बैतडी । गत आर्थिक वर्ष २०८०/८१ मा बैतडीका सरकारी कार्यालयको रु ८७ करोड बढी रकम फिर्ता खर्च हुन नसकेर फिर्ता भएको छ ।
सङ्घ र प्रदेश सरकार मातहतका यहाँका कार्यालयबाट रु ८७ करोड ११ लाख पाँच हजार चार सय ४८ खर्च हुन नसकेर फिर्ता भएको कोष तथा लेखा नियन्त्रक कार्यालयका लेखापाल भवानी भट्टले जानकारी दिए ।
सङ्घीय सरकार मातहतका कार्यालयमा गत आर्थिक वर्षमा चालुतर्फ रु पाँच अर्ब ९५ करोड ६७ लाख ७७ हजार सात सय ८८ बजेट आएको थियो । उक्त बजेटमध्ये रु पाँच अर्ब ६३ करोड ८९ लाख ४९ हजार तीन सय २४ खर्च भएको छ ।
यस्तै, पुँजीगततर्फ रु ७१ करोड ३९ लाख ६२ हजार छ सय पाँच बजेट आएको र सोमध्ये रु ६० करोड ७२ लाख दुई हजार एक सय १६ खर्च भएको सङ्घीय कार्यालयहरूमा कूल बजेट रु छ अर्ब ६७ करोड ७० लाख ४० हजार तीन सय ९३ प्राप्त भएकामा रु छ अर्ब २४ करोड ६१ लाख ५१ हजार चार सय ४१ खर्च भएको छ ।
यसरी गत आर्थिक वर्षमा सङ्घीय कार्यालयहरूबाट खर्च हुन नसकेर रु ४२ करोड ४५ लाख ८८ हजार नौ सय ५१ फिर्ता भएको लेखापाल भट्टले बताए ।
यस्तै, प्रदेशका कार्यालयहरूमा चालुतर्फ रु ७२ करोड ८८ लाख ४१ हजार सात सय ४३ बजेट प्राप्त भएकामा रु ६१ करोड २२ हजार छ सय ६१ खर्च भएको छ । यस्तै, पुँजीगततर्फ रु एक अर्ब ८२ करोड २१ लाख ४५ हजार बजेट प्राप्त भएकामा रु एक अर्ब ४९ करोड ४४ लाख ४७ हजार पाँच ८३ खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
प्रदेशका कार्यालयहरूमा गत आर्थिक वर्षमा रु दुई अर्ब ५५ करोड नौ लाख ८६ हजार सात सय ४३ बजेट आएकामा रु दुई अर्ब एक करोड ४४ लाख ७० हजार दुई सय ४५ खर्च भएको छ । प्रदेशका कार्यालयबाट रु ४४ करोड ६५ लाख १६ हजार चार सय ९७ खर्च हुन नसकेर फिर्ता भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: