महोत्तरी । वरपर कलात्मक रंगोरहण, भित्तामा थरीथरीका फूलका विरुवाहरु, गोलो वनाएर वनाइएको रेलिंङ्ग । महोत्तरीको पंचधुरा मन्दिर नजिकै २४ सय स्क्वायर फिटमा वनाईएको पोखरी आजकाल पर्यटन लोभ्याउने आकर्षक गनतव्य बनेको छ ।
दैनिक हजारौ मानिसहरुको आवतजावत हुने बर्दिवासस्थित पंचधुरा मन्दिरमा दर्शन गर्नेको जति घुईचो हुन्छ । त्यति नै फोटो खिचाउनेहरुको भिड लाग्ने गर्दछ । पछिल्लो समय भूमिगत पानीको सतह घटेपछि याँहा रहेको सदावहार सिमसार समेत मरुभूमि वन्ने अवस्था सिर्जना भईरहेको बेला पानीलाई जम्मा गरेर सौन्दर्यकरण गर्ने उदेश्यले बनाईएको यो पोखरी धार्मिक पर्यटकका लागि आकर्षण बनेको हो ।
पर्यटन तथा सांस्कृतिक पर्वद्वन समिति बर्दिवासले लगभग ३० लाख लागतमा निर्माण गरेको पोखरी मन्दिरमा दर्शन गर्न आउने पर्यटकलाई आकर्षक गर्ने थलो मात्र वनेको छैन पोखरी हेर्न आउने स्थानीयहरुलाई घुम्ने र समय बिताउने उपयुक्त गन्तव्य समेत बनेको छ ।
'धार्मिक तीर्थयात्री र वनभोजका लागि बहुचर्चित यो ठाँउ अव्यवस्थित देखिन्थ्यो तर पोखरी निर्माणले याँहाको महत्वलाई थप उचाई थपेको छ ।' स्थानीय सोम बहादुरले भने । 'भएका ठाँउहरुलाई थप सौन्दर्यकरण गरे बर्दिवास नगर क्षेत्रका कंयौ ठाँउहरु यस्तै आकर्षक बन्न सक्छन ।'
छोटो समयमा नै निर्माण सम्पन्न गरिएको यो पोखरी दृश्यावलोकनका लागि सर्वाधिक रोजाई बनेपछि थप पर्वद्वन र संरचना निर्माणमा हौसाएको निर्माण समितिका अध्यक्ष तथा पर्यटन तथा संस्कृति पर्वद्वन समितिका सदस्य बिष्णु थापाले बताए ।
मिथिला क्षेत्रकै प्रसिद्ध देवी शक्तिपीठ पञ्चधुरा माई मन्दिर परिसरमा रहेको यो ठाँउ पूर्वपश्चिम राजमार्गबाट करिब दुई किलोमिटर वनक्षेत्र छिचोलेपछी पुग्न सकिन्छ । सँगै जोडिएको मन्दिरको समेत आफ्नै प्राचिन इतिहास छ । अझ रोचक त जंग बहादुर राणा र याँहाको सम्बन्धको बिषयमा जहिल्यै चर्चा हुने गर्दछ ।
जंग वहादुर राणा सिकार खेल्न यो ठाँउमा गएको बेला सेतो बाघ देखेको र सिकार गर्न खोजेपछि उन्को मृत्युको कारण समेत यही बनेको स्थानीयहरु बताउँछन । सोही सेतो बाघ देवी रहेको पनि सोहीवेलादेखि भन्ने गरिन्थ्यो यस्का साथै ३ मुखे र पाँच मुखे सर्पका कारण पनि पंचधुरा माई नाम रहन गएको किवद्वन्ती छ । यस्तो खालको सर्प अहिले पनि वेलावेलामा देखिने स्थानीयहरू बताउँछन ।
धार्मिक र प्राचिन महत्व रहेको मन्दिर परिसरमा पोखरी लगायत अन्य संरचना निर्माण गरेर आकर्षक बनाए मानिसहरुको आवतजावत र प्रचारप्रसार हुन सक्ने र सोहीअनुसार आफुहरु लागीरहेको पर्वद्वन समितिका अध्यक्ष हिरा गौतमले बताए । स्थानीय सरकारले धार्मिक, प्राचिन र पुरातात्त्विक महत्व बाेकेका ठाँउहरुको पहिचान गरी थप पर्यटकीय पर्वद्वन गर्न योजना वनाईरहेको गौतमको भनाई छ ।
अझै मन्दिर क्षेत्रमा १३ बिघाभन्दा बढी क्षेत्रफल छ जस्लाई धार्मिक पर्यटकहरुलाई थप आकर्षित गर्न बालउधान, फनपार्क जस्ता परियोजनाहरुको परिकल्पना गर्न सकिने बताउँदै स्थानीय सरकारको परिकल्पनामा आधारित दिर्घकालिन विकासमा ध्यान जान आवस्यक रहेको स्थानीयहरू बताउँछन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: