Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

मधेश प्रदेशमा यस वर्ष ६१ प्रतिशत खेतमा धान रोपाइँ

खबरडबली संवाददाता

जनकपुर । मधेश प्रदेशमा यस वर्ष ६१ प्रतिशत खेतमा धान रोपाइँ भएको छ । मधेश प्रदेशमा कूल पाँच लाख ७४ हजार ३६० हेक्टर खेतीयोग्य जग्गा छन् । 

जसमध्ये तीन लाख ८६ हजार १५० हेक्टर क्षेत्रफलमा मात्र धान रोपाइँ भएको छ । प्रदेशभरिमा दुई लाख ३५ हजार ४७४ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भइसकेको छ । अर्थात् ६० दशमलव ९८ प्रतिशत हेक्टर क्षेत्रफल जग्गामा धान रोपाइँ सम्पन्न भएको हो । 

मधेश प्रदेशका आठ जिल्लाहरूमध्ये सबभन्दा कम महोत्तरीमा ४० प्रतिशत क्षेत्रफलमा मात्र धान रोपाइँ भएको छ । यस जिल्लामा ६७ हजार ३५२ हेक्टर जग्गा खेतीयोग्य रहेकोमा ४४ हजार १५० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको छ । अहिलेसम्ममा १७ हजार ६६० हेक्टर खेतीयोग्य जग्गामा मात्र धान रोपाइँ भएको कृषि विकास निर्देशनालय नक्टाझिज धनुषाले जनाएको छ । 

त्यस्तै, कम रोपाइँ भएको दोस्रो सिरहा जिल्ला हो । यहाँ ७३ हजार ९१४ हेक्टर खेतीयोग्य जग्गामध्ये ५४ हजार हेक्टर क्षेत्रफल जग्गामा धान रोपाइँ भइरहेको छ । अहिलेसम्ममा २४ हजार तीन सय हेक्टर अर्थात् ४५ प्रतिशत जग्गामा मात्र धान रोपाइँ भएको निर्देशनालयका योजना शाखाका प्रतिभाकुमारी यादवले बताए । 

मधेश प्रदेशको पर्सा, सर्लाही, सप्तरी र बारामा ७० प्रतिशत खेतमा धान रोपाइँ भइसकेको छ । पर्सामा ५४ हजार ७३२ हेक्टर खेतीयोग्यमध्ये ४७ हजार १३० हेक्टर क्षेत्रफल जग्गामा धान रोपाइँ भइरहेकोमा अहिलेसम्म ३२ हजार ९९१ हेक्टर क्षेत्रफल जग्गामा धान रोपाइँ सम्पन्न भएको मधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । 

मन्त्रालयको अनुसार सर्लाहीमा ८४ हजार ६७८ हेक्टर खेतीयोग्यमध्ये ४६ हजार हेक्टरमा धान रोपाइँ भइरहेको छ । हालसम्म ३२ हजार दुई सय हेक्टर क्षेत्रफल जग्गामा धान रोपाइँ भइसकेको छ । 

यस्तै, सप्तरीमा कूल ८१ हजार ६६८ हेक्टर खेतीयोग्य जग्गामध्ये ६८ हजार हेक्टरमा धान रोपाइँ भइरहेकोमा यस वर्ष अहिलेसम्ममा ४७ हजार छ सय हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ । यसैगरी, बारामा ६९ हजार ५१६ हेक्टर खेतीयोग्य जग्गा रहेकोमा ४६ हजार २० हेक्टरमा मात्र धान खेती भइरहेको छ । यहाँ ३२ हजार २१४ हेक्टर क्षेत्रफल जग्गामा धान रोपाइँ भइसकेको मन्त्रालयले जनाएको छ । 

प्रदेशको रौतहट र धनुषा जिल्लामा ६० प्रतिशत खेतमा धान रोपाइँ भइसकेको छ । रौतहटमा जम्मा ६५ हजार ९६९ हेक्टर खेतीयोग्य जग्गा छन् । यहाँ ३८ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेकोमा अहिलेसम्म २२ हजार आठ सय हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको मन्त्रालयका प्रवक्ता रोशन मेहताले जानकारी दिए । उनका अनुसार ७६ हजार ५३१ हेक्टर खेतीयोग्य जग्गा रहेको धनुषा जिल्लामा ४२ हजार ८५० हेक्टर क्षेत्रफलमा धान रोपाइँ भइरहेकोमा हालसम्म २५ हजार ७१० हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ । 

यस वर्ष समयमै पानी परेकोले आकासे पानीबाट धान रोपाइँ गरेको प्रवक्ता मेहताले प्रदेशमा आकासे पानीसँगै स्यालो ट्युबवेल, बागमती सिँचाइ, चन्द्र नहर लगायतबाट सिँचाइ गरेर पनि धान रोपाइँ गरिने गरिएको बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ गते बस्ने

कैलाली । लामो समयदेखि स्थगित सुदूरपश्चिम प्रदेशसभाको चालु अधिवेशनअन्तर्गतको बैठक यही पुस ११ गते बस्ने भएको छ । सभामुख भीमबहादुर भण्डारीले साेमबार ब...

महोत्तरीकाे एक सिङ्गो मुसहर बस्ती लालपुर्जाविहीन

महोत्तरी । यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती लालपुर्जाविहीन छ । उनीहरु वर्षौँदेखि लालपुर्जाविहीन छन् । चार पुस...

बुटवल–गोरुसिङ्गे सडक आयोजना : नदीजन्य सामग्री अभावले काम प्रभावित

बुटवल । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्डको स्तरोन्नति आयोजनाका लागि नदीजन्य सामग्रीको अभाव हुँदा काम प्रभावित भएको छ । राष्ट्...

पर्यटकीय गन्तव्य बन्दै पूर्वी लमजुङको ‘राइनासकोट’

लमजुङ । पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय पर्यटकीय गन्तव्य बनेको छ । बिहानै उदाउने सूर्यले हिमालका काखम...

दुग्धजन्य उत्पादनमा शुल्कवृद्धि ‘अनुचित’

काठमाडाैँ । चीनले युरोपेली सङ्घबाट आयात हुने केही दुग्ध उत्पादनहरूमा ४२.७ प्रतिशतसम्म कर लगाउने घोषणाको इयूले सोमबार प्रतिवाद गरेको छ । दुग्धजन्य उत्प...

पाँच वर्ष बित्दा पनि व्यास–ऋषिङ जोड्ने सेती पुल अलपत्र

तनहुँ । तनहुँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिकालाई जोड्ने सेती नदीमाथिको पक्की पुल निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि अझै अधुरो अवस्थामा छ । ...

देउवा–ओली भेटघाटकाे रहस्य के हाेला ?

काठमाडाैं । नेपालको राजनीति फेरि एकपटक जनताबाट टाढा, बन्द ढोकाभित्र र सत्ता जोगाउने खेलमा फर्किएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकप...

फागुन २१ मा निर्वाचन भएन भने देशमा गम्भीर माेडमा: पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते तोकिएको निर्वाचन कुनै पनि बहानामा तलमाथि भए मुलुक गम्भीर अनिश्चयतिर जाने चेतावनी दिएका छन् । उनले...

ओली-लेखकलाई बयानकाे लागि पत्र पठाउने तयारीमा आयाेग

काठमाडौं । जेनजी आन्दोलनका क्रममा २३ भदौको दमन र २४ भदौको आगजनी घटनाबारे जाँच गरिरहेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्...

अवामी लिगबिनाको चुनाव ‘राज्याभिषेक’ मात्र : शेख हसिना

बङ्गलादेश । बङ्गलादेशमा सन् २०२६ फेब्रुअरीमा हुने राष्ट्रिय निर्वाचनमा आफ्नो दल अवामी लिगलाई सहभागी हुन प्रतिबन्ध लगाइएपछि पूर्व प्रधानमन्त्री शेख हसि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending