Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

कञ्चनपुरमा सडकको सौन्दर्यता बढाउने बहुवर्षीय बिरुवा वितरण गरिँदै

खबरडबली संवाददाता

कञ्चनपुर । डिभिजन वन कार्यालय कञ्चनपुरले सडकको सौन्दर्यता बढाउने बहुवर्षीय बिरुवा वितरणकार्य शुरु गरेको छ । सडकको सौन्दर्यता बढाउने ज्याकराण्डा, ढाँक, पारिजात, धुपिसल्ला, गोल्डमोहर प्रजातीका रातो, पहेलो, निलो फुल फुल्ने गुणस्तरीय बहुवर्षीय बिरुवा वितरणको कार्य शुरु गरेको हो । 

फुल प्रजातीका बिरुवासँगै निम, अमलालगायतका औषधीजन्य बिरुवा वितरणकार्य अगाडि बढाइएको छ । गत आबमा वितरण हुन बाँकी रहेका बिरुवा पनि वितरण भइरहेका छन् । शहर बजारसँगै सडकको सौन्दर्यता बढाउने बिरुवा वृक्षारोपण गर्नका लागि पालिकालाई आग्रह गरिएको वन कार्यालयका सूचना अधिकारी शिवराज अवस्थीले बताए । “सौन्दर्यता बढाउने फूल प्रजातीका बिरुवा निःशुल्करुपमा उपलव्ध गराउने व्यवस्था गरेका छौँ” उनले भने, “पालिकाले माग गरे अनुरुप बिरुवा वितरण भइरहेका छन् ।” बिरुवाको नर्सरीमा स्टक रहन्जेलसम्म चालु आवभित्र बिरुवा वितरणकार्य गरिने छ । 

फुल प्रजातीका बिरुवा रोप्ने सर्वसाधारणलाई पनि बिरुवा उपलब्ध गराइने कार्य भइरहेको छ । वन कार्यालयको नर्सरीमा उत्पादन भएका बहुवर्षीय बिरुवा नीजि कृषक, सङ्घसंस्था, सामुदायिक वन उपभोक्ता समूहले तोकिएको ढाँचामा १० को टिकट टाँस गरिएको निवेदन बिरुवा वितरण कक्षमा दर्ता गरी लैजान पाइने छ । दश वटासम्म बिरुवाका लागि नागरिकताको प्रतिलिपि, निवेदन र दश बिरुवाभन्दा बढीका लागि जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि र निवेदन दिनुपर्ने छ । डिभिजन वन कार्यालय कञ्चनपुरले तीन लाख ६० हजार विभिन्न प्रजातीका बिरुवा नर्सरीमा उत्पादन गरेको छ । 

कार्यालय परिसरमै नर्सरी तयार गरी बिरुवा उत्पादन गरिएका छन् । वन कार्यालयका सूचना अधिकारी अवस्थीका अनुसार जडिबुटीजन्य बिरुवा एक लाख, बहुवर्षे घाँस प्रजातीका ६० हजार, फुल र काष्ठ प्रजातीका दुई लाख बिरुवा नर्सरीमा तयार गरिएका छन् । जिल्लामा बिरुवाको माग उत्पादन गरेभन्दा दोव्वर बढी भएपनि सीमित बजेटका कारण डिभिवन वन कार्यालयले थोरै मात्रै बिरुवा उत्पादन गर्दै आएको जनाएको छ । केही ठाउँमा नगरपालिकाको बजेटमा बिरुवा उत्पादनकार्य गरिएको छ । 

प्रतिवर्ष तीन लाखदेखि सात लाखसम्म बिरुवा उत्पादन कार्य हुँदै आएको छ । प्रतिवर्ष निरन्तररुपमा बिरुवा उत्पादन गरी वितरण गरी रोप्नेकार्यले अबको १० वर्षमा वन माथिको ३० प्रतिशत निर्भरता कम हुने बताइएको छ । राष्ट्रिय वनको पैदावारले बढदो जनसङ्ख्याको मागलाई पूर्ति गर्न सक्ने अवस्था नभएकाले नीजि क्षेत्रलाई वृक्षारोपण गर्न बढावा दिने नीति ल्याइएको सूचना अधिकारी अवस्थीको भनाइ रहेको छ । रासस 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फागुन २१ को निर्वाचन अपरिहार्य छ: कोइराला

विराटनगर । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन औपचारिक तयारी सुरु गरेको नेता डाक्टर शेखर काेइरालाले बत...

चीन–नेपाल सम्बन्ध अद्वितीय छ: राजदूत छन सङ

काठमाडौं । नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको सम्बन्ध अद्वितीय रहेको बताउँदै आफू जहाँ रहे पनि नेपालको विकास प्रयासमा सघाउने प्रतिबद्धत...

छथर जोरपाटीमा आँप ब्लक विकास कार्यक्रम सञ्चालनमा समस्या

धनकुटा । कृषि ज्ञान केन्द्र र स्थानीय पालिकाबिच प्रभावकारी समन्वय नहुँदा धनकुटाको छथर जोरपाटी गाउँपालिकाको तल्लो क्षेत्रमा आँप ब्लक विकास कार्यक्रम सञ...

देशका महत्वपूर्ण मानिने औद्योगिक क्षेत्र एक दशकमा पनि बनेनन्

काठमाडौं । सरकारले सातै प्रदेशमा ठुला औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको एक दशक बितिसक्दा पनि एउटा पनि सञ्चालनमा आउन सकेको छैन । सरकारले औद...

ललितपुरमा बोरामा प्याक गरेकाे अवस्थमा शव फेला

काठमाडौं । हत्या गरी बोरामा प्याक गरेर इनारमा फालिएको अवस्थामा एक युवकको शव फेला परेको छ । शव सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ घर भएका केशवराज हायु...

निर्वाचन नजिकिँदै गर्दा ८ जिल्ला सीडीओविहीन

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा आठ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को नेतृत्व शून्य बनेको छ । मन्त्रिपरिषद्को पुस ३ गते ब...

आइसिसी टी–२० विश्वकपकाे लागि २४ खेलाडी बन्द प्रशिक्षणमा

काठमाडौं । भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि आयोजना हुने आइसिसी टी–२० विश्वकपको तयारीका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार २४ खेलाडी बन...

लहान नगरपालिकाद्वारा विपन्न परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग

सिरहा । लहान नगरपालिकाले विपन्न तथा गरिब परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग गरेको छ । नगर प्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१२ भोटियाटोलका ह...

भोजपुरको पाँचधारेमा बौद्धस्तूप निर्माण

भोजपुर । टेम्केमैयुङ गाउँपालिका वडा नम्बर ९ पाँचधारेमा पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण थालिएको बौद्धस्तूप सम्पन्न भ...

संसद् पुनर्स्थापनाको राजनीतिक चाल: स्थायित्वको आवरणमा अस्थिरताको निरन्तरतामा कांग्रेस-एमाले

काठमाडाैं । प्रतिनिधिसभा पुनर्स्थापनाको मागलाई लिएर नेपाली कांग्रेस र नेकपा एमाले खुला रूपमा अदालतसम्म जाने तयारीमा उत्रिनु वर्तमान नेपाली राजनीतिमा द...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending