Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

ताप्लेजुङमा घरेलु हिंसाका घटना वृद्धि

खबरडबली संवाददाता

ताप्लेजुङ । ताप्लेजुङमा घरेलु हिंसाका घटना वृद्धि भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को तथ्याङ्कअनुसार जिल्लामा घरेलु हिंसासम्बन्धी घटना वृद्धि हुँदै गएको पाइएको हो ।

इन्सेक प्रतिनिधि एलिना दियालीका अनुसार पछिल्लो छ महिनाको अवधिमा घरेलु हिंसासम्बन्धी घटना मात्र १६ वटा भएका छन् । नेपाल मानवअधिकार वर्ष पुस्तक–२०२५ तयारी स्वरुप शनिबार आयोजित अर्ध–वार्षिक समीक्षा कार्यक्रममा इन्सेक प्रतिनिधि दियालीले प्रस्तुत गरेकाे प्रतिवेदनमा मानवअधिकार उल्लङ्घनसम्बन्धी ३० वटा घटना भएकोमा सबैभन्दा बढी १६ वटा घरेलु हिंसासम्बन्धी रहेको छ । 

सन् २०२४ को जनवरीदेखि जुनसम्म अर्थात छ महिनाको अवधिमा भएको घरेलु हिंसासम्बन्धी घटनाबाट एकजना पुरुष १६ महिला गरी १७ जना पीडित भएका छन् । घरेलु हिंसासम्बन्धी घटनामा श्रीमान–श्रीमतीबिच अर्थात पारिवारिक झैझगडा बढी रहेको इन्सेक प्रतिनिधि दियालीले जानकारी दिइन । सन् २०२३ मा वर्षभरमा घरेलु हिंसासम्बन्धीका १८ वटा मात्र घटना भएका थिए । 

यस्तै छ महिनामा कुटपिटसम्बन्धी छ वटा, करणीसम्बन्धी छ वटा, जातीय विभेदसम्बन्धी एक र आत्महत्या दुरुत्साहनसम्बन्धी एउटा घटना भएको छ । इन्सेक प्रतिनिधि दियालीले ताप्लेजुङ कारागारमा क्षमताभन्दा पाँच गुणा बढी कैदी तथा थुनुवा रहेकाले पूर्ण मानवअधिकार कायम हुनमा समस्या रहेको प्रतिवेदनमा उल्लेख गरेकी छिन । कैदीबन्दीको सङ्ख्याअनुसार आवास, शौचालय, खानेपानी लगायतका संरचना व्यवस्थापनले उनीहरुको बसाइमा भने भद्रगोल अवस्था नरहेको कारागारका प्रशासक कुलेन्द्र खवासले जानकारी दिए । 

अर्ध–वार्षिक समीक्षा कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले यथार्थ तथ्याङ्कसहित अन्य थुप्रै प्रकृतिका मानवअधिकार उल्लङ्घनका घटना हुनसक्ने भन्दै प्रतिवेदनमा सबै घटनाहरु समेट्न सुझाव दिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सहायता कटौतिले शरणार्थीलाई ‘अनावश्यक पीडा’ भएको छ : राष्ट्रसङ्घ

काठमाडाैँ । यो वर्ष ‘कठोर र गैरजिम्मेवार’ सहायता कटौतीको लहरले शरणार्थीहरूलाई अनावश्यक पीडा दिएको संयुक्त राष्ट्रसङ्घले  जनाएको छ । सहायता कटौति शर...

मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, कुन मन्त्रालयमा काे ?

जनकपुरधाम । मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा नेपालको संविध...

एमाले महाधिवेशन: मतदान मङ्गलबार १२ बजेदेखि

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको मतदान समय सरेको छ । एमाले ११औँ महाधिवेशनका केन्द्रीय सचिव डा. कुन्साङ लामाले सोमबार साँझ प्र...

विद्युतको तार सर्ट भएर आगलागी हुँदा सर्लाहीमा ५० बिघाभन्दा बढीको उखु जल्यो

सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा सोमबार दिउँसो आगलागीबाट ठुलो क्षेत्रफलमा लगाइएको उखु जलेको छ ।  विद्युतको तार सर्ट भएर मुना चौधरीक...

च्याउखेतीबाटै वार्षिक १२ लाख आम्दानी

काठमाडौँ । ‘च्याउ खाऔँ, स्वस्थ्य बनौँ’, ‘स्वस्थ्य जीवनको आहार च्याउ’ भन्ने नारासहित च्याउखेती गर्दै आएका ललितपुरको गोदावरी नगरपालिका–११, सेराफाँटका कृ...

पछिल्लो २४ घण्टामा आगलागीका २२ घटना, दुई जनाको मृत्यु

काठमाडौँ । पछिल्लाे २४ घण्टामा आगलागीमा परी दुई जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला २४ घ...

सर्च एण्ड स्विप अपरेशन : फरार ३४२ प्रतिवादी पक्राउ

कैलाली । कैलाली जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको ‘सर्च एण्ड स्विप अपरेशन’का क्रममा ३४२ फरार प्रतिवादीलाई पक्राउ गरिएको छ । जिल्ला अदालतले विभ...

बङ्गलादेश : ‘राज्य विरोधी गतिविधि’ गरेको आरोपमा पत्रकार पक्राउ

काठमाडाैँ । बङ्गलादेशका भूतपूर्व प्रधानमन्त्री शेख हसिनाको प्रतिबन्धित पार्टीलाई बढावा दिएको र ‘राज्य विरोधी गतिविधि’ गरेको आरोपमा यहाँका एक वरिष्ठ पत...

थाइल्यान्डमा आम चुनावको मिति फेब्रुअरी-८ लाई तय

बैङ्कक । थाइल्यान्डमा आगामी फेब्रुअरी-८ मा आम चुनावको मिती तय भएको थाइ निर्वाचन आयोगले सोमबार जनाएको छ । चुनावका लागि दलले यस वर्षको अन्त्य अघि प्रधान...

कांग्रेस महाधिवेशन: देशभरका क्रियाशील सदस्यता वितरण

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको लागि एक सय ६५ निर्वाचन क्षेत्रका सबैजसो वडामा क्रियाशील सदस्यता फाराम वितरण भइरहेको छ । कांग्रेस केन्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending