Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

इन्धन जोगाउने प्रयासमा श्रीलंका, अब सातामा तीन दिन बिदा

तेल र ग्यास जोगाउन अरू देशले कस्तो उपाय अवलम्बन गरेका छन्?

खबरडबली संवाददाता

काठमाडौं । इरानसँग संयुक्त राज्य अमेरिका र इजरेलको युद्ध सुरु भएपछि इन्धन अभाव हुन सक्ने देखिएकाले इन्धन बचत गर्ने उद्देश्यसहित श्रीलङ्कामा सरकारले प्रत्येक बुधवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

"हामीले नराम्रोभन्दा नराम्रो परिस्थितिका लागि तयारी गर्नुपर्छ तर राम्रो हुने आशा राख्नुपर्छ," वरिष्ठ अधिकारीहरूसँगको आपत्कालीन बैठकमा राष्ट्रपति अनुर कुमार दिशानायकले सोमवार भने।

लडाइँ सुरु भएपछि 'स्ट्रेट अफ होर्मुज' अवरुद्ध हुँदा उत्पन्न असहज परिस्थिति सामना गर्न एशियाली देशहरूले विभिन्न उपाय अवलम्बन गर्न थालेका छन्।

'स्ट्रेट अफ होर्मुज' खाडी क्षेत्रबाट पेट्रोलियम पदार्थ आयात गर्न प्रयोग गरिने सबैभन्दा प्रचलित जलमार्ग हो। इरानले उक्त जलमार्ग प्रयोग गर्ने तेलवाहक ट्याङ्कर र पानीजहाजहरूमाथि आक्रमण गर्दै आएको छ।

उक्त साँघुरो मार्ग हुँदै करोडौँ ब्यारल तेल एशियाका देशहरूमा जाने गर्थ्यो। गत वर्ष 'स्ट्रेट अफ होर्मुज' बाट ओसारिएको झन्डै ९० प्रतिशत तेल र ग्यासको गन्तव्य एशिया थियो। एशिया सर्वाधिक तेल आयात गर्ने क्षेत्र हो।

तेल र ग्यास जोगाउन अरू देशले कस्तो उपाय अवलम्बन गरेका छन्?

एशियाका अन्य देशमा तेल र ग्यास बचत गर्न विभिन्न खालका उपायहरू अवलम्बन गरिएको देखिन्छ।

थाईल्यान्डमा सरकारले सूटका सट्टा छोटा बाहुला भएका टी-शर्ट लगाउन र एअर कन्डिशनिङको प्रयोग गर्न सर्वसाधारण मानिसलाई आह्वान गरेको छ। म्यान्मारमा निजी सवारीसाधनहरू लाइसन्स प्लेटमा अङ्कित नम्बरका आधारमा दिन बिराएर गुड्न पाउने नियम लागु भएको छ।

बाङ्ग्लादेशमा विश्वविद्यालयहरूमा रमजानको बिदा दिइएको छ भने देशभरि निश्चित समय बिजुली काट्न थालिएको छ।

फिलिपिन्समा केही सरकारी कार्यालयहरूले कर्मचारीहरूलाई सातामा कम्तीमा एक दिन घरबाटै काम गर्न भनेका छन्। राष्ट्रपति फेर्डिनान्ड मार्कोस जूनिअरले सार्वजनिक क्षेत्रमा अनावश्यक यात्रा गर्न रोक लगाएका छन्।

उनले तेलको मूल्यमा चर्को वृद्धि भएकाले ट्राइसाइकल चालक, किसान र माझीहरूलाई नगद सहयोग गर्ने घोषना गरेका छन्।

भियतनाममा इन्धन बचत गर्न मानिसहरूलाई सकेसम्म घरमै बस्न भनिएको छ। सरकारले मानिसहरूलाई "साइकल चढ्न, 'कारपूल' गर्न, सार्वजनिक सवारीसाधन प्रयोग गर्न र अनावश्यक रूपमा निजी सवारीसाधन प्रयोग नगर्न" आह्वान गरेको छ।

श्रीलङ्कामा अरू कस्ता उपाय?

श्रीलङ्कामा एक सातामा तीन दिन बिदा हुने नियम सबै शैक्षिक संस्थाहरूमा पनि लागु हुने छ। तर अत्यावश्यक सेवा प्रदान गर्ने स्वास्थ्य तथा अध्यागमन कार्यालयजस्ता सरकारी निकायमा लागु नहुने अधिकारीहरूले बताएका छन्।

उनीहरूका अनुसार तीन दिन लगातार सरकारी कार्यालयहरू बन्द नहोऊन् भनेर शुक्रवारको साटो बुधवार बिदा दिने निर्णय गरिएको हो।

सवारीसाधनहरूले अब कोटाका आधारमा तेल किन्न पाउने छन्। त्यसका लागि पासका लागि नाम दर्ता गर्नुपर्ने छ।

निजी कारका लागि १५ लिटर र मोटरसाइकलका लागि पाँच लिटर कोटा निकै कम भएको गुनासो सुन्न थालिएको छ।

सन् २०२२ मा देशमा आर्थिक सङ्कट उत्पन्न भएका बेला पहिलो पटक कोटा प्रणाली लागु गरिएको थियो।

अमेरिका र इजरेलले गत महिना इरानमा आक्रमण गर्न थालेयता विश्वबजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको छ। बीबीसी 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गुल्मीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार म...

इन्धन जोगाउने प्रयासमा श्रीलंका, अब सातामा तीन दिन बिदा

तेल र ग्यास जोगाउन अरू देशले कस्तो उपाय अवलम्बन गरेका छन्?

सार्वजनिक सवारीसाधनको भाडा बढाउने तयारी

काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गर्ने तयारी थालेको छ।  पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक...

सरकार गठन केही दिन सर्‍यो, अब १५ चैतभित्र मात्रै प्रधानमन्त्री नियुक्त

काठमाडौं । पूर्ववत् अभ्यास र परम्परा तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसपटक सांसदको शपथपछि मात्रै सरकार निर्माण गर्ने तयारी गरेको छ । शपथ...

नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिसविरुद्ध सञ्चालन भइरहेको विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका...

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको छ । विशेष गरी दिङ्ला क्षेत्रमा अधिकांशले रुद्राक्षलाई मुख्य आम्दानीको माध्यम...

देउखुरीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

दाङ । गए राति देउखुरीमा भएकाे मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गढवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार ट्या...

बरण्डाभार जङ्गल क्षेत्रमा हाइकिङ र सन्ध्याकालीन सफारीको तयारी

चितवन । चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी सामुदायिक वनसम्म करिब १२ किलोमिटर दुरीमा जिप सफारीसँगै हाइकिङ र सन्ध्...

प्रि-मनसुनः आज सामान्य, भोलिदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा भइरहेको छ । नेपालमा आज केही सुधार भएको मौसम बुधबार पनि साधारणतया सफा नै रहने तर बिहीबारदेखि ...

केरा खेतीको बिमा नहुँदा किसान मारमा

रौतहट । केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको केरा खेतीमा बिमा नहुँदा यहाँका किसान प्रकृति प्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: