Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिने भएको छ । शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने बताए । 

उनले नेपाली कांग्रेस– नेकपा (एमाले)बिच भएको सत्ता समीकरणलाई पनि समर्थन नगर्ने भन्दै तटस्थ बस्ने जानकारी दिए । उनले आफ्नो पार्टी कुनै व्यक्ति वा पार्टीविरुद्धमा गएको नभई तत्कालिन विषयवस्तुहरुको आधारमा निर्णय गर्ने गरेको बताए । 

उनले भने, ‘‘पहिला पनि तपाईहरु भएभरका सांसदहरुले वर्तमान प्रधानमन्त्रीलाई भोट दिदाँखेरी उहाँको बालकोट यात्राले गर्दाखेरी राष्ट्रिय जनमोर्चाले भोट दिएको थिएन । त्यहाँबाट फर्किएर आएपछि त समर्थन गर्‍यो नि त । त्यसो भएको हुनाले यो कोही पार्टीप्रतिको पूर्वाग्रह होइन । हामीले यो लोकतन्त्र, गणतन्त्रलाई जोगाउन सक्छौँ कि सक्दैनौँ ? सङ्कट यसमा छ । प्रधानमन्त्री बालकोट जाँदाखेरी समर्थन नगर्ने, अनि ९० सिटवाला पार्टीको नेता अहिले बालकोट जाँदाखेरी राष्ट्रिय जनमोर्चाले समर्थन गर्छ ? दुईथरीलाई नै गर्दैन । त्यो प्रष्ट भए हुन्छ । बालकोटसँग पूर्वाग्रह भएर होइन नि । बालकोटले हो मलाई उपप्रधानमन्त्री बनाएको साँच्चै भन्ने हो भने त । जसले उपप्रधानमन्त्री बनायो त्यसको विरुद्धमा राष्ट्रिय जनमोर्चाले किन आलोचना गरिराखेको छ ? कतिपय साथीहरुलाई नराम्रो लाग्छ । व्यक्तिगत, पार्टीको रिस हो र ? त्यतिखेर गरेको काम ठिक हो कि होइन ? त्यो हो ।’’ उनले आफ्नो कसैसँग व्यक्तिगत पूर्वाग्रह नभएको स्पष्ट पारे । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE