Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

प्रादेशिक अस्पताल लाहानमा असारे विकासको चटारो

खबरडबली संवाददाता

सिरहा । विगतको तुल्नामा यस वर्ष आर्थिक वर्षको अन्त्यमा आएर आधिकांश सरकारी अड्डाहरुमा  बजेट सिध्याउने धन्दा मौलाएको छ । देशको राजनीतिक संरचना बदलिए पनि ‘असार’मा नै बजेट सक्र्ने प्रवृत्तिमा भने कमी आएको छैन ।

यसको जव्लन्त उदाहरण हो, सिरहाको लाहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पताल । यस प्रादेशिक अस्पतालमा अहिले ‘असारे विकासको चटारो’ छ । अस्पतालमा फिजियो थेरापी भवनको माथी नव निर्मित ट्रसको रुम तथा फिनिसिङ गर्ने कार्यको सुरुवात असार मसान्तमा गरेको पाइएको हो ।

प्रादेशिक अस्पताल लाहानका मेडिकल सुपरिडेन्टेन्ट डाक्टर शुनिल कुशवाहाले रकम हिनामिना गर्नकै लागी असार मसान्तमा मात्र ६० लाख वरावरको ६ वटा कोटेशन मार्फत निर्माण कार्य गराइरहेको नाम नखोल्ने शर्तमा अस्पतालकै एक कर्मचारीले जनाएको छ । ती कर्मचारीले भने, ‘जब आर्थिक वर्ष सकिन लाग्छ अनि पूर्वाधार विकासको नाममा विनाशको खेती सुरु गर्न अस्पतालका प्रमुख माहिर हुनुहुन्छ । कोटेशन मार्फत काम गराइरहेका ठेक्केदासँग प्रमुख कुशवाहाले  २० देखि ३० प्रतिशत कमिशन लिएर काम गराइरहेको छ ।’

मेसु कुशवाहाले ठेक्केदारसंगको साठगाँठमा कमअसल काम गराइरहेको स्रोतको दावी छ । ठेक्केदारले ट्रस निर्माणमा दुइ नम्वर इट्टा र प्रशोधन नगरी खोलाबाट ल्याएको गिट्टी वालुवा प्रयोग गरेको त्यहाँ कार्यरत कर्मचारीहरु नै बताउँछन् ।

डा.कुशवाहाले रकम हिनामिना गर्नकैकै लागी असार मसान्तमा धमाधम निर्माण कार्य सकाउन लागेको स्थानीय राजनितिकर्मीहरुकोसमेत आरोप रहेको छ । प्रादेशिक अस्पतालमा निर्माण कार्य देखि कर्मचारी भर्नामा समेत आर्थिक चलखेल हुने गरेको उनीहरुको कथन रहेको छ ।

अस्पतालका प्रमुख कुशवाहा आफैले दिएको दुईवटा स्टिमेट बजेट शिर्षकमा वाझिएको छ । उनले पठाएको ट्रस निर्माणको स्टिमेटमा प्रोजेक्टको नाम ‘‘फिजियो थेरापी भवनको माथी नव निर्मित ट्रसमा रुम तथा फिनिसिङ गर्ने कार्य’’ उल्लेख गरिएको छ ।

यसलाई नै आधार मान्ने हो भन्ने उक्त ठाउँमा ट्रस निमार्ण कार्य अधुरै राखेर पुनः कोटेशन मार्फत नव निर्मित भवनमा कोठा तथा फिनिसिङको लागी रकम विनियोजन गरिएको प्रष्ट देखिन्छ । ट्रसको काम सम्पन्न नहुदै एउटै भवनको लागी फिनिसिङ गर्न पुनः कोटेशन लगाउनुले पनि कार्यालय प्रमुखले रकम अनियमितता गर्ने नियतले कोटेशनमा काम गराईरहेको पुष्टि गर्छ ।

प्रत्येक आर्थिक वर्षको असार मसान्तको २४ गते राती १२ वजे सम्ममात्र अनलाइन चेक काटने व्यावस्था छ ।  तर यो अस्पतालमा कोटेशनमा लगाइएको काम सक्न अझै कम्तीमा १५ दिन लाग्छ । ट्रस निर्माण देखि टाइल्स, मार्वल सम्मको काम अधुरै छ । काम सम्पन्न नभएपनि भुक्तानी दिने तयारी भइरहेको स्रोतको दावी छ ।

नव निर्मित ट्रस वर्षौ पुरानो बनेको भवनमाथी निर्माण गरिएको छ। पुरानो भवनको अवस्था पनि जिर्ण छ। भवनको छतमा धेरै ठाउँमा चिरा परिसकेको छ। तर त्यहीँ माथी पुनः ट्रस निर्माण गरिएको छ । यस सम्वन्धमा अस्पताल प्रमुख कुशवाहासंग ट्रस निर्माण र टाइल्सको काम  कस्ले र कती लागतमा हैुदैछ? भनी जिज्ञासा राख्दा उनले, ‘म अहिले बाहिर छु, सबै कागजात लेखासंग छ। मलाई अहिले सम्झना  भएन कस्ले र कती रकम विनियोजन भएको छ? भन्दै गैर जिम्मेदारी पुर्ण प्रतिकृया दिँदै फोन काटे ।’

यता लेखा अधिकृत राज कुमार साहसंग यो काम कस्ले गराई रहेको र निमार्ण कार्य नसक्दाँपनि कसरी भुक्तानी हुन्छ? भनि जिज्ञासामा उनले, ‘कैलास कन्सट्रक्सनका प्रोप्राइटर संजय सिंहले काम गराई रहेको छ। कामहरु सबै कोटेसनमै भइरहेको छ। म कहाँ फाइल आएको छैन। सबै कोटेसनको छुटा–छुटै कन्सट्रक्सनको नाम पेस गरेपनि काम उनीहरुले नै गराएको देख्छु। भुक्तानी त काम सम्पन्न भएर फाईल आएपछि मात्रै हुने हो।’

हरेक आर्थिक वर्षको अन्त्यमा हुने असारे विकास केवल बजेट सक्ने काम मात्रै हुने गरेको जानकारहरु बताउँछन्। हरेक वर्ष विकास–निर्माणमा छुट्याइएको बजेट बालुवामा पानी हालेसरह भएको छ। छोटो समयमा काम गर्दा व्यापक आर्थिक अनियमितता भइरहेको उनीहरुको भनाई छ। असार मसान्तमा छोटो समयमा भएको विकास दिगो समेत हुँदैन। एकातर्फ वर्षातको समय र अर्को तर्फ छोटो समयमा भएको विकास कागजीरुपमा मात्र सीमित हुने र त्यसबाट कर्मचारीहरुले व्यापक भ्रष्ट्राचार गर्ने प्रवृती मौलाएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई कांग्रेसमै फर्कन आह्वान

काठमाडौं । नेपाली कांग्रेसले पार्टी परित्याग गरेर स्वतन्त्र बनेकाहरूलाई फर्कन आह्वान गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी छ...

भारतमा बेचिएका १० महिला तथा किशोरीको उद्धार

कञ्चनपुर । माइती नेपाल आवधिक गृह, कञ्चनपुरले भारतमा बेचिएका १० जना महिला तथा किशोरीको उद्धार गरेको छ । विसं २०८१ कात्तिक मसान्तदेखि गत बिहीबारसम्मको ए...

आगामी जनवरी १ देखि रसुवागढी नाका खुल्दै

काठमाडौँ । रसुवागढी–चीन जोड्ने बेलिब्रिज जनवरी १ देखि सञ्चालनमा आउने भएको छ । साे नाका चीन सरकारले जनवरी १ अर्थात् पुस १७ गतेदेखि सञ्चालनमा ल्याउने जा...

निर्वाचन आचारसंहिता ०८२ स्वीकृत, माघ पहिलो सातादेखि लागू गर्ने तयारी

काठमाडौं । निर्वाचन आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता ०८२ स्वीकृत गरेको छ । शनिबार बसेको आयोग बैठकले आचारस...

पखेर–बरङ्जा सडक योजना अन्तिम चरणमा

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ र ४ नं वडालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने पखेर–बरङ्जा सडक स्तरोन्नतिका लागि सञ्चालन भएको योजना निर्म...

गोलन्जोरका जुनार–सुन्तला बगैँचामा पैसाको बिटो !

सिन्धुली । मौलिक दानेदार फल जुनार उत्पादनको केन्द्र गोलञ्जोर गाउँपालिकाको महाभारत क्षेत्रका किसान मात्र होइन, यहाँका व्यापारीलाई समेत जुनार र सुन्तला ...

धनकुटाबाट नेकपाद्वारा १० उम्मेदवार नाम सिफारिस

काठमाडाैं । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली कम्युनिष्ट पार्टी धनकुटाले प्रत्यक्ष र समानुपातिकको लागि विभिन्न व्यक्तिहरुलाई उम्मेदवारको रुपमा...

खरबारी सुन्तला बगैँचामा परिणत

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ भेडाबारी र भोर्लेनीका किसानले भिरालो पाखो खरबारीलाई सुन्तला बगैँचामा परिणत गरेका छन् । कोदो, मकैलगायत परम्पर...

हनुमानढोका दरबार क्षेत्रको मौलिकता जोगाउन सरोकारवालाको जोड

काठमाडौँ । हनुमानढोका दरबार सङ्ग्राहलयकाे मौलिकता संरक्षण गर्न सरोकारवालाहरूले जोड दिएका छन् । हनुमान ढोका दरबार सङ्ग्राहलय विकास समितिको १६औँ स्थापना...

रक्षा खर्च बढाउँदै जापान

टोकियो । जापान सरकारले आर्थिक वर्ष सन् २०२६ का लागि हालसम्मकै सबैभन्दा ठूलो रक्षा बजेट प्रस्ताव गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार प्रस्तावित रक्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending