Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

‘संसदीय समिति चलायमान र गतिशील हुनुपर्छ’

खबरडबली संवाददाता

काठमाडौं । प्रतिनिधिसभा सदस्यहरुले संसदीय समितिलाई चलायमान र गतिशील तुल्याउन आवश्यक रहेको बताएका छन् । पूर्वाधार विकास समितिको आजको बैठकमा सहभागी सदस्यहरूले मुलुकमा राजनीतिक उतारचढाव भइरहेको अवस्थामा विधेयक अघि बढाउन र पूर्वाधार निर्माणबारे अनुगमन गर्न समिति प्रभावकारी छ भन्ने बोध गराउनुपर्ने सुझाव दिएका हुन् । 

जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त (सिके)राउतले समितिका बैठक समयमै बस्ने तथा दिइएको निर्णय र निर्देशन कार्यान्वयन भएमा सदस्यहरु उत्साहित हुने मात्र नभई समितिको ओज पनि बढ्ने भनाइ राखे । उनले भने, “मुलुकको समग्र बजेट विनियोजन, पूर्वाधार निर्माण तथा पुँजीगत खर्च विनियोजनका हिसाबले  जिम्मेवारी र कार्यक्षेत्र ठूलो रहेको हुँदा त्यसमा तालमेल हुने गरी समिति गतिशील हुनुपर्छ ।” नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता तथा सांसद माधव सापकोटाले ‘मिनि पार्लियामेन्ट’का रुपमा रहेका अधिकांश संसदीय समिति चलायमान, प्रभावकारी र गतिशील हुन नसकेको बताए । 

“पूर्वाधार निर्माणका लागि विनियोजित पुँजीगत खर्च बढाउन आयोजनाको निरन्तर अनुगमन गरी सरकारलाई समयमै राय परामर्श प्रदान गर्ने भूमिकामा रहेका संसदीय समिति प्रभावकारी छ भन्ने सन्देश प्रवाह गराउन सक्नुपर्छ, त्यो भएको छैन”, उनले भने । देश विकासका लागि क्यालेण्डर बनाएर अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउनु हुँदै नेता सापकोटाले कर्मचारीको कार्यसम्पादन मूल्याङ्कनसमेत आयोजनाको कार्यप्रगतिका आधारमा गरिने परिपाटी विकास गर्नुपर्छ भने । 

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता तथा समिति सदस्य ठाकुर गैरेले विकास आयोजनाको समयमा बोलपत्र आह्वान भए नभएको तथा अघि बढाइएका आयोजनाको गुणस्तर अनुगमन र मुख्य जिम्मेवारीमा रहेका विधेयक अघि बढाउन समिति क्रियाशील हुनुपर्ने सुझाव दिए । “मनसुन सक्रिय भएसँगै बाढी, पहिरो र डुबानबाट क्षति पुगेका सडकलगायतका पूर्वाधारको मर्मतसम्भार गरी सञ्चालन गर्ने कार्यलाई प्राथमिकता दिन समितिले पनि भूमिका खेल्नुपर्छ”, उनकाे भनाइ थियो । 

समिति सदस्य दिनेशकुमार यादवले सरकारले यस वर्षको बजेटमा कतिपय बहुवर्षीय आयोजनामा बजेट कटौती गरेको भनी आलोचना भइरहेको प्रतिक्रिया दिए । उनले भने, “१८ खर्ब बजेट विनियोजन भइरहँदा कतिपय महत्वपूर्ण आयोजनामा बजेट छुट्याइएन, बजेट र आयोजनाबिच तालमेल भएन । नदी तटबन्धका लागि बजेट विनियोजन नहुँदा बर्सेनि गाउँ नै डुबानमा परी जनता विचल्लीमा परेको अवस्था छ ।” सोही दलका लक्ष्मी चौधरीले मनसुन सक्रिय भएसँगै बाढी, पहिरो र डुबानको चपेटामा परेका जनतालाई राहत दिन समितिले विशेष पहल गर्नुपर्ने धारणा राखे । 

“मनसुनपछिको बाढी, पहिरो र डुबानबाट जनता मारमा परेका छन्, उनीहरुलाई राहत दिनुपर्ने बेलामा राजनीतिक दल विश्वासको मतको हानथापमा लागेका छन् । त्यसैले धेरै क्षति भएको ठाउँमा  खाली हात होइन केही राहत लिएर जाऔँ, त्यसका लागि समितिले नेतृत्व गरोस्”, उनले भने । एमाले सांसद महेश बस्नेतले चालु आर्थिक वर्षमा पुँजीगत खर्च ५७ प्रतिशतमा सीमित रहेको तर निर्माण व्यवसायीले अर्थ मन्त्रालयबाट ७० अर्ब रकम भुक्तानी पाउन बाँकी रहेको विषयमासमेत ध्यान दिन आवश्यक रहेको बताए । 

सोही दलका निर्मला कोइरालाले बाढीपहिरोबाट अहिले कुन सडक भत्कियो भनिरहँदा कुन बाँकी छ भन्ने प्रश्न गम्भीर हुने बताए । उनले भने, “भौगोलिक अवस्थाको ख्याल नगरी जथाभावी सडक खन्ने र टोलटोलमा पुर्याउने प्रतिस्पर्धाले जनता काल रुगेर बस्न बाध्य छन् । बर्सातभर पहिरोको त्रास छ, तराईमा पानी नआउने चापाकल बर्सातमा डुबानमा परेर कहाँ छ भनेर खोज्न परिरहेको छ । यी विषयमा हामी गम्भीर बन्नुपर्छ ।” माओवादी केन्द्रका सांसद उर्मिला माझीले पुँजीगत खर्चलाई पारदर्शी र प्रभावकारी तुल्याउँदै बाढीपहिरोबाट अस्तव्यस्त राजमार्गलाई यथाशीघ्र सञ्चालन गर्नेतर्फ सबैको जोडबल हुनुपर्छ भनिन । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फागुन २१ को निर्वाचन निष्पक्ष र धाँधलीरहित गराउन राष्ट्रिय सभाका अध्यक्ष दाहालको आग्रह

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद्को मुख्य काम कानुन निर्माण, संसदीय निगरानी र सरकारका काम कारबाहीलाई जनताप्रति उत्तरदायी ब...

चीनद्वारा ‘क्वाइचोउ–११’ रकेटमार्फत व्यावसायिक प्रयोगात्मक अन्तरिक्ष यान प्रक्षेपण

जिउछ्वान । चीनले शनिबार उत्तर–पश्चिम चीनको जिउछ्वान उपग्रह प्रक्षेपण केन्द्र बाट ‘क्वाइचोउ–११’ रकेट प्रक्षेपण गरेको छ । यस रकेटमा एक प्रयोगात्मक अन्तर...

गोकर्णेश्वर नगरपालिकाका तत्कालीन प्रमुखविरुद्ध तीन करोड ६८ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । गोकर्णेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय जोरपाटी, काठमाडौँका तत्कालीन नगर प्रमुख सन्तोष चालिसेविरुद्ध तीन करोड ६८ लाख ४७ हजार ७६१ र...

तनहुँमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

तनहुँ । पृथ्वीराजमार्गमा पर्ने तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबासमा बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय त...

बर्लिन वार्ताअघि संवादका लागि तयार छु : जेलेन्स्की

काठमाडाैँ । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्यका लागि बर्लिनमा हुन लागेको उच्चस्तरीय वार्तामा सहभागी हुन आफू पूर्ण रूपमा ...

पाँचथरमा हजुरबाको छुरा प्रहारले नातिकाे मृत्यु

पाँचथर । पाँचथरमा ८० वर्षीय हजुरबाले छुरा प्रहार गर्दा नातिको ज्यान गएको छ ।  पारिवारिक विवाद हुँदा फाल्गुनन्द गाउँपालिका –७ आङसराङका ८० वर्षीय वर्...

एमाले महाधिवेशनः निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन जारी रहँदा नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ । केन्द्रीय निर्वाचन आयोगले आइतबार साँझद...

यस्तो बन्ने छ केन्द्रीय कमिटीको संरचना (सूचीसहित)

काठमाडाैं । नेकपा (एमाले)ले ११औँ महाधिवेशनबाट बन्ने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना तय गरेको छ ।  जसमा एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव,...

खेतीयोग्य बारी बाँझिदै गएपछि बागलुङमा कोदो उत्पादन घट्यो

बागलुङ । खेतीयोग्य बारी बाँझिदै जान थालेपछि बागलुङमा हरेका वर्ष कोदो उत्पादन घट्दै गएको छ । किसानले कोदोखेती गर्न छोडेर जमिन बाँझो राख्न थालेपछि उत्पा...

सिड्नीको बोन्डी बिचमा गोली चल्दा १० जनाको मृत्यु

सिड्नी । सिड्नीको बोन्डी बिचमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।  सिड्नीको प्रहरीले एक अज्ञा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending