कैलाली । बाढी वितण्डाले तहसनहस पारेको कैलाली, कञ्चनपुरका बाढी प्रभावितको जनजीवन केही सहज बनेको छ ।
डुबानमा परेको घरबाट पानी निस्केपछि प्रभावितको जनजीवन सहज बन्न थालेको हो । हिजोदेखि मौसम सुधारसँगै नदीमा पानीको बहाव घट्दै गएको छ । बाढी घटेपछि विस्थापितहरू घर फर्कन थालेका छन् । उनीहरू घर सफा गर्नेदेखि लिएर आवश्यक अन्य काममा जुटेका छन् ।
सबैभन्दा बढी क्षति र नोक्सान भएको कञ्चनपुरमा धेरै प्रभावित घर फर्किसकेका छन् । धेरैजसो हिजै र अरू विस्थापितहरू आज घर फर्केको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले बताए ।
उनले भने,“अत्यधिक मानिस घर फर्किसकेका छन् । अब फर्कन बाँकी विस्थापित धेरै छैनन् ।” कञ्चनपुरको भीमदत्त, दोधारा चाँदनी, पुनर्वास, वेदकोट नगरपालिका लगायतको पालिकामा महाकाली, चौधर र दोदा नदीको बाढीले डुबान गरेको थियो । डुबान भएपछि विस्थापित भएकाहरूलाई उद्योग वाणिज्य सङ्घ कञ्चनपुरले हिजो पानीसहित सुख्खा खाना राहत उपलब्ध गराएको थियो ।
वडाहरूमार्फत राहत वितरण भएको जोशीले बताए । यसैगरी, निड्स नामक संस्थाले मेस चलाएर विस्थापितहरूलाई खाना खुवाएको थियो । कञ्चनपुरमा झन्डै दुई हजार व्यक्ति विस्थापित भएका थिए । यसैगरी, कैलालीका बाढी प्रभावित पनि घर फर्कनेक्रम सुरु भएको छ । आज केही परिवार घर फर्केको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताए । उनले विस्थापित १५१ परिवारका करिब सात सय व्यक्ति घर फर्कन बाँकी रहेको उल्लेख गरे ।
शुक्रबारबाट भएको अविरल वर्षाले कैलालीको तराई क्षेत्र जलमग्न भएको थियो । घर डुबेपछि मानिसहरू सडक, सुरक्षित भवनमा विस्थापित भएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २७ गते, २०८२ - २०:१८
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् । कीर्त...
मंसिर २७ गते, २०८२ - २०:०८
जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...
मंसिर २७ गते, २०८२ - २०:०५
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...
मंसिर २७ गते, २०८२ - २०:०३
काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...
मंसिर २७ गते, २०८२ - १९:५९
धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् । शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...
मंसिर २७ गते, २०८२ - १९:३२
लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...
मंसिर २७ गते, २०८२ - १९:२५
गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...
मंसिर २७ गते, २०८२ - १९:१८
म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...
मंसिर २७ गते, २०८२ - १९:०२
तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...
मंसिर २७ गते, २०८२ - १८:५६
गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...




प्रतिकृया लेख्नुहोस्: