्याट नेताले ‘भविष्यमा के हुन्छ र अमेरिकी जनताका लागि आफूले कसरी काम पूरा गर्नुहुनेछ भन्ने विषयमा आफ्ना धारणा राख्ने बताए ।
आठदेखि १० मिनेटसम्म चल्ने यो भाषण ट्रम्पविरुद्धको कमजोर बहस प्रदर्शन र उम्मेदवारी त्याग्न गरिएको हप्तौंको दबाबपछि आइतबार दौडबाट अलग्गिएको घोषणापछिको पहिलो सम्बोधन हुनेछ । कोभिड सङ्क्रमणपछि डेलावेयर तटस्थित आफ्नो घरमा एकान्त (आइसोलेसनमा)रहेको बेला उहाँले अमेरिकीहरूलाई आफ्नो आश्चर्यजनक निर्णयबारे थप जानकारी दिने वाचा गरेका थिए ।
जुलाई १३ मा ट्रम्पविरुद्ध हत्याको प्रयास पछि ओभल अफिसबाट भएको उनको पछिल्लो सम्बोधनको एक हप्ताभन्दा बढी समयपछि यो सम्बोधन हुन लागेको हो । डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपतिपदको उम्मेदवार बनेकी ह्यारिस र ट्रम्प दुवै चुनावी अभियानमा फर्किएपछि बाइडेनले अमेरिकीहरूलाई आफू राजनीतिबाट अवकास लिएको व्यक्ति नभएको वा आफ्नो राजनीतिक जीवन नसकिएको प्रमाणित गर्न कडा सङ्घर्ष गर्नेछन् ।
रिपब्लिकनहरूले बाइडेनलाई पूर्ण रुपमा राजीनामा दिन आग्रह गर्दै उनि पुनः निर्वाचित हुन योग्य नभएकाे निष्कर्ष सही भए उनले राष्ट्रपतिको रुपमा काम गर्न पनि योग्य नहुने दावी गर्दै आएका छन् । वरिष्ठ डेमोक्र्याट नेता बाइडेनले गाजामा हमासविरुद्ध इजरायलको युद्धमा अर्थतन्त्रमा विशेष ध्यान केन्द्रित गर्न र युद्धविराम लक्ष्य हासिल गर्न आफूसँग अझै धेरै कुरा बाँकी रहेको र यसका लागि आफू सक्षम रहेको बताउँदै आएका छन् ।
डेलावेयरमा सोमबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै बाइडेनले भने, “बिहीबार ह्वाइट हाउसमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग भेट गर्ने र युद्धविरामका लागि सहमति नजिक पुग्ने सम्भावना छ ।”
मध्यपूर्वमा शान्ति सम्झौता गर्ने बाइडेन पहिलो अमेरिकी राष्ट्रपति भने हुनुहुन्न । जिम्मी कार्टर, बिल क्लिन्टन र डोनाल्ड ट्रम्पले पनि मध्यपूर्वमा शान्तिका लागि पहल गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - २०:१५
काठमाडाैँ । यो वर्ष ‘कठोर र गैरजिम्मेवार’ सहायता कटौतीको लहरले शरणार्थीहरूलाई अनावश्यक पीडा दिएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । सहायता कटौति शर...
मंसिर ३० गते, २०८२ - २०:११
जनकपुरधाम । मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा नेपालको संविध...
मंसिर ३० गते, २०८२ - २०:०६
काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको मतदान समय सरेको छ । एमाले ११औँ महाधिवेशनका केन्द्रीय सचिव डा. कुन्साङ लामाले सोमबार साँझ प्र...
मंसिर ३० गते, २०८२ - २०:०१
सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा सोमबार दिउँसो आगलागीबाट ठुलो क्षेत्रफलमा लगाइएको उखु जलेको छ । विद्युतको तार सर्ट भएर मुना चौधरीक...
मंसिर ३० गते, २०८२ - १९:०७
काठमाडौँ । ‘च्याउ खाऔँ, स्वस्थ्य बनौँ’, ‘स्वस्थ्य जीवनको आहार च्याउ’ भन्ने नारासहित च्याउखेती गर्दै आएका ललितपुरको गोदावरी नगरपालिका–११, सेराफाँटका कृ...
मंसिर ३० गते, २०८२ - १९:०४
काठमाडौँ । पछिल्लाे २४ घण्टामा आगलागीमा परी दुई जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला २४ घ...
मंसिर ३० गते, २०८२ - १९:०२
कैलाली । कैलाली जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको ‘सर्च एण्ड स्विप अपरेशन’का क्रममा ३४२ फरार प्रतिवादीलाई पक्राउ गरिएको छ । जिल्ला अदालतले विभ...
मंसिर ३० गते, २०८२ - १८:५९
काठमाडाैँ । बङ्गलादेशका भूतपूर्व प्रधानमन्त्री शेख हसिनाको प्रतिबन्धित पार्टीलाई बढावा दिएको र ‘राज्य विरोधी गतिविधि’ गरेको आरोपमा यहाँका एक वरिष्ठ पत...
मंसिर ३० गते, २०८२ - १८:१३
बैङ्कक । थाइल्यान्डमा आगामी फेब्रुअरी-८ मा आम चुनावको मिती तय भएको थाइ निर्वाचन आयोगले सोमबार जनाएको छ । चुनावका लागि दलले यस वर्षको अन्त्य अघि प्रधान...
मंसिर ३० गते, २०८२ - १८:०९
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको लागि एक सय ६५ निर्वाचन क्षेत्रका सबैजसो वडामा क्रियाशील सदस्यता फाराम वितरण भइरहेको छ । कांग्रेस केन्...




प्रतिकृया लेख्नुहोस्: