डोटी । पछिल्लो समय डोटीमा गहुँको उत्पादन घट्दै गएको छ । कृषि ज्ञान केन्द्र डोटीका अनुसार आर्थिक वर्ष २०७८/७९ मा १४ हजार २९८ हेक्टर जमिनमा गहुँ लगाइएकोमा २४ हजार ३१२ मेट्रिक टन गहुँ उत्पादन भएमा, आर्थिक वर्ष २०७९/०८० मा डोटी जिल्लामा १४ हजार २३० हेक्टर क्षेत्रफल जमिनमा २३ हजार ५६८ मेट्रिक टन गहुँ उत्पादन भएको थियो ।
आर्थिक वर्ष २०८०/०८१ मा गहुँ उत्पादनका लागि लगाइएको जमिनको क्षेत्रफल र गहुँ उत्पादन दुबै घटेको छ । आर्थिक वर्ष २०८०/०८१ मा डोटीमा १२ हजार २९० हेक्टर क्षेत्रफल १७ हजार ४५२ मेट्रिक टन मात्रै गहुँ उत्पादन भएको छ ।
समयमा नै पानि नपरेर लगातारको खडेरी, पर्याप्त सिँचाइको अभाव, तरकारी खेती प्रतिको आकर्षण, जङ्गली जनावरले खेती नष्ट गर्ने प्रवृती, बाझो जमिन राख्ने क्रम लगायतका कारण जिल्लामा गहुँ उत्पादन घट्दै गएको कृषि ज्ञान केन्द्र डोटीका निमित्त कार्यालय प्रमुख गंगादत्त अवस्थी बताए ।
निमित्त कार्यालय प्रमुख अवस्थीले भने, ‘‘लामो समयसम्म आकाशे पानी नपर्दा उच्च लेकाली भेगमा जमिन अत्याधिक सुख्खा भएका कारण पर्याप्त गहुँ उत्पादन हुन सकेको छैन । समय समयमा गहुँमा सुख्खा खडेरीका कारण सिन्दुरे रोग देखा पर्नु, जङ्गली जनावरले गहुँ बालीमा नोक्सानी गर्नु, ग्रामीण क्षेत्रमा भइरहेको बसाइसराई, वैदेशिक रोजगारीका लागि यूवा पलायन लगायतका कारण पछिल्लो समयमा गहुँको उत्पादन घट्दै गएको छ ।’’
जिल्लामा पछिल्लो समयमा ग्रामीण क्षेत्रमा खेती योग्य जमिन बाझो राख्ने क्रम समेत बढ्दै गएको छ । डोटी जिल्लामा ३२ हजार २७६ हेक्टर खेतीयोग्य जमिन रहेकोमा २५ हजार पाँच सय हेक्टरमा खेती खेति गरिँदै आएको बताइएको छ । पहिला पहिला गाउँघरमा जमिन बाझो राख्ने चलन थिएन । जङ्गल फडानी गरेर समेत गहुँ लगाउथ्यौं ।
डोटीको पूर्वीचौकी –२ बग्लेगका भिमबहादुर ठकुल्लाले भने, ‘‘आजभोली खेती गर्ने मान्छे पनि गाउँमा धेरै छैनन् । उत्पादन पनि त्यती हुँदैन । अरु नै खेती गरेर गहुँ किनेर खान फाइदा त्यही भए पनि हाम्रो तिर गहुँ उत्पादन घट्दै गएको हो ।’’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: