Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

सरकार गठन र विघटनको खेल किन व्यापारीकै घरमा खेलीन्छ ?

खबरडबली संवाददाता

काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईँँँँले एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आफ्नो घरमा खाना खुवाएको दृष्य सार्वजनिक भएपछि त्यसले नेपाली समाजमा मार्सीको बिम्ब नै खडा गरिदिएको थियो।

उनले अध्यक्षद्वयलाई आफ्नो निवासमा बोलाएर मार्सी चामलको भात खान दिँदै तत्कालीन वाम एकताको वातावरण तयार पार्न भूमिका खेलेको दाबी गर्दै आएका थिए। यद्यपि अहिले उनको दुबै नेताहरुसँग राजनीतिक रुपमा निकटता छैन।

तत्कालीन अवस्थामा नेताहरुसँगको निकट सम्बन्धकै कारण उनले आफ्नो घरमा बोलाएर मार्सी चामलको भात खुवाउने हैसियत राखेका हुन्।

सामान्यतया कार्यकर्ताको घरमा औपचारिकता जनाउन बाहेक अन्य प्रयोजनका लागि जान समेत आवश्यक नठान्ने नेताहरु व्यापारीको घरमा सहजै पुग्नुले पनि उनीहरुको अस्वाभाविक जीवन शैलीको आयस्रोत यिनै व्यापारीहरु त होइनन्रु भन्ने आशंकालाई थप बल पुर्‍याएको छ।

प्रसाईंको नेताहरुसँगको सम्बन्धका विभिन्न आयाम मध्ये आफ्नो केही व्यापारिक र नेताहरुको आफ्नै स्वार्थले प्रमुख भूमिका खेलेको समयक्रममा पुष्टि हुँदै गइरहेको छ।
यसबाहेक नेपालको राजनीतिमा महत्वपूर्ण परिघटना व्यापारिक घरानामै बसेर गृहकार्य गरिएको दृष्टान्त विगतदेखि नै हालसम्मै छ।

पछिल्लो विकसित राजनीतिक घटनाक्रम पनि व्यापारीको घरमै भएको छ। दुई ठूला दल कांग्रेस एमालेका शीर्ष नेताहरुले व्यारीको घरमै सहमतिको प्रारुपलाई मूर्तरुप दिँदै ठोस निष्कर्षमा पुगेका हुन्।

सोमबार व्यापारिक घराना क्याप्टेन रामेश्वर थापाको निवासमा कांग्रेस एमालेबीच सत्ता सहकार्यको सम्झौतालाई अन्तिम रुप दिइएको थियो। कांग्रेस एमालेका दोस्रो तहका नेताहरुबीच सहमतिको ड्राफ्ट ललितपुरको एक होटेलमा तयार गरिए पनि त्यसलाई सहमतिको आकार भने व्यापारी थापाको घरमै दिइएको थियो।

चपली हाइटस्थित थापाको निवास नै एमाले अध्यक्ष ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको रोजाइमा पर्यो। यस अघि पनि नेकपाकालमा नेताहरुको असमझदारी हल गर्ने स्थल उनको निवास बनाउँदै आएका थिए।

एमालेको आन्तरिक विवाद उत्कर्षमा पुगेको बेला अध्यक्ष ओली र अर्का नेता माधव नेपालको वार्तास्थल नै उनको निवास बनेको थियो।

माथि उल्लेखित मेडिकल व्यवसायी प्रसाईंले केही समय देखि युट्युबमा अन्तर्वार्ता दिँदै निश्चित व्यापारिक घरानाले मुलुक सञ्चालन गरिरहेको बताउँदै आएका छन्।

उनको अभिव्यक्तिले नेताहरुसँगको अघोषित सम्बन्ध आर्थिक लेनदेन र व्यापारीहरुलाई राज्यस्तरबाट प्रदान गरिने सहुलियत र सहजताले निर्धारण गर्ने गरेको प्रष्टै हुन्छ।

दुबैको स्वार्थ मिल्दा सम्बन्ध स्थापित भएको चर्चा गरिन्छ। यसैलाई पुष्टि गर्नेगरी सोमबार कांग्रेस एमालेका शीर्ष नेताहरुको सहमतिलाई मूर्तता दिने उपयुक्त स्थल व्यापारीकै घर बन्न पुगेको बुझ्न कठिन छैन।

कांग्रेस एमालेबीचको सहमतिका लागि त्यस स्थान नजिकै देउवाको निवास र अर्का कांग्रेस नेता नेता नारायण खड्काको घर छ । तर, शीर्ष नेताहरुले आफ्नो निवासमा सहमतिलाई अन्तिम रुप नदिएर किन व्यापारी थापाकै निवास रोजे ? सर्वत्र चर्चाको विषय बनेको छ।

यस प्रकारको निर्णायक सहमति गर्ने विश्वसनीय स्थलका रुपमा व्यापारीको घर शीर्ष नेताहरुले रोज्नुको पछाडि उनीहरुको अनन्य सम्बन्धको उपज हो।

सरकारमा रहेको बेलामा आफू निकट सीमित व्यापारिको हितमा गरिने निर्णय र अनुकूलताका लागि दिइने सहुलियतले नेताहरुको विश्वासपात्र व्यापारी भएको बताइन्छ ।  फलस्वरुप सरकारका कतिपय नीतिगत निर्णयमा सीमित व्यापारी हाबी हुने गर्दछन्। उनीहरुको स्थार्थ अनुरुप नीति निर्माण र निर्णय गर्ने गरिन्छ।

यसअघि झापाको गिरीबन्धु टिस्टेटको हदबन्दी भन्दा बढी जग्गा सट्टापट्टा गर्न दिने एमाले अध्यक्ष ओली नेतृत्वको तत्कालीन सरकारले गरेको निर्णयमा पनि एक व्यापारिक घरानाकै प्रमुख व्यक्तिको संलग्नता रहेको खबर सञ्चारमाध्यममा बाहिरिएको थियो।

तिनै व्यापारी घरानाको स्वार्थ अनुरुप निर्णय मन्त्रिपरिषदबाट पारित गराएको केही समय पछि विभागीय मन्त्री नै उनको अपार्टमेन्टमा सरेको समाचार सार्वजनिक भएको थियो।

नेताहरुले राजनीतिकरुपमा दिइने विभिन्न सहुलित र त्यसबापत ब्वापारीबाट लिइने आर्थिक लाभले दुबैको सम्बन्ध प्रगाढ गराउन सेतुको भूमिका खेलेको जानकारहरु बताउँछन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चितवनका गाईभैँसीमा खोरेत रोगको समस्या

चितवन । चितवनमा गाईभैँसीमा खोरेत रोगको समस्या देखिएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका र भरतपुर महानगरमा पालिएका पशुमा खोरेतको समस्या देखिएको हो ।...

एमालेको ११औं महाधिवेशन: बन्दसत्र १ बजे सुरु हुने गरी फेरि सारियो

काठमाडौं। नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्र फेरि सारिएको छ। बिहानै सुरु गर्ने तयारी गरिएको यस बन्दसत्र सवा १२ बजेलाई सारिएको थियो भने, अब दिउ...

विश्वम्भरको जर्बुटा कला: प्रकृतिसँगको अनौठो संवाद

ललितपुर  ।  सिन्धुलीको कमलामाई नगरपालिका वड नं ७ मा अवस्थित विश्वम्भर लामिछानेको निवास मात्र एउटा घर होइन, यहि घरमा अवस्थित उनको निजी सङ्ग्रहालय नै दे...

जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुने अवस्था छिटो स्थापित गर्न साझा प्रतिबद्धता जरूरी’ : उपसभामुख राना

काठमाडौँ । उपसभामुख इन्दिरा रानाले संसद्को सर्वोच्चता कायम राख्दै संविधानले परिकल्पना गरेअनुसार छिटो जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुने अवस्था स्थापि...

संसदीय अभ्यासले राजनीतिक परिपाटी निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याएको छः उपाध्यक्ष घिमिरे

काठमाडौँ । राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरेले संसदीय अभ्यासले वर्तमान राजनीतिक परिपाटी निर्माण गर्न महत्वपूर्ण योगदान पुर्‍याएको बताएकी छिन् । सं...

भृकुटीमण्डपको सुरक्षा कडा, एमाले बन्दसत्र केही ढिलो हुने

काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको दोस्रो दिन आज भृकुटीमण्डपमा बन्दसत्रको तयारी सुरु भएको छ । उच्च सुरक्षा व्यवस्थाका बीच सञ्चालन हुन...

बेलढुङ्गा घरबासमा पाहुनाको रोजाइ ‘कोदोको सेलरोटी’

बागलुङ । पछिल्लो समय बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखलेस्थित बेलढुङ्गा सामुदायिक घरबासमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । यहाँ पुग्ने पाह...

धान उत्पादन घटेसँगै मूल्यमा पनि गिरावट

मोरङ । बेमौसमी वर्षाका कारण यस वर्ष मोरङ जिल्लामा धान उत्पादन घटेको छ । धान उत्पादनका हिसाबले देशकै प्रमुख जिल्लामध्ये एक मानिने मोरङमा गत वर्षको तुलन...

एमालेको ११औँ महाधिवेशनको बन्दसत्र आजदेखि

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र सुरु हुँदैछ । पार्टीको नयाँ नेतृत्व चयन र मह...

एमालेले नेतृत्व चयन सहज बनाउन केन्द्रीय कमिटी बैठक आह्वान

काठमाडौँ । नेकपा एमालेले पार्टीको नेतृत्व चयन प्रक्रियालाई सहज बनाउने उद्देश्यसहित केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । भृकुटीमण्डपमा जारी महाधिवेशनक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending