Ntc summer Offer
Khabar Dabali २ जेष्ठ २०८२ बिहीबार | 15th May, 2025 Thu
Investment bank

अरुण गाउँपालिकाको खर्च चौरासी प्रतिशत

खबरडबली संवाददाता

भोजपुर । अरुण गाउँपालिकाले चालु आर्थिक वर्षको अन्तिम सम्ममा जम्मा ८३.७३ प्रतिशत खर्च गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खतिवडाले चालु आव २०८०/८१ मा कुल बजेटको ८३.७३ प्रतिशत खर्च भएको बताए । 

आव २०८०/८१ को वार्षिक प्रगति समीक्षा तथा सार्वजनिक सुनुवाइ र आव २०८१/८२ को नीति तथा कार्यक्रम एवं बजेट सार्वजनिकीकरण कार्यक्रममा उनले सो जानकारी दिए । उनका अनुसार कुल ४५ करोड ७१ लाख ४८ हजारमध्ये चालु आवको अन्त्यसम्ममा ८३.६५ प्रतिशत अर्थात् ४२ करोड ३४ लाख खर्च गरेको हो । वित्तीय प्रगति विवरण अनुसार चालु खर्चतर्फ ३० करोड ४१ लाख ९७ हजार अर्थात् ९०.१५ प्रतिशत र  पुँजीगत खर्चतर्फ ११ करोड ९१ लाख ६८ हजार अर्थात् ७०.८६ प्रतिशत खर्च भएको छ । यो चालु र पुँजीगततर्फ ८३.७३ प्रतिशत हो । 

गाउँपालिकाले आगामी आवमा कृषि, पशुपन्छी, सिप विकास र रोजगारी, शिक्षा, स्वास्थ्य र खानेपानीलाई प्राथमिकतामा राखेको छ । पालिकामा भएका पूर्वाधार विकाससँगै स्वास्थ्य, शिक्षा,  सामाजिक सुरक्षा, खानेपानी र सरसफाइ, खेलकुद, वन तथा वातावरण, विपत् व्यवस्थापन, संस्थागत विकास तथा सेवा प्रवाहलाई प्राथमिकता दिएको गाउँपालिकाका अध्यक्ष शालिकराम खत्रीले बताए । 

त्यस्तै पालिकाले जारी गरेको विभिन्न नीतिमध्ये शिक्षा नीतितर्फ पालिकालाई उत्कृष्ट शैक्षिक गन्तव्यका रूपमा विकास, अरुण बहुमुखी क्याम्पस सञ्चालन, शिक्षकसँग कार्य सम्झौता, १० बर्से शैक्षिक योजना कार्यान्वयन, मातृभाषासहितको स्थानीय पाठ्यव्रmम, स्वास्थ्य, यातायात, कृषि, पूर्वाधारलगायत नीति सार्वजनिक उल्लेख छ । 

नेकपा (एमाले) अरुण गाउँपालिकाका अध्यक्ष नारायण घिमिरेले जनताका माग र आवश्यकताका आधारमा विकासलाई पहिलो प्राथमिकता दिन आग्रह गरे । जनता समाजवादी पार्टीका अध्यक्ष सुजन खिम्बु राईले नीति कार्यक्रम अनुसार बजेट व्यवस्थापन गरी गाउँका समस्यालाई दीर्घकालीन समाधानमा जोड दिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नाकाकन्दीका कारण गाजामा अनिकालकाे चेतावनी

जेनेभा । लामो समयसम्म जालामो समयसम्म जारी नाकाबन्दीले मानवीय सहायता प्रवाह नहुँदा गाजामा अनिकाल र जोखिमको खतरा बढिरहेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुए...

देशमा कूल एक करोड ८१ लाख ४८ हजार ६५४ मतदाता

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक कार्यविधि, २०८१ बमोजिम २०८१ चैत मसान्तसम्ममा १८ वर्ष उमेर पूरा भएका नागरिकहरूको विवरणलाई आयोगको वे...

पलाता गाउँपालिकामा गाडी तार्ने फेरि बनाउँदा २५ लाख भ्रष्टाचार, अध्यक्ष/उपाध्यक्षसहित १० जनाविरुद्ध मुद्दा दायर

काठमाडाैं । कालिकोटको पलाता गाउँपालिकामा गाडी तार्ने फेरि बनाउँदा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पालिकाका तत्कालिन, अध्यक्ष, ...

पाेखरामा मानव बेचविखनको आरोपमा तीनजना पक्राउ

पाेखरा । मानव वेचविखन कार्यमा संलग्न रहेको आरोपमा कास्की प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको बकैया गाउँपालिका–४ घर भई पोख...

कृषि र पर्यटनमार्फत देशको विकास गर्न सकिन्छ: महत

नुवाकोट । नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले कृषि र पर्यटनमार्फत देशको विकास गर्न सकिने बताएका छन् ।  नेपाली कांग...

प्युठानमा करेन्ट लागेर एक जनाको मृत्यु

प्युठान । प्युठान नगरपालिका–७, गाँजुरीस्थित सहिद स्मृति पार्कमा करेन्ट लागेर एक जनाको मत्यु भएको छ । स्थानीय ४७ वर्षीय चित्रबहादुर के.सीको करेन्ट ल...

अदालतहरुमा एक करोड ९६ लाख ८१ हजार रुपैयाँ बेरुजु

काठमाडाैं । महालेखापरीक्षकको ६२औँ प्रतिवेदनले सर्वोच्च अदालत र मातहतका अदालतहरुमा झन्डै दुई करोड रुपैयाँ बेरुजु रहेको औँल्याएको छ । प्रतिवेदनअनुसार एक...

चीन र युरोपेली सङ्घबीचको सम्बन्ध स्थापनाको ५० बर्ष, थप मजबुत सम्बन्ध कायम गर्ने प्रतिवद्धता

बेइजिङ । चीन र युरोपेली सङ्घ (इयू) का कूटनीतिज्ञ तथा विज्ञहरूले यस वर्ष कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वर्षगाँठ मनाइरहँदा बढ्दो विश्वव्यापी चुनौतीका ...

बझाङमा खेत जोत्दै गरेका एक हल गोरूसहित हलीको मृत्यु

बझाङ । बझाङमा खेत जोत्दै गरेका एक हल गोरूसहित हलीको मृत्यु भएको छ ।  बुंगल नगरपालिका–८ ऐडीगाउँमा भएको उक्त घटनामा सुका ऐडीको मृत्यु भएको जिल्ला प्र...

पोखरामा इलेक्ट्रिक माइक्रो दुर्घटना हुँदा तीनजनाकाे मृत्यु

पोखरा । पोखरामा इलेक्ट्रिक माइक्रोबस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । काठमाडौंबाट पोखरा आउँदै गरेको ग१ज ८६३० नम्बरको इलेक्ट्रिक माइक्रोबस पोखरा ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending