Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

मेची राजमार्गमा वैकल्पिक मार्ग बनाउन सुझाव

खबरडबली संवाददाता

इलाम । करोडौँ रुपियाँ खर्च गर्दा पनि सडक बग्ने क्रम नरोकिएपछि मेची राजमार्ग अन्तर्गत पर्ने माइखोला राजदुवाली माथिको सडक खण्डको विकल्प खोज्न इन्जिनियरहरूले सुझाव दिएका छन् । 

आज इलामका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ नेतृत्वको टोली सो क्षेत्रको स्थलगत निरीक्षण गरेपछि निरीक्षणमै पुगेका इन्जिनियरहरूले यस्तो सुझाव दिएका हुन् । माइखोलास्थित राजदुवालीदेखि माथि गोलाखर्क भन्ज्याङसम्मको करिब तीन सय मिटर भू–भागमा बगिरहेको राजमार्गलाई कुनै पनि प्रविधिबाट दीर्घकालीन रूपमा समाधान गर्न सकिने अवस्था नदेखिएको सडक डिभिजन कार्यालय इलामका इन्जिनियर लक्ष्मण बरालले बताए । 

"यहाँ भएका अध्ययनहरूमा पनि भौगर्भिक अवस्थाकै कारण सडक धस्किरहेको छ । अब यसलाई हिलो फ्याँकेर, ग्राभेल हालेर सडक सुचारु गराउनको खास विकल्प छैन," बरालले भने, "अब जमिन मुनिबाट पाइप हालेर पानी कटाउने अर्को प्रविधिको काम गर्न लागेका छौँ ।" कार्यालयका अर्का इन्जिनियर मनीषा कट्टेलले यो क्षेत्रको वैकल्पिक सडकका रूपमा मेची राजमार्गको गोदकस्थित शिलपुरबाट माई खोला हुँदै इलाम नगरपालिकाको तिल्केनी जोड्ने गरी केन्द्रबाट कुरा आएको बताए । 

"अफिसियल रूपमा त्यहाँको सर्भे गर्ने, अन्य काम अघि बढाउने गरी केही पनि आएको छैन तर, त्यताबाट विकल्पको कुरा भने उठेको छ," इन्जिनियर कट्टेलले भने । त्यसो त चार वर्ष अघिनै इलामस्थित विपद् व्यवस्थापन समितिको बैठकले पूर्वाञ्चल सडक डिभिजन कार्यालयलाई भन्ज्याङदेखि राजदुवालीको क्षेत्रमा सडक भासिएपछि जोखिम बढेको ठहर गर्दै विकल्प खोज्न सुझाव दिएको थियो । करिब पाँच वर्षअघि भौगर्भिक अध्ययन टोलीले पनि राजदुवाली पुलभन्दा माथिको भू–भागमा जग्गा भित्रभित्रै बग्दै गरेको अध्ययनमा देखाएको थियो । 

काठमाडौँस्थित इटीको नेपाल प्राइभेट लिमिटेडले गरेको अध्ययन अनुसार सतहभन्दा १५ मिटर मुनिको जमिन बग्ने र भासिने गरेको जनाइएको थियो । माइखोलादेखिमाथि करिब तीन सय मिटरको भू–भागमा भित्रभित्रै जमिन दब्ने र बग्ने गरेको जनाइएको थियो । अध्ययनमा त्यहाँको सतहभन्दा करिब २० देखि २५ मिटर तल सम्म रड राखेर एंकरिङ्ग गर्ने र कङ्क्रिट वाल निर्माण गर्ने सुझाव दिइएको थियो । सोही अनुसार सडक डिभिजन कार्यालयले छ करोड ७७ लाख रुपियाँ खर्चेर सडकको एंकरिङ्ग गर्ने र वाल लगाउने काम गरेको थियो । तर, अहिले त्यो पनि भास्सिएर काम नलाग्ने भएको छ । 

यहाँको जमिन दिनदिनै धस्सिएकाले राजमार्ग बन्द हुने अवस्था छ । वर्षा यामको यो बेला पहाडी जिल्ला पाँचथर र ताप्लेजुङ सम्म आवत–जावत गर्ने मालवाहक र यात्रुवाहक सवारीहरू जोखिम मोलेर यहाँको सडक पार गरिरहेका छन् । दैनिक यही सडकमा भ्यान चलाउँदै आउनु भएका साङरुम्बाका प्रकाश चौलागाईंलाई पनि कति बेला यहाँको सडक पार गर्ने भन्ने चिन्ताले सताइ रहन्छ । "सडक राम्रो भइदिए हुन्थ्यो, यहाँ त सवारी चालकले धेरै जोखिम मोल्नु परेको छ । पानी परेका बेला सडक पार गर्नै गाह्रो छ," चौलागाईंले भने । 

अब पनि राजमार्गको उक्त खण्डको विकल्प नखोजिएर यातायात अवरुद्ध हुँदा पूर्वी पहाडलाई नै असर गर्ने सरोकारवालको बुझाइ छ । मालवाहक र यात्रु वाहक गरी दैनिक सयौँ सवारी सञ्चालन हुने राजमार्गको यो क्षेत्रमा जोखिम हुँदा यातायात व्यवसायीलाई पनि चिन्ता बढेको पूर्वेली जिप तथा ट्याक्सी व्यवसायी सङ्घका अध्यक्ष गृष्म सुब्बा बताउँछन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

निर्धारित मितिमै निर्वाचन हुन्छ : मन्त्री घिसिङ

रामेछाप । उर्जा जलस्रोत एवं सिंचाई मन्त्री कुलमान घिसिङले सरकारले निर्धारित मितिमै प्रतिनिधिसभाको निर्वाचन गराउने जिकिर गरेका छन् ।  मन्थलीस्थित उज...

सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ गते बस्ने

कैलाली । लामो समयदेखि स्थगित सुदूरपश्चिम प्रदेशसभाको चालु अधिवेशनअन्तर्गतको बैठक यही पुस ११ गते बस्ने भएको छ । सभामुख भीमबहादुर भण्डारीले साेमबार ब...

महोत्तरीकाे एक सिङ्गो मुसहर बस्ती लालपुर्जाविहीन

महोत्तरी । यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती लालपुर्जाविहीन छ । उनीहरु वर्षौँदेखि लालपुर्जाविहीन छन् । चार पुस...

बुटवल–गोरुसिङ्गे सडक आयोजना : नदीजन्य सामग्री अभावले काम प्रभावित

बुटवल । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्डको स्तरोन्नति आयोजनाका लागि नदीजन्य सामग्रीको अभाव हुँदा काम प्रभावित भएको छ । राष्ट्...

पर्यटकीय गन्तव्य बन्दै पूर्वी लमजुङको ‘राइनासकोट’

लमजुङ । पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय पर्यटकीय गन्तव्य बनेको छ । बिहानै उदाउने सूर्यले हिमालका काखम...

दुग्धजन्य उत्पादनमा शुल्कवृद्धि ‘अनुचित’

काठमाडाैँ । चीनले युरोपेली सङ्घबाट आयात हुने केही दुग्ध उत्पादनहरूमा ४२.७ प्रतिशतसम्म कर लगाउने घोषणाको इयूले सोमबार प्रतिवाद गरेको छ । दुग्धजन्य उत्प...

पाँच वर्ष बित्दा पनि व्यास–ऋषिङ जोड्ने सेती पुल अलपत्र

तनहुँ । तनहुँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिकालाई जोड्ने सेती नदीमाथिको पक्की पुल निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि अझै अधुरो अवस्थामा छ । ...

देउवा–ओली भेटघाटकाे रहस्य के हाेला ?

काठमाडाैं । नेपालको राजनीति फेरि एकपटक जनताबाट टाढा, बन्द ढोकाभित्र र सत्ता जोगाउने खेलमा फर्किएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकप...

फागुन २१ मा निर्वाचन भएन भने देशमा गम्भीर माेडमा: पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते तोकिएको निर्वाचन कुनै पनि बहानामा तलमाथि भए मुलुक गम्भीर अनिश्चयतिर जाने चेतावनी दिएका छन् । उनले...

ओली-लेखकलाई बयानकाे लागि पत्र पठाउने तयारीमा आयाेग

काठमाडौं । जेनजी आन्दोलनका क्रममा २३ भदौको दमन र २४ भदौको आगजनी घटनाबारे जाँच गरिरहेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending