Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

पर्यटक लोभ्याउदै महोत्तरीको पोखरी

खबरडबली संवाददाता

महोत्तरी । वरपर कलात्मक रंगोरहण, भित्तामा थरीथरीका फूलका विरुवाहरु, गोलो वनाएर वनाइएको रेलिंङ्ग ।  महोत्तरीको पंचधुरा मन्दिर नजिकै  २४ सय स्क्वायर फिटमा वनाईएको  पोखरी आजकाल पर्यटन लोभ्याउने आकर्षक गनतव्य बनेको छ । 

दैनिक हजारौ मानिसहरुको  आवतजावत हुने बर्दिवासस्थित पंचधुरा मन्दिरमा दर्शन गर्नेको जति घुईचो हुन्छ । त्यति नै फोटो खिचाउनेहरुको भिड लाग्ने गर्दछ । पछिल्लो समय भूमिगत पानीको सतह घटेपछि याँहा रहेको सदावहार सिमसार समेत मरुभूमि वन्ने अवस्था सिर्जना भईरहेको बेला  पानीलाई जम्मा गरेर सौन्दर्यकरण गर्ने उदेश्यले बनाईएको यो पोखरी धार्मिक पर्यटकका लागि आकर्षण बनेको हो । 

पर्यटन तथा सांस्कृतिक पर्वद्वन समिति बर्दिवासले लगभग ३० लाख लागतमा निर्माण गरेको  पोखरी मन्दिरमा दर्शन गर्न आउने  पर्यटकलाई  आकर्षक गर्ने थलो मात्र वनेको छैन पोखरी हेर्न आउने स्थानीयहरुलाई घुम्ने र समय बिताउने उपयुक्त गन्तव्य समेत बनेको छ । 

'धार्मिक तीर्थयात्री  र वनभोजका लागि बहुचर्चित यो ठाँउ अव्यवस्थित देखिन्थ्यो तर पोखरी निर्माणले याँहाको महत्वलाई थप उचाई थपेको छ ।' स्थानीय सोम बहादुरले भने । 'भएका ठाँउहरुलाई थप सौन्दर्यकरण गरे बर्दिवास नगर क्षेत्रका कंयौ ठाँउहरु यस्तै आकर्षक बन्न सक्छन ।'

छोटो समयमा नै निर्माण सम्पन्न गरिएको यो पोखरी दृश्यावलोकनका लागि सर्वाधिक रोजाई बनेपछि थप पर्वद्वन र संरचना निर्माणमा हौसाएको निर्माण समितिका अध्यक्ष तथा पर्यटन तथा संस्कृति पर्वद्वन समितिका सदस्य  बिष्णु थापाले बताए ।

मिथिला क्षेत्रकै प्रसिद्ध देवी शक्तिपीठ पञ्चधुरा माई मन्दिर परिसरमा रहेको यो ठाँउ  पूर्वपश्चिम राजमार्गबाट करिब दुई किलोमिटर वनक्षेत्र छिचोलेपछी  पुग्न सकिन्छ । सँगै जोडिएको मन्दिरको समेत आफ्नै प्राचिन इतिहास छ । अझ रोचक त जंग बहादुर राणा र याँहाको सम्बन्धको बिषयमा जहिल्यै चर्चा हुने गर्दछ । 

जंग वहादुर राणा सिकार खेल्न यो ठाँउमा गएको बेला सेतो बाघ देखेको र सिकार गर्न खोजेपछि उन्को मृत्युको कारण समेत यही बनेको स्थानीयहरु बताउँछन । सोही सेतो बाघ देवी रहेको पनि सोहीवेलादेखि भन्ने गरिन्थ्यो यस्का साथै ३ मुखे र पाँच मुखे सर्पका कारण पनि पंचधुरा माई नाम रहन गएको किवद्वन्ती छ । यस्तो खालको सर्प अहिले पनि वेलावेलामा देखिने स्थानीयहरू बताउँछन ।

धार्मिक र प्राचिन महत्व रहेको मन्दिर परिसरमा पोखरी लगायत अन्य संरचना निर्माण गरेर आकर्षक बनाए मानिसहरुको आवतजावत र प्रचारप्रसार हुन सक्ने र सोहीअनुसार आफुहरु लागीरहेको पर्वद्वन समितिका अध्यक्ष हिरा गौतमले बताए । स्थानीय सरकारले धार्मिक, प्राचिन र पुरातात्त्विक महत्व बाेकेका ठाँउहरुको पहिचान गरी थप पर्यटकीय पर्वद्वन गर्न योजना वनाईरहेको गौतमको भनाई छ । 

अझै मन्दिर क्षेत्रमा १३ बिघाभन्दा बढी क्षेत्रफल छ जस्लाई धार्मिक पर्यटकहरुलाई थप आकर्षित गर्न बालउधान, फनपार्क जस्ता परियोजनाहरुको परिकल्पना गर्न सकिने बताउँदै स्थानीय सरकारको परिकल्पनामा आधारित दिर्घकालिन विकासमा ध्यान जान आवस्यक रहेको स्थानीयहरू बताउँछन । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...

मलेसियाले ऊर्जा रूपान्तरणलाई तीव्र रूपमा अघि बढ्ने

काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...

प्रतिनिधिसभा निर्वाचन: पाँचथरमा नेकपाबाट मिक्सोको एकल नाम सिफारिस

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ ।  फागुन २१ गतेका लागि तोकिएको प्र...

प्रयोग नहुँदा जीर्ण बन्दै ‘होल्डिङ सेन्टर’

कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...

फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...

मेची भन्सार कार्यालयबाट पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...

शीतल निवासमा शक्ति केन्द्रको संवाद : संकट, निर्वाचन र सहकार्यमा नेताहरूको छलफल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...

पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात

काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ ।  भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...

पाँच वर्षपछि म्यान्मामा निर्वाचन

याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending