Khabar Dabali २५ जेष्ठ २०८३ सोमबार | 8th June, 2026 Mon
Investment bank

फिलिपिन्समा ७.८ म्याग्निच्युड भूकम्प, सुनामीको खतरा

खबरडबली संवाददाता

मनिला। दक्षिणी फिलिपिन्समा सोमबार बिहान ७.८ म्याग्निच्युडको शक्तिशाली समुद्री भूकम्प आएपछि सुनामीको खतरा उत्पन्न भएको छ । भूकम्पले प्रमुख तटीय क्षेत्रहरूलाई हल्लाउनुका साथै भवनहरूमा क्षति पुर्‍याएको, विद्युत् सेवा अवरुद्ध भएको र केही स्थानमा एक मिटर उचाइसम्मका सुनामीका छालहरू मापन गरिएको अधिकारीहरूले बताएका छन् ।

फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले जोखिमयुक्त तटीय क्षेत्रका बासिन्दाहरूलाई तत्काल सुरक्षित उच्च स्थानतर्फ जान आग्रह गरेको छन् । उनले सुनामी चेतावनीलाई गम्भीरतापूर्वक लिन आग्रह गर्दै मानिसको जीवनभन्दा महत्त्वपूर्ण अरू केही नभएको बताए। साथै, राष्ट्रिय सरकार र विपद् व्यवस्थापन निकायहरू पूर्ण रूपमा परिचालित अवस्थामा रहेको जानकारी दिए।

फिलिपिन्स ज्वालामुखी तथा भूकम्प विज्ञान संस्थानका अनुसार भूकम्प बिहान ७:३७ बजे जनरल सान्टोस सहरको दक्षिणपश्चिम समुद्री क्षेत्रमा केन्द्रित भएर आएको थियो । करिब सात लाख जनसङ्ख्या रहेको यो सहर दक्षिणी फिलिपिन्सको प्रमुख व्यापारिक तथा टुना प्रशोधन केन्द्र मानिन्छ । भूकम्पको केन्द्र कोटाबाटो समुद्री गर्त क्षेत्रमा १० किलोमिटर गहिराइमा रहेको जनाइएको छ ।

अधिकारीहरूका अनुसार हालसम्म मानवीय क्षतिको पुष्टि भएको छैन । यद्यपि जनरल सान्टोसमा एउटा सानो व्यावसायिक भवन आंशिक रूपमा भत्किएको छ । उक्त भवनमा मानिस फसेका वा घाइते भएका छन् कि छैनन् भन्ने विषयमा अझै स्पष्ट जानकारी प्राप्त भएको छैन । स्थानीय रेडियो संस्था डिजेडआरएचले आफ्नो शाखा रहेको भवनको केही भाग ढलेको तर कर्मचारीहरू सुरक्षित रहेको जनाएको छ ।

भूकम्पका कारण अन्य भवनहरूबाट पनि संरचनात्मक सामग्री खसेका छन् । सडक किनारमा पार्क गरिएका तीनपाङ्ग्रे ट्याक्सीहरूमा भग्नावशेष खसेको विवरण प्राप्त भएको छ । कार्यालय समय सुरु हुनुअघि भूकम्प आएकाले ठूलो मानवीय क्षति टरेको अनुमान गरिएको छ ।

प्रशान्त सुनामी चेतावनी केन्द्रले फिलिपिन्सका केही तटीय क्षेत्रमा तीन मिटर उचाइसम्मका छालहरू आउन सक्ने चेतावनी दिएको थियो । त्यसैगरी मलेसिया र इन्डोनेसियाका केही तटीय क्षेत्रमा एक मिटर उचाइसम्मका सुनामी छालको जोखिम रहेको बताइएको थियो । फिलिपिन्सका साराङ्गानी र सुल्तान कुदारात क्षेत्रमा राखिएका सुनामी निगरानी केन्द्रहरूले एक मिटर उचाइका छालहरू अभिलेख गरेका छन् भने अन्य केही स्थानमा साना छालहरू देखिएका छन् ।

भूकम्पपछि मलेसियाको मौसम विभागले बोर्नियो टापुको सबाह राज्यका लागि सुनामी चेतावनी जारी गरेको थियो । सबाह क्षेत्र दक्षिणी फिलिपिन्ससँग समुद्री मार्गबाट नजिक मानिन्छ । इन्डोनेसियाको सुलावेसी टापुमा ८३ सेन्टिमिटर उचाइको सुनामी छाल मापन गरिएको अधिकारीहरूले बताएका छन् ।

ताइवान, जापान, पपुवा न्यू गिनी तथा पश्चिमी प्रशान्त क्षेत्रका केही टापु राष्ट्रहरूमा पनि समुद्री सतहमा सामान्य उतारचढाव देखिन सक्ने चेतावनी जारी गरिएको थियो । यद्यपि भूकम्प आएको करिब दुई घण्टापछि गुआमका लागि जारी सल्लाह फिर्ता लिइएको छ भने हवाईका लागि कुनै खतरा नरहेको जनाइएको छ ।

मेरिकी भूवैज्ञानिक सर्वेक्षणका अनुसार मुख्य भूकम्पपछि ६।५ म्याग्निच्युडको शक्तिशाली परकम्प पनि महसुस गरिएको छ । विभिन्न निकायहरूले भूकम्पको गहिराइबारे फरक–फरक प्रारम्भिक विवरण सार्वजनिक गरे पनि यस्तो अवस्था ठूला भूकम्पपछि सामान्य मानिन्छ ।

प्रशान्त महासागरको ‘रिङ अफ फायर’ भनिने अत्यधिक भूकम्पीय सक्रिय क्षेत्रमा अवस्थित फिलिपिन्स विश्वका सबैभन्दा बढी प्राकृतिक विपद् प्रभावित मुलुकमध्ये एक हो । यहाँ बारम्बार भूकम्प, ज्वालामुखी विस्फोट तथा प्रत्येक वर्ष करिब २० वटा आँधी र समुद्री तूफानले व्यापक प्रभाव पार्ने गरेका छन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते

सुनसरी । सुनसरीको इनरुवामा  मोटर साइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ, भने दुई  घाइते  छन् । सुनसरीको झुम्काबाट इनरुवातर्फ जाँदै गरेको प्रदेश...

तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा

टीकापुर । कैलालीको टीकापुर नगरपालिकाले किशोरावस्थामा देखिने तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा दिन थालेको छ । पालिकाको स्...

रास्वपा कञ्चनपुरमा विष्ट निर्वाचित

कञ्चनपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कञ्चनपुरको सभापतिमा पदमबहादुुर विष्ट निर्वाचित भएका छन् ।  आइतबार राति सम्पन्न निर्वाचनबाट विष्टको ...

फिलिपिन्समा ७.८ म्याग्निच्युड भूकम्प, सुनामीको खतरा

मनिला। दक्षिणी फिलिपिन्समा सोमबार बिहान ७.८ म्याग्निच्युडको शक्तिशाली समुद्री भूकम्प आएपछि सुनामीको खतरा उत्पन्न भएको छ । भूकम्पले प्रमुख तटीय क्षेत्र...

सिंहदरबारमा सर्वदलीय बैठक जारी, कांग्रेस–एमालेका शीर्ष नेता अनुपस्थित

काठमाडौं । सिंहदरबारमा सर्वदलीय बैठक सुरु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा बैठक बसेको हो। समसामयिक रा...

रविले बोलाएको सर्वदलीय बैठकमा हर्क साम्पाङ अनुपस्थित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकमा श्रम संस्कृति पार्टी सहभागी नभएको जनाएको छ। पार्टीका अध्...

ईश्वरी भुजेल मृत्यु प्रकरण : ‘नेपाली ब्रो’सहित थप तीन जना पक्राउ

काठमाडौं । नेपाली सेनामा कार्यरत ४२ वर्षीया ईश्वरी भुजेलको मृत्यु प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले थप तीन जनालाई पक्राउ गरेको छ। यसअघि उनका श्रीम...

अत्यधिक गर्मीमा पनि टिनको छानामुनि पढ्न बाध्य बालबालिका

नेपालगन्ज। देशकै सबैभन्दा बढी गर्मी हुने जिल्लामध्ये एक बाँकेमा धेरै सामुदायिक विद्यालयमा टिनको छाना भएका कक्षाकोठामा अध्ययन गर्नुपर्ने बाध्यता अझै का...

रास्वपाको जिल्ला अधिवेशन आजदेखि, ६६ जिल्लामा संगठन विस्तार अभियान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि देशभर जिल्ला अधिवेशन सुरु गरेको छ। पार्टीले तदर्थ समिति गठन भएका जिल्लाहरूमा शनिबार र आइतबार ...

एसीसी महिला प्रिमियर कपमा आज नेपालले हङकङविरुद्ध खेल्दै

काठमाडौं । नेपालले मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा आज हङकङविरुद्ध खेल्दैछ । नेपाली समय अनुसार यो खेल बिहान सवा ७ बजेदेखि शुरु हुँदैछ । यसअ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending