बागलुङ। सदरमुकाम बागलुङ बजारमा खानेतेलको अभाव देखिएपछि जिल्ला प्रशासन कार्यालयले बजार अनुगमन गर्न थालेको छ । जिल्ला प्रशासन, बागलुङ नगरपालिका, उपभोक्ता मञ्च, पत्रकार र अन्य सरोकारवाला निकायले बजार अनुगमन थालेका हुन् । बजारका केही ठुला गोदाममा गरिएको अनुगमनमा खानेतेल नियमित आएको र अभाव नभएको पत्ता लागेको छ । यद्यपि हरेक पटक तेल आउने क्रममा धेरैथोरै मूल्यमा भने तलमाथि हुने गरेको पाइएको छ ।
जिल्ला प्रशासनका प्रशासकीय अधिकृत नारायण कार्कीका अनुसार बजारका ठुला स्टोरमा अनुगमन गर्दा अधिकांशमा पर्याप्त तेल रहेको पाइएको छ तर आवश्यकताभन्दा बढी खोज्दा अभाव सिर्जना गरेको भेटिएको छ । केही समयअघि बजारमा खाना पकाउने एलपी ग्याससमेत अभाव भएको पाइएपछि प्रशासनले डिलरमा खोजी अभियान थालेको थियो । ग्यास पनि आवश्यकताभन्दा बढी राखेर उपभोक्ताले भण्डारण गर्दा बजारमा अभाव देखिएको कार्कीले बताए।
उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले भने, “चुलो बल्नै छाडेकालाई ग्यास उपलब्ध गराउन सकिने छ ।” निर्वाचन ताका केही अभाव भएको, यातायात रोकिँदा समयमा सामग्री नआएको व्यापारीको भनाइ छ ।
निर्वाचनपछि खानेतेल आइरहेकाले अभाव नहुने व्यवसायी बताउँछन् । शुक्लेश्वर स्टोर्सका प्रोपाइटर बाबुराम शर्माले भने, “अझै पनि स्टोरमा पर्याप्त तेल छ । मूल्य भने केही महँगो र सस्तो पर्ने क्रम चलिरहन्छ ।” उपभोक्ताले आत्तिएर धेरै खरिद गर्ने काम नगर्न शर्माको सुझाव छ । खानेतेल र एलपी पर्याप्त आइरहेकाले उपभोक्ता डराउन नपर्ने देखिएको अनुगमन टोलीको निष्कर्ष छ । प्रशासनले एलपी ग्यासका उपभोक्तालाई आवश्यकताभन्दा बढी नराख्न आग्रह गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २ गते, २०८३ - १२:०८
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई पक्राउ गरेको छ। अख्तियार निकट स्रोतका अनुसार राहदानी ...
आषाढ़ २ गते, २०८३ - ११:५४
काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु तीन सयले बढेको छ । यस्तै, चाँदीको मूल्य तोलामा रु २५ ले घटेको छ । सोमबार प्रतितोला रु दुई लाख ९८...
आषाढ़ २ गते, २०८३ - ११:४२
काठमाडौं । बैंकिङ कसुर तथा ठगीको आरोपमा पक्राउ परेका चर्चित सेफ सन्तोष साह साधारण तारेखमा रिहा भएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी ...
आषाढ़ २ गते, २०८३ - ११:३२
बारा । बाराको कोल्हवी नगरपालिका–३ जुगुवा टोलमा आज बिहान घरको छतबाट खसेर एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा ५० वर्षीय सोभालाल चौधरी रहेका छन् ।...
आषाढ़ २ गते, २०८३ - ११:१५
काठमाडौँ । चीनको चारदिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र चिनियाँ जनराजनीतिक परामर्श सम्मेलन ९सिपिपिसिसी०को राष्ट्रिय समितिका अध्यक...
आषाढ़ २ गते, २०८३ - ११:०२
सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कर्णाली प्रदेश अधिवेशनमा प्यानलगत रूपमा मत मागिएको नमूना मतपत्र वितरण भएपछि सभापति पदका प्रतिस्पर्धी ...
आषाढ़ २ गते, २०८३ - १०:३१
मुस्ताङ । मुस्ताङमा दुई सातादेखि सशस्त्र प्रहरीले नियन्त्रणमा लिइएका बिवाइडी कम्पनीको चाइनिज विद्युतीय सवारी साधनलाई फुकुवा गरिएको छ । सशस्त्र प्रहरी ...
आषाढ़ २ गते, २०८३ - १०:१५
अर्घाखाँची। अर्घाखाँचीका सामुदायिक वनले काठदाउरा बिक्रीबाट हुने आम्दानीलाई विकासनिर्माण, कृषि आधुनिकीकरण, रोजगारी सिर्जना र सामाजिक सेवामा लगानी गर्दै...
आषाढ़ १ गते, २०८३ - १७:४०
काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बजेटमा करका दर हेरफेर गरिएको विषयमा उठेका विवादप्रति प्रतिक्रिया दिँदै विगतका अर्थमन्त्रीहरूले समेत यस्ता ...
आषाढ़ १ गते, २०८३ - १७:३२
काठमाडौँ । सरकारले भारतसँगको सरकार–देखि–सरकार (जीटूजी) सम्झौताअन्तर्गत पहिलो चरणमा ५० हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने प्रक्रिया अन्तिम चरणमा पु...



प्रतिकृया लेख्नुहोस्: