Khabar Dabali २१ फाल्गुन २०८२ बिहीबार | 5th March, 2026 Thu
Investment bank

कञ्चनपुरमा सडकको सौन्दर्यता बढाउने बहुवर्षीय बिरुवा वितरण गरिँदै

खबरडबली संवाददाता

कञ्चनपुर । डिभिजन वन कार्यालय कञ्चनपुरले सडकको सौन्दर्यता बढाउने बहुवर्षीय बिरुवा वितरणकार्य शुरु गरेको छ । सडकको सौन्दर्यता बढाउने ज्याकराण्डा, ढाँक, पारिजात, धुपिसल्ला, गोल्डमोहर प्रजातीका रातो, पहेलो, निलो फुल फुल्ने गुणस्तरीय बहुवर्षीय बिरुवा वितरणको कार्य शुरु गरेको हो । 

फुल प्रजातीका बिरुवासँगै निम, अमलालगायतका औषधीजन्य बिरुवा वितरणकार्य अगाडि बढाइएको छ । गत आबमा वितरण हुन बाँकी रहेका बिरुवा पनि वितरण भइरहेका छन् । शहर बजारसँगै सडकको सौन्दर्यता बढाउने बिरुवा वृक्षारोपण गर्नका लागि पालिकालाई आग्रह गरिएको वन कार्यालयका सूचना अधिकारी शिवराज अवस्थीले बताए । “सौन्दर्यता बढाउने फूल प्रजातीका बिरुवा निःशुल्करुपमा उपलव्ध गराउने व्यवस्था गरेका छौँ” उनले भने, “पालिकाले माग गरे अनुरुप बिरुवा वितरण भइरहेका छन् ।” बिरुवाको नर्सरीमा स्टक रहन्जेलसम्म चालु आवभित्र बिरुवा वितरणकार्य गरिने छ । 

फुल प्रजातीका बिरुवा रोप्ने सर्वसाधारणलाई पनि बिरुवा उपलब्ध गराइने कार्य भइरहेको छ । वन कार्यालयको नर्सरीमा उत्पादन भएका बहुवर्षीय बिरुवा नीजि कृषक, सङ्घसंस्था, सामुदायिक वन उपभोक्ता समूहले तोकिएको ढाँचामा १० को टिकट टाँस गरिएको निवेदन बिरुवा वितरण कक्षमा दर्ता गरी लैजान पाइने छ । दश वटासम्म बिरुवाका लागि नागरिकताको प्रतिलिपि, निवेदन र दश बिरुवाभन्दा बढीका लागि जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि र निवेदन दिनुपर्ने छ । डिभिजन वन कार्यालय कञ्चनपुरले तीन लाख ६० हजार विभिन्न प्रजातीका बिरुवा नर्सरीमा उत्पादन गरेको छ । 

कार्यालय परिसरमै नर्सरी तयार गरी बिरुवा उत्पादन गरिएका छन् । वन कार्यालयका सूचना अधिकारी अवस्थीका अनुसार जडिबुटीजन्य बिरुवा एक लाख, बहुवर्षे घाँस प्रजातीका ६० हजार, फुल र काष्ठ प्रजातीका दुई लाख बिरुवा नर्सरीमा तयार गरिएका छन् । जिल्लामा बिरुवाको माग उत्पादन गरेभन्दा दोव्वर बढी भएपनि सीमित बजेटका कारण डिभिवन वन कार्यालयले थोरै मात्रै बिरुवा उत्पादन गर्दै आएको जनाएको छ । केही ठाउँमा नगरपालिकाको बजेटमा बिरुवा उत्पादनकार्य गरिएको छ । 

प्रतिवर्ष तीन लाखदेखि सात लाखसम्म बिरुवा उत्पादन कार्य हुँदै आएको छ । प्रतिवर्ष निरन्तररुपमा बिरुवा उत्पादन गरी वितरण गरी रोप्नेकार्यले अबको १० वर्षमा वन माथिको ३० प्रतिशत निर्भरता कम हुने बताइएको छ । राष्ट्रिय वनको पैदावारले बढदो जनसङ्ख्याको मागलाई पूर्ति गर्न सक्ने अवस्था नभएकाले नीजि क्षेत्रलाई वृक्षारोपण गर्न बढावा दिने नीति ल्याइएको सूचना अधिकारी अवस्थीको भनाइ रहेको छ । रासस 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE