महोत्तरी । महोत्तरीको गौशाला नगरपालिकामा ११ बर्षीय वालिका ७ दिनदेखि वेपत्ता भएकी छन । गत विहिवार गौशाला बजारमा किनमेल गर्न गएको वेला कृति कुमारी महतो वेपत्ता भएकी हुन ।
वडा नं. २ निगौल बस्ने महतो र सोही वडामा वस्ने १९ बर्षीय आकाश कुशवाहा एकैदिन वेपत्ता भएपछी बालिकाको परिवारले कुशवाहाले नै वेपत्ता वनाएको हुन सक्ने आशंका गरेका छन ।
यसैको आधारमा कुशवाहामाथी वेपत्ता वालिकाको परिवारले किटानी जाहेरी समेत दिएका छन । 'आफन्त र केही सुराकीको आधारमा छोरीलाई कुशवाहाले लिएर गएको थाहा पाएका छौ ।' कृतिकाका वुवा संजय कुमार महतोले भने ।'उमेर नै नपुगेकी ११ बर्षीय छोरीलाई अपहरण शैलीमा भागाएपछी अहिले प्रहरीलाई खोजी गरेर भगाउने कुशवाहालाई कारवाहीको माग गरेका हौ ।'
वालिका काँहा छिन भन्ने बिषयमा मोबाइल फोन समेत प्रहरीले ट्रयाकिङ्ग गरेको छ । ट्रयाकिङ्गको आधारमा ठाँउ पहिचान गर्दा वालिका आशंका गरिएका कुशवाहाको आफन्तकोमा रहेको प्रमाणित भएको वेपत्ता वालिकाका परिवारजनले बताए ।
'हामी प्रहरीले दिएको जानकारीअनुसार सर्लाहीस्थित भक्तिपुरमा पुग्यौ त्याँहा कुशवाहाका सानिमा देवकली महतोको घरमा रहेको थाहा पांयौ ।' वेपत्ता वालिकाका मामा देवनारायण महतोले भने । 'त्यसपछि उनीहरुले हामी खोजीरहेको थाहा पाएपछि कुशवाहाको हजुरवुवा प्रभु महतोको घरमा पुर्र्याएकोसम्म थाहा पाएका थियौ तर अहिले हाम्री भान्जी काँहा छिन भन्ने केही थाहा छैन ।'
प्रहरीलाई जाहेरी दिएको ५ दिन वितिसक्दा पनि खोजविनमा सुस्तता देखिएको भन्दै आफन्तहरुले गुनासो गरेका छन । यता प्रहरीले भने खोजविन प्रक्रियालाई तीव्रता दिएको र यस्को लागि संयन्त्रहरु समेत प्रयोग गरिरहेको दाबी गरेको छ ।
ईलाका प्रहरी कार्यालय गौशालाका कार्यालय प्रमुख सुर्य वहादुर राणाले मोबाइल फोन ट्र्याकिङ्ग गरेर थप खोजी भईरहेको बताए । उन्ले भने । 'हामी लागीरहेका छौ, सर्लाहीस्थित भक्तिपुरमा केटाका आफन्तहरु थुप्रै रहेछन हामीले घर-घरमा पुगेर समेत खोजी कार्यलाई तीव्र बनाएका छौ ।'
यता बालिका वेपत्ताको बिषयलाई लिएर मानवअधिकारवादीहरुले समेत ध्यानाकर्षण जनाएका छन । मानवअधिकारवादी संवद्व संस्था मधेश प्रदेश प्रमुख मंजु खतिवडाले वालिका बेपत्तालाई लिएर आफुहरुको ध्यानाकर्षण भएको बताएकी छन । 'उमेर नपुगेकी वालिकालाई भगाउनु भनेको अपहरण गरेको जस्तै हो । अव अपहरण मुद्दामा वालिकाका आफन्त अगाडी बढनुपर्छ ।'
वेपत्ता भान्जीको बिषयमा माइती नेपाललाई समेत उजुरी दिएको मामा देवनारायण महतोले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: