Khabar Dabali २ असार २०८३ मंगलवार | 16th June, 2026 Tue
Investment bank

कृत्रिम अभाव रोक्न पेट्रोल पम्प र ग्यास डिपोमा अनुगमन

खबरडबली संवाददाता

बागलुङ। ग्यास  र पेट्रोलियम पदार्थको कृत्रिम अभाव र कालोबजारी रोक्न जिल्ला प्रशासन कार्यालय बागलुङले आयल निगमको सहकार्यमा बजार ग्यास डिपो र पेट्रोल पम्पको अनुगमन गरेको छ ।

अनुगमनका क्रममा पेट्रोलियम पदार्थको सहज आपूर्ती र ग्यासको अनुचित भण्डारण नगरेको पाइएको हो । बागलुङमा सोमबारदेखि आधार लिसिण्डर ग्यास भित्रिएको छ ।

आधा सिलिण्डर ग्यास भित्रिएपछि डिपोले स्टक राखेर अनुचित लाभ लिन सक्ने भन्दै डिपोको गोदाममा जिल्ला प्रशासन कार्यालय बागलुङका प्रशासकीय अधिकृत खिम विकको नेतृत्वमा आयल निगमका प्रतिनिधि सहितले अनुगमन गरिएको हो ।

न्यू ध्रुव इन्टरप्राइजज पेट्रोल पम्प र न्यू धौलागिरी इन्टरप्राइजेजको पेट्रोल पम्पको स्टक तथा परिणाम मापन गरिएको छ । पम्पले वितरण गर्ने पेट्रोल तथा डिजेलको परिणाम मापन राम्रो रहेको नेपाल आयल निगमका सहायक प्रबन्धक श्रीधर लामिछानेले जानकारी दिए।

यस्तै आधार सिलिण्डर ग्यास पठाउन थालेपछि बागलुङमा ग्यास उपभोक्ताले सजिलै पाउन सक्ने गरी आपूर्ती भइरहेको उनले बताए।

लामिछानेका अनुसार जिल्लाको आचार्य स्टोर्स, आरएस स्टोर्स र फेमेली मार्टमा अनुगमन गर्दा उपभोक्ताले सहजै ग्यास पाइरहेको फेला परेको छ ।

उनिहरुले स्टक लुकाउने, धेरै मूल्यमा बिक्री गर्ने तथा कृत्रिम अभाव खडा गर्नेजस्ता अनुचित भएको फेला नपरेको जिल्ला प्रशासन कार्यालय बागलुङका प्रशासकीय अधिकृत खिम विकले जानकारी दिए।

बजारमा कृत्रिम रूपमा एलपी ग्यास र खाने तेल लगायतका सामग्रीको अभाव देखिएको हल्लापछि यहाँको प्रशासनले जनताको चुलो निभ्न नदिने भन्दै अनुगमनलाई तीव्रता दिएको हो ।

जिल्ला विपद् व्यवस्थापन समिति र जिल्ला आपूर्ति व्यवस्थापन समितिको बैठकमार्फत प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले अनुगमन र सहज आपूर्तीका लागि आयल निगमका प्रतिनिधि समेत बोलाएर अनुगमन गरेको बाताए।

बागलुङमा पछील्लो २ दिनमा दुई हजार ४०० आधा भरेका ग्यास सिलिण्डर भित्रिएपछि उपभोक्तालाई राहत मिलेको हो । नेपाल ग्यास, गृहलक्ष्मी र शक्ति ग्यासगरी दुई हजार ४०० ग्यासका सिलिण्डर भित्रिएको र तत्कालै थप ग्यास आपूर्तीको व्यवस्था भए ग्यासको अभाव नहुँने आयल निगमले जनाएको छ ।

अनुगमनमा राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ, ग्यास विक्रेताका सचिव राजु गौतम, नेपाल पत्रकार महासंघ बागलुङका कोषाध्यक्ष खेमराज गौतम र बागलुङ नगरपालिकाका राजश्व शाखा प्रमुख सरस्वती रेग्मी लगायतको उपस्थिति रहेको थियो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई पक्राउ गरेको छ।  अख्तियार निकट स्रोतका अनुसार राहदानी ...

सुनको भाउ बढ्यो, चाँदी घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु तीन सयले बढेको छ । यस्तै, चाँदीको मूल्य तोलामा रु २५ ले घटेको छ । सोमबार प्रतितोला रु दुई लाख ९८...

सेफ सन्तोष साह साधारण तारेखमा रिहा

काठमाडौं । बैंकिङ कसुर तथा ठगीको आरोपमा पक्राउ परेका चर्चित सेफ सन्तोष साह साधारण तारेखमा रिहा भएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी ...

बारामा घरको छतबाट खसेर एक जनाको मृत्यु

बारा । बाराको कोल्हवी नगरपालिका–३ जुगुवा टोलमा आज बिहान घरको छतबाट खसेर एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा ५० वर्षीय सोभालाल चौधरी रहेका छन् ।...

परराष्ट्रमन्त्री खनाल र सिपिपिसिसीका अध्यक्ष वाङबीच भेटवार्ता

काठमाडौँ । चीनको चारदिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र चिनियाँ जनराजनीतिक परामर्श सम्मेलन ९सिपिपिसिसी०को राष्ट्रिय समितिका अध्यक...

रास्वपा कर्णाली अधिवेशनमा प्यानलगत मत मागिएको भन्दै विवाद

सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कर्णाली प्रदेश अधिवेशनमा प्यानलगत रूपमा मत मागिएको नमूना मतपत्र वितरण भएपछि सभापति पदका प्रतिस्पर्धी ...

‘बिवाइडी’ विद्युतीय सवारी साधन फुकुवा

मुस्ताङ । मुस्ताङमा दुई सातादेखि सशस्त्र प्रहरीले नियन्त्रणमा लिइएका बिवाइडी कम्पनीको चाइनिज विद्युतीय सवारी साधनलाई फुकुवा गरिएको छ । सशस्त्र प्रहरी ...

सामुदायिक वनको आम्दानी, संरक्षणसँगै गाउँको विकास

अर्घाखाँची। अर्घाखाँचीका सामुदायिक वनले काठदाउरा बिक्रीबाट हुने आम्दानीलाई विकासनिर्माण, कृषि आधुनिकीकरण, रोजगारी सिर्जना र सामाजिक सेवामा लगानी गर्दै...

रातभर बसेर करका दर चलायो भन्ने आरोपप्रति मेरो खेद छ: अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बजेटमा करका दर हेरफेर गरिएको विषयमा उठेका विवादप्रति प्रतिक्रिया दिँदै विगतका अर्थमन्त्रीहरूले समेत यस्ता ...

५० हजार मेट्रिक टन रासायनिक मल आयात अन्तिम चरणमा

काठमाडौँ । सरकारले भारतसँगको सरकार–देखि–सरकार (जीटूजी) सम्झौताअन्तर्गत पहिलो चरणमा ५० हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने प्रक्रिया अन्तिम चरणमा पु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending