Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

‘संसदीय समिति चलायमान र गतिशील हुनुपर्छ’

खबरडबली संवाददाता

काठमाडौं । प्रतिनिधिसभा सदस्यहरुले संसदीय समितिलाई चलायमान र गतिशील तुल्याउन आवश्यक रहेको बताएका छन् । पूर्वाधार विकास समितिको आजको बैठकमा सहभागी सदस्यहरूले मुलुकमा राजनीतिक उतारचढाव भइरहेको अवस्थामा विधेयक अघि बढाउन र पूर्वाधार निर्माणबारे अनुगमन गर्न समिति प्रभावकारी छ भन्ने बोध गराउनुपर्ने सुझाव दिएका हुन् । 

जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त (सिके)राउतले समितिका बैठक समयमै बस्ने तथा दिइएको निर्णय र निर्देशन कार्यान्वयन भएमा सदस्यहरु उत्साहित हुने मात्र नभई समितिको ओज पनि बढ्ने भनाइ राखे । उनले भने, “मुलुकको समग्र बजेट विनियोजन, पूर्वाधार निर्माण तथा पुँजीगत खर्च विनियोजनका हिसाबले  जिम्मेवारी र कार्यक्षेत्र ठूलो रहेको हुँदा त्यसमा तालमेल हुने गरी समिति गतिशील हुनुपर्छ ।” नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता तथा सांसद माधव सापकोटाले ‘मिनि पार्लियामेन्ट’का रुपमा रहेका अधिकांश संसदीय समिति चलायमान, प्रभावकारी र गतिशील हुन नसकेको बताए । 

“पूर्वाधार निर्माणका लागि विनियोजित पुँजीगत खर्च बढाउन आयोजनाको निरन्तर अनुगमन गरी सरकारलाई समयमै राय परामर्श प्रदान गर्ने भूमिकामा रहेका संसदीय समिति प्रभावकारी छ भन्ने सन्देश प्रवाह गराउन सक्नुपर्छ, त्यो भएको छैन”, उनले भने । देश विकासका लागि क्यालेण्डर बनाएर अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउनु हुँदै नेता सापकोटाले कर्मचारीको कार्यसम्पादन मूल्याङ्कनसमेत आयोजनाको कार्यप्रगतिका आधारमा गरिने परिपाटी विकास गर्नुपर्छ भने । 

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता तथा समिति सदस्य ठाकुर गैरेले विकास आयोजनाको समयमा बोलपत्र आह्वान भए नभएको तथा अघि बढाइएका आयोजनाको गुणस्तर अनुगमन र मुख्य जिम्मेवारीमा रहेका विधेयक अघि बढाउन समिति क्रियाशील हुनुपर्ने सुझाव दिए । “मनसुन सक्रिय भएसँगै बाढी, पहिरो र डुबानबाट क्षति पुगेका सडकलगायतका पूर्वाधारको मर्मतसम्भार गरी सञ्चालन गर्ने कार्यलाई प्राथमिकता दिन समितिले पनि भूमिका खेल्नुपर्छ”, उनकाे भनाइ थियो । 

समिति सदस्य दिनेशकुमार यादवले सरकारले यस वर्षको बजेटमा कतिपय बहुवर्षीय आयोजनामा बजेट कटौती गरेको भनी आलोचना भइरहेको प्रतिक्रिया दिए । उनले भने, “१८ खर्ब बजेट विनियोजन भइरहँदा कतिपय महत्वपूर्ण आयोजनामा बजेट छुट्याइएन, बजेट र आयोजनाबिच तालमेल भएन । नदी तटबन्धका लागि बजेट विनियोजन नहुँदा बर्सेनि गाउँ नै डुबानमा परी जनता विचल्लीमा परेको अवस्था छ ।” सोही दलका लक्ष्मी चौधरीले मनसुन सक्रिय भएसँगै बाढी, पहिरो र डुबानको चपेटामा परेका जनतालाई राहत दिन समितिले विशेष पहल गर्नुपर्ने धारणा राखे । 

“मनसुनपछिको बाढी, पहिरो र डुबानबाट जनता मारमा परेका छन्, उनीहरुलाई राहत दिनुपर्ने बेलामा राजनीतिक दल विश्वासको मतको हानथापमा लागेका छन् । त्यसैले धेरै क्षति भएको ठाउँमा  खाली हात होइन केही राहत लिएर जाऔँ, त्यसका लागि समितिले नेतृत्व गरोस्”, उनले भने । एमाले सांसद महेश बस्नेतले चालु आर्थिक वर्षमा पुँजीगत खर्च ५७ प्रतिशतमा सीमित रहेको तर निर्माण व्यवसायीले अर्थ मन्त्रालयबाट ७० अर्ब रकम भुक्तानी पाउन बाँकी रहेको विषयमासमेत ध्यान दिन आवश्यक रहेको बताए । 

सोही दलका निर्मला कोइरालाले बाढीपहिरोबाट अहिले कुन सडक भत्कियो भनिरहँदा कुन बाँकी छ भन्ने प्रश्न गम्भीर हुने बताए । उनले भने, “भौगोलिक अवस्थाको ख्याल नगरी जथाभावी सडक खन्ने र टोलटोलमा पुर्याउने प्रतिस्पर्धाले जनता काल रुगेर बस्न बाध्य छन् । बर्सातभर पहिरोको त्रास छ, तराईमा पानी नआउने चापाकल बर्सातमा डुबानमा परेर कहाँ छ भनेर खोज्न परिरहेको छ । यी विषयमा हामी गम्भीर बन्नुपर्छ ।” माओवादी केन्द्रका सांसद उर्मिला माझीले पुँजीगत खर्चलाई पारदर्शी र प्रभावकारी तुल्याउँदै बाढीपहिरोबाट अस्तव्यस्त राजमार्गलाई यथाशीघ्र सञ्चालन गर्नेतर्फ सबैको जोडबल हुनुपर्छ भनिन । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE