Khabar Dabali २१ फाल्गुन २०८२ बिहीबार | 5th March, 2026 Thu
Investment bank

मेची राजमार्गमा वैकल्पिक मार्ग बनाउन सुझाव

खबरडबली संवाददाता

इलाम । करोडौँ रुपियाँ खर्च गर्दा पनि सडक बग्ने क्रम नरोकिएपछि मेची राजमार्ग अन्तर्गत पर्ने माइखोला राजदुवाली माथिको सडक खण्डको विकल्प खोज्न इन्जिनियरहरूले सुझाव दिएका छन् । 

आज इलामका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ नेतृत्वको टोली सो क्षेत्रको स्थलगत निरीक्षण गरेपछि निरीक्षणमै पुगेका इन्जिनियरहरूले यस्तो सुझाव दिएका हुन् । माइखोलास्थित राजदुवालीदेखि माथि गोलाखर्क भन्ज्याङसम्मको करिब तीन सय मिटर भू–भागमा बगिरहेको राजमार्गलाई कुनै पनि प्रविधिबाट दीर्घकालीन रूपमा समाधान गर्न सकिने अवस्था नदेखिएको सडक डिभिजन कार्यालय इलामका इन्जिनियर लक्ष्मण बरालले बताए । 

"यहाँ भएका अध्ययनहरूमा पनि भौगर्भिक अवस्थाकै कारण सडक धस्किरहेको छ । अब यसलाई हिलो फ्याँकेर, ग्राभेल हालेर सडक सुचारु गराउनको खास विकल्प छैन," बरालले भने, "अब जमिन मुनिबाट पाइप हालेर पानी कटाउने अर्को प्रविधिको काम गर्न लागेका छौँ ।" कार्यालयका अर्का इन्जिनियर मनीषा कट्टेलले यो क्षेत्रको वैकल्पिक सडकका रूपमा मेची राजमार्गको गोदकस्थित शिलपुरबाट माई खोला हुँदै इलाम नगरपालिकाको तिल्केनी जोड्ने गरी केन्द्रबाट कुरा आएको बताए । 

"अफिसियल रूपमा त्यहाँको सर्भे गर्ने, अन्य काम अघि बढाउने गरी केही पनि आएको छैन तर, त्यताबाट विकल्पको कुरा भने उठेको छ," इन्जिनियर कट्टेलले भने । त्यसो त चार वर्ष अघिनै इलामस्थित विपद् व्यवस्थापन समितिको बैठकले पूर्वाञ्चल सडक डिभिजन कार्यालयलाई भन्ज्याङदेखि राजदुवालीको क्षेत्रमा सडक भासिएपछि जोखिम बढेको ठहर गर्दै विकल्प खोज्न सुझाव दिएको थियो । करिब पाँच वर्षअघि भौगर्भिक अध्ययन टोलीले पनि राजदुवाली पुलभन्दा माथिको भू–भागमा जग्गा भित्रभित्रै बग्दै गरेको अध्ययनमा देखाएको थियो । 

काठमाडौँस्थित इटीको नेपाल प्राइभेट लिमिटेडले गरेको अध्ययन अनुसार सतहभन्दा १५ मिटर मुनिको जमिन बग्ने र भासिने गरेको जनाइएको थियो । माइखोलादेखिमाथि करिब तीन सय मिटरको भू–भागमा भित्रभित्रै जमिन दब्ने र बग्ने गरेको जनाइएको थियो । अध्ययनमा त्यहाँको सतहभन्दा करिब २० देखि २५ मिटर तल सम्म रड राखेर एंकरिङ्ग गर्ने र कङ्क्रिट वाल निर्माण गर्ने सुझाव दिइएको थियो । सोही अनुसार सडक डिभिजन कार्यालयले छ करोड ७७ लाख रुपियाँ खर्चेर सडकको एंकरिङ्ग गर्ने र वाल लगाउने काम गरेको थियो । तर, अहिले त्यो पनि भास्सिएर काम नलाग्ने भएको छ । 

यहाँको जमिन दिनदिनै धस्सिएकाले राजमार्ग बन्द हुने अवस्था छ । वर्षा यामको यो बेला पहाडी जिल्ला पाँचथर र ताप्लेजुङ सम्म आवत–जावत गर्ने मालवाहक र यात्रुवाहक सवारीहरू जोखिम मोलेर यहाँको सडक पार गरिरहेका छन् । दैनिक यही सडकमा भ्यान चलाउँदै आउनु भएका साङरुम्बाका प्रकाश चौलागाईंलाई पनि कति बेला यहाँको सडक पार गर्ने भन्ने चिन्ताले सताइ रहन्छ । "सडक राम्रो भइदिए हुन्थ्यो, यहाँ त सवारी चालकले धेरै जोखिम मोल्नु परेको छ । पानी परेका बेला सडक पार गर्नै गाह्रो छ," चौलागाईंले भने । 

अब पनि राजमार्गको उक्त खण्डको विकल्प नखोजिएर यातायात अवरुद्ध हुँदा पूर्वी पहाडलाई नै असर गर्ने सरोकारवालको बुझाइ छ । मालवाहक र यात्रु वाहक गरी दैनिक सयौँ सवारी सञ्चालन हुने राजमार्गको यो क्षेत्रमा जोखिम हुँदा यातायात व्यवसायीलाई पनि चिन्ता बढेको पूर्वेली जिप तथा ट्याक्सी व्यवसायी सङ्घका अध्यक्ष गृष्म सुब्बा बताउँछन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE