डोटी । पछिल्लो समय डोटीमा गहुँको उत्पादन घट्दै गएको छ । कृषि ज्ञान केन्द्र डोटीका अनुसार आर्थिक वर्ष २०७८/७९ मा १४ हजार २९८ हेक्टर जमिनमा गहुँ लगाइएकोमा २४ हजार ३१२ मेट्रिक टन गहुँ उत्पादन भएमा, आर्थिक वर्ष २०७९/०८० मा डोटी जिल्लामा १४ हजार २३० हेक्टर क्षेत्रफल जमिनमा २३ हजार ५६८ मेट्रिक टन गहुँ उत्पादन भएको थियो ।
आर्थिक वर्ष २०८०/०८१ मा गहुँ उत्पादनका लागि लगाइएको जमिनको क्षेत्रफल र गहुँ उत्पादन दुबै घटेको छ । आर्थिक वर्ष २०८०/०८१ मा डोटीमा १२ हजार २९० हेक्टर क्षेत्रफल १७ हजार ४५२ मेट्रिक टन मात्रै गहुँ उत्पादन भएको छ ।
समयमा नै पानि नपरेर लगातारको खडेरी, पर्याप्त सिँचाइको अभाव, तरकारी खेती प्रतिको आकर्षण, जङ्गली जनावरले खेती नष्ट गर्ने प्रवृती, बाझो जमिन राख्ने क्रम लगायतका कारण जिल्लामा गहुँ उत्पादन घट्दै गएको कृषि ज्ञान केन्द्र डोटीका निमित्त कार्यालय प्रमुख गंगादत्त अवस्थी बताए ।
निमित्त कार्यालय प्रमुख अवस्थीले भने, ‘‘लामो समयसम्म आकाशे पानी नपर्दा उच्च लेकाली भेगमा जमिन अत्याधिक सुख्खा भएका कारण पर्याप्त गहुँ उत्पादन हुन सकेको छैन । समय समयमा गहुँमा सुख्खा खडेरीका कारण सिन्दुरे रोग देखा पर्नु, जङ्गली जनावरले गहुँ बालीमा नोक्सानी गर्नु, ग्रामीण क्षेत्रमा भइरहेको बसाइसराई, वैदेशिक रोजगारीका लागि यूवा पलायन लगायतका कारण पछिल्लो समयमा गहुँको उत्पादन घट्दै गएको छ ।’’
जिल्लामा पछिल्लो समयमा ग्रामीण क्षेत्रमा खेती योग्य जमिन बाझो राख्ने क्रम समेत बढ्दै गएको छ । डोटी जिल्लामा ३२ हजार २७६ हेक्टर खेतीयोग्य जमिन रहेकोमा २५ हजार पाँच सय हेक्टरमा खेती खेति गरिँदै आएको बताइएको छ । पहिला पहिला गाउँघरमा जमिन बाझो राख्ने चलन थिएन । जङ्गल फडानी गरेर समेत गहुँ लगाउथ्यौं ।
डोटीको पूर्वीचौकी –२ बग्लेगका भिमबहादुर ठकुल्लाले भने, ‘‘आजभोली खेती गर्ने मान्छे पनि गाउँमा धेरै छैनन् । उत्पादन पनि त्यती हुँदैन । अरु नै खेती गरेर गहुँ किनेर खान फाइदा त्यही भए पनि हाम्रो तिर गहुँ उत्पादन घट्दै गएको हो ।’’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...
पौष ८ गते, २०८२ - २०:०१
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्र...
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...




प्रतिकृया लेख्नुहोस्: