Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

सञ्चारमन्त्री गुरुङद्वारा नयाँ आशा र उत्साहसाथ काम गर्न कर्मचारीलाई निर्देशन

खबरडबली संवाददाता

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नयाँ आशा र उत्साहसाथ काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । मन्त्रीको जिम्मेवारीमा सोमबार पदभार ग्रहणपछि मन्त्रालयका कर्मचारीको स्वागत कार्यक्रममा उनले सो निर्देशन दिएका हुन् । 

शासन व्यवस्था परिवर्तन भए पनि काम गर्ने शैली र तौर–तरिका पुरानै भएकाले परिवर्तन हुन नसकिरहेको चर्चा गर्दै उनले भने, “सबै क्षेत्रमा अब नयाँ सोच, काम गर्ने शैली र तरिका चाहिन्छ । परम्परागत ढर्राले काम गरेर नयाँ परिवर्तन सम्भव छैन । हामीले मिलेर काम गरेर युवापिँढीलाई नयाँ सन्देश दिनुपर्छ ।”

काम गर्ने कर्मचारीलाई प्रोत्साहन गर्ने स्वभावको मान्छे आफू भएको चर्चा गर्दै मन्त्री गुरुङले भने, “लुकाएर छिपाएर काम गर्ने शैली मलाई आउँदैन, खुला दिलले, सफा हृदयका साथ काम गर्ने हो, राम्रो योजना र सोच लिएर आउनुस्, म बाट कुनै काममा बाधा हुँदैन, प्रोत्साहन मात्र हुन्छ ।” 

नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङले आफूभन्दा अघि पनि मन्त्रालयमा धेरै जना मन्त्रीको जिम्मेवारीमा आएर फर्किएकाे भए पनि आफू उद्देश्यमूलक काम गर्नेगरी जिम्मेवारीमा आएको बताए । विनायोजना र उद्देश्य काम गर्दा कहीँ पुग्न नसकिने भन्दै उनले स्पष्ट योजना र उद्देश्य लिएर सामूहिक रुपमा काम गर्न कर्मचारीलाई निर्देशन दिए । 

‘आया राम, गया राम’ म होइन, मन्त्रालयमामा जागिर खान मात्र आएको होइन, देश र जनताको पक्षमा कसरी सकारात्मक सन्देश दिनेगरी काम गर्ने भनेर जिम्मेवारीमा आएको छुँ । म जति दिन जिम्मेवारीमा रहन्छु असल नियतसाथ काम गर्छु, तपाईहरुको साथ र सहयोग त्यसैगरी पाउँछु भन्ने विश्वास छ’ उनले भने, ‘राम्रोका लागि म धेरै राम्रो छु, नराम्रोका लागि नराम्रो पनि छु ।’

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फागुन २१ को निर्वाचन निष्पक्ष र धाँधलीरहित गराउन राष्ट्रिय सभाका अध्यक्ष दाहालको आग्रह

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद्को मुख्य काम कानुन निर्माण, संसदीय निगरानी र सरकारका काम कारबाहीलाई जनताप्रति उत्तरदायी ब...

चीनद्वारा ‘क्वाइचोउ–११’ रकेटमार्फत व्यावसायिक प्रयोगात्मक अन्तरिक्ष यान प्रक्षेपण

जिउछ्वान । चीनले शनिबार उत्तर–पश्चिम चीनको जिउछ्वान उपग्रह प्रक्षेपण केन्द्र बाट ‘क्वाइचोउ–११’ रकेट प्रक्षेपण गरेको छ । यस रकेटमा एक प्रयोगात्मक अन्तर...

गोकर्णेश्वर नगरपालिकाका तत्कालीन प्रमुखविरुद्ध तीन करोड ६८ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । गोकर्णेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय जोरपाटी, काठमाडौँका तत्कालीन नगर प्रमुख सन्तोष चालिसेविरुद्ध तीन करोड ६८ लाख ४७ हजार ७६१ र...

तनहुँमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

तनहुँ । पृथ्वीराजमार्गमा पर्ने तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबासमा बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय त...

बर्लिन वार्ताअघि संवादका लागि तयार छु : जेलेन्स्की

काठमाडाैँ । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्यका लागि बर्लिनमा हुन लागेको उच्चस्तरीय वार्तामा सहभागी हुन आफू पूर्ण रूपमा ...

पाँचथरमा हजुरबाको छुरा प्रहारले नातिकाे मृत्यु

पाँचथर । पाँचथरमा ८० वर्षीय हजुरबाले छुरा प्रहार गर्दा नातिको ज्यान गएको छ ।  पारिवारिक विवाद हुँदा फाल्गुनन्द गाउँपालिका –७ आङसराङका ८० वर्षीय वर्...

एमाले महाधिवेशनः निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन जारी रहँदा नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ । केन्द्रीय निर्वाचन आयोगले आइतबार साँझद...

यस्तो बन्ने छ केन्द्रीय कमिटीको संरचना (सूचीसहित)

काठमाडाैं । नेकपा (एमाले)ले ११औँ महाधिवेशनबाट बन्ने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना तय गरेको छ ।  जसमा एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव,...

खेतीयोग्य बारी बाँझिदै गएपछि बागलुङमा कोदो उत्पादन घट्यो

बागलुङ । खेतीयोग्य बारी बाँझिदै जान थालेपछि बागलुङमा हरेका वर्ष कोदो उत्पादन घट्दै गएको छ । किसानले कोदोखेती गर्न छोडेर जमिन बाँझो राख्न थालेपछि उत्पा...

सिड्नीको बोन्डी बिचमा गोली चल्दा १० जनाको मृत्यु

सिड्नी । सिड्नीको बोन्डी बिचमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।  सिड्नीको प्रहरीले एक अज्ञा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending