काठमाडौं । राष्ट्रिय भूमि आयोगले करारमा कार्यरत कर्मचारीलाई करार बमोजिम तलब नदिएको भन्दै सर्वोच्च अदालतमा परेको रिटमा अन्तरिम आदेश जारी भएको छ । भूमि आयोगमा हलुका सवारी चालक पदमा कार्यरत किरण केसीसहित १७ जनाले दायर गरेको रिटमा सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले अन्तरिम आदेश दिँदै विपक्षीको नाममा कारण देखाउ आदेश जारी गरेको हो ।
सरकारले गत २०८० चैत ८ गते राष्ट्रिय भूमि आयोग विघटन गरेको थियो । भूमि आयोग विघटनविरुद्ध सर्वोच्चमा गोवद्धन कोलीले रिट दायर गरेका थिए । उक्त रिटमा सर्वोच्चले चैत २५ गते अल्पकालीन अन्तरिम आदेश जारी गर्दै ‘अन्तरिम आदेश सम्बन्धि छलफलबाट टुङ्गो नलागेसम्म अर्को भूमि सम्बन्धि आयोग तथा जिल्ला समिति गठन नगर्नु, नगराउनु, आयोग र समितिका स्रोत, साधन, भौतिक सम्पत्ति र कागजातहरु सुरक्षित रुपमा राख्नु, राख्न लगाउनु’ भनी आदेश भएको थियो । सर्वोच्चको संयुक्त इजलासबाट गत चैत ३० गते २५ गतेकै आदेशलाई निरन्तरता दिइएको थियो ।
सो रिटमा गत असार १३ गते तोकिएको पेशीबाट अन्तिम आदेशका हुन नसक्दा कर्मचारीले तलब पाउनेबारेमा थप अन्यौलता भएको थियो । आफूहरुले करारबमोजिम काम गरिरहेको र यही असार मसान्तभित्र तलब पाउनुपर्ने भनी अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका थिए ।
निरन्तर रुपमा कार्यालय गइरहेका कर्मचारीहरुलाई हाजिर नगराइ काममा लगाएको रिट निवेदकहरुको दाबी छ । ‘काम गर्दै गर्नुस्, तलब आउँछ’ भनी आयोगले आश्वसन दिएको र अहिले आएर तलब दिन नसक्ने जानकारी गराएको उनीहरुले रिट निवेदनमा उल्लेख गरेका छन् ।
भूमि आयोगले केन्द्रीय कार्यालयमा २० जना कार्मचारी करारमा नियुक्ति गरेको थियो । उनीहरुको नियुक्तिको समयावधि आगामी असार मसान्तसम्म कायम छ । उनीहरुले कामबाट हटाइएको बारे कुनै जानकारी पनि नदिइएको र निरन्तर कार्यालय गएर तोकिएको काम गर्दा दुई महिनादेखि तलब नपाउने परिस्थिति निर्माण भएको बताएका छन् ।
त्यस्तै, विभिन्न जिल्लामा करारमा काम गरिरहका करिब साढे ३ सय जना अमिन, सर्वेक्षकले समेत तलब नपाएको बताइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: