जनकपुर । मधेश प्रदेशमा यस वर्ष ६१ प्रतिशत खेतमा धान रोपाइँ भएको छ । मधेश प्रदेशमा कूल पाँच लाख ७४ हजार ३६० हेक्टर खेतीयोग्य जग्गा छन् ।
जसमध्ये तीन लाख ८६ हजार १५० हेक्टर क्षेत्रफलमा मात्र धान रोपाइँ भएको छ । प्रदेशभरिमा दुई लाख ३५ हजार ४७४ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भइसकेको छ । अर्थात् ६० दशमलव ९८ प्रतिशत हेक्टर क्षेत्रफल जग्गामा धान रोपाइँ सम्पन्न भएको हो ।
मधेश प्रदेशका आठ जिल्लाहरूमध्ये सबभन्दा कम महोत्तरीमा ४० प्रतिशत क्षेत्रफलमा मात्र धान रोपाइँ भएको छ । यस जिल्लामा ६७ हजार ३५२ हेक्टर जग्गा खेतीयोग्य रहेकोमा ४४ हजार १५० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको छ । अहिलेसम्ममा १७ हजार ६६० हेक्टर खेतीयोग्य जग्गामा मात्र धान रोपाइँ भएको कृषि विकास निर्देशनालय नक्टाझिज धनुषाले जनाएको छ ।
त्यस्तै, कम रोपाइँ भएको दोस्रो सिरहा जिल्ला हो । यहाँ ७३ हजार ९१४ हेक्टर खेतीयोग्य जग्गामध्ये ५४ हजार हेक्टर क्षेत्रफल जग्गामा धान रोपाइँ भइरहेको छ । अहिलेसम्ममा २४ हजार तीन सय हेक्टर अर्थात् ४५ प्रतिशत जग्गामा मात्र धान रोपाइँ भएको निर्देशनालयका योजना शाखाका प्रतिभाकुमारी यादवले बताए ।
मधेश प्रदेशको पर्सा, सर्लाही, सप्तरी र बारामा ७० प्रतिशत खेतमा धान रोपाइँ भइसकेको छ । पर्सामा ५४ हजार ७३२ हेक्टर खेतीयोग्यमध्ये ४७ हजार १३० हेक्टर क्षेत्रफल जग्गामा धान रोपाइँ भइरहेकोमा अहिलेसम्म ३२ हजार ९९१ हेक्टर क्षेत्रफल जग्गामा धान रोपाइँ सम्पन्न भएको मधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको अनुसार सर्लाहीमा ८४ हजार ६७८ हेक्टर खेतीयोग्यमध्ये ४६ हजार हेक्टरमा धान रोपाइँ भइरहेको छ । हालसम्म ३२ हजार दुई सय हेक्टर क्षेत्रफल जग्गामा धान रोपाइँ भइसकेको छ ।
यस्तै, सप्तरीमा कूल ८१ हजार ६६८ हेक्टर खेतीयोग्य जग्गामध्ये ६८ हजार हेक्टरमा धान रोपाइँ भइरहेकोमा यस वर्ष अहिलेसम्ममा ४७ हजार छ सय हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ । यसैगरी, बारामा ६९ हजार ५१६ हेक्टर खेतीयोग्य जग्गा रहेकोमा ४६ हजार २० हेक्टरमा मात्र धान खेती भइरहेको छ । यहाँ ३२ हजार २१४ हेक्टर क्षेत्रफल जग्गामा धान रोपाइँ भइसकेको मन्त्रालयले जनाएको छ ।
प्रदेशको रौतहट र धनुषा जिल्लामा ६० प्रतिशत खेतमा धान रोपाइँ भइसकेको छ । रौतहटमा जम्मा ६५ हजार ९६९ हेक्टर खेतीयोग्य जग्गा छन् । यहाँ ३८ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेकोमा अहिलेसम्म २२ हजार आठ सय हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको मन्त्रालयका प्रवक्ता रोशन मेहताले जानकारी दिए । उनका अनुसार ७६ हजार ५३१ हेक्टर खेतीयोग्य जग्गा रहेको धनुषा जिल्लामा ४२ हजार ८५० हेक्टर क्षेत्रफलमा धान रोपाइँ भइरहेकोमा हालसम्म २५ हजार ७१० हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ ।
यस वर्ष समयमै पानी परेकोले आकासे पानीबाट धान रोपाइँ गरेको प्रवक्ता मेहताले प्रदेशमा आकासे पानीसँगै स्यालो ट्युबवेल, बागमती सिँचाइ, चन्द्र नहर लगायतबाट सिँचाइ गरेर पनि धान रोपाइँ गरिने गरिएको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: