Khabar Dabali ३ असार २०८३ बुधबार | 17th June, 2026 Wed
Investment bank

सरकार गठन र विघटनको खेल किन व्यापारीकै घरमा खेलीन्छ ?

खबरडबली संवाददाता

काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईँँँँले एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आफ्नो घरमा खाना खुवाएको दृष्य सार्वजनिक भएपछि त्यसले नेपाली समाजमा मार्सीको बिम्ब नै खडा गरिदिएको थियो।

उनले अध्यक्षद्वयलाई आफ्नो निवासमा बोलाएर मार्सी चामलको भात खान दिँदै तत्कालीन वाम एकताको वातावरण तयार पार्न भूमिका खेलेको दाबी गर्दै आएका थिए। यद्यपि अहिले उनको दुबै नेताहरुसँग राजनीतिक रुपमा निकटता छैन।

तत्कालीन अवस्थामा नेताहरुसँगको निकट सम्बन्धकै कारण उनले आफ्नो घरमा बोलाएर मार्सी चामलको भात खुवाउने हैसियत राखेका हुन्।

सामान्यतया कार्यकर्ताको घरमा औपचारिकता जनाउन बाहेक अन्य प्रयोजनका लागि जान समेत आवश्यक नठान्ने नेताहरु व्यापारीको घरमा सहजै पुग्नुले पनि उनीहरुको अस्वाभाविक जीवन शैलीको आयस्रोत यिनै व्यापारीहरु त होइनन्रु भन्ने आशंकालाई थप बल पुर्‍याएको छ।

प्रसाईंको नेताहरुसँगको सम्बन्धका विभिन्न आयाम मध्ये आफ्नो केही व्यापारिक र नेताहरुको आफ्नै स्वार्थले प्रमुख भूमिका खेलेको समयक्रममा पुष्टि हुँदै गइरहेको छ।
यसबाहेक नेपालको राजनीतिमा महत्वपूर्ण परिघटना व्यापारिक घरानामै बसेर गृहकार्य गरिएको दृष्टान्त विगतदेखि नै हालसम्मै छ।

पछिल्लो विकसित राजनीतिक घटनाक्रम पनि व्यापारीको घरमै भएको छ। दुई ठूला दल कांग्रेस एमालेका शीर्ष नेताहरुले व्यारीको घरमै सहमतिको प्रारुपलाई मूर्तरुप दिँदै ठोस निष्कर्षमा पुगेका हुन्।

सोमबार व्यापारिक घराना क्याप्टेन रामेश्वर थापाको निवासमा कांग्रेस एमालेबीच सत्ता सहकार्यको सम्झौतालाई अन्तिम रुप दिइएको थियो। कांग्रेस एमालेका दोस्रो तहका नेताहरुबीच सहमतिको ड्राफ्ट ललितपुरको एक होटेलमा तयार गरिए पनि त्यसलाई सहमतिको आकार भने व्यापारी थापाको घरमै दिइएको थियो।

चपली हाइटस्थित थापाको निवास नै एमाले अध्यक्ष ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको रोजाइमा पर्यो। यस अघि पनि नेकपाकालमा नेताहरुको असमझदारी हल गर्ने स्थल उनको निवास बनाउँदै आएका थिए।

एमालेको आन्तरिक विवाद उत्कर्षमा पुगेको बेला अध्यक्ष ओली र अर्का नेता माधव नेपालको वार्तास्थल नै उनको निवास बनेको थियो।

माथि उल्लेखित मेडिकल व्यवसायी प्रसाईंले केही समय देखि युट्युबमा अन्तर्वार्ता दिँदै निश्चित व्यापारिक घरानाले मुलुक सञ्चालन गरिरहेको बताउँदै आएका छन्।

उनको अभिव्यक्तिले नेताहरुसँगको अघोषित सम्बन्ध आर्थिक लेनदेन र व्यापारीहरुलाई राज्यस्तरबाट प्रदान गरिने सहुलियत र सहजताले निर्धारण गर्ने गरेको प्रष्टै हुन्छ।

दुबैको स्वार्थ मिल्दा सम्बन्ध स्थापित भएको चर्चा गरिन्छ। यसैलाई पुष्टि गर्नेगरी सोमबार कांग्रेस एमालेका शीर्ष नेताहरुको सहमतिलाई मूर्तता दिने उपयुक्त स्थल व्यापारीकै घर बन्न पुगेको बुझ्न कठिन छैन।

कांग्रेस एमालेबीचको सहमतिका लागि त्यस स्थान नजिकै देउवाको निवास र अर्का कांग्रेस नेता नेता नारायण खड्काको घर छ । तर, शीर्ष नेताहरुले आफ्नो निवासमा सहमतिलाई अन्तिम रुप नदिएर किन व्यापारी थापाकै निवास रोजे ? सर्वत्र चर्चाको विषय बनेको छ।

यस प्रकारको निर्णायक सहमति गर्ने विश्वसनीय स्थलका रुपमा व्यापारीको घर शीर्ष नेताहरुले रोज्नुको पछाडि उनीहरुको अनन्य सम्बन्धको उपज हो।

सरकारमा रहेको बेलामा आफू निकट सीमित व्यापारिको हितमा गरिने निर्णय र अनुकूलताका लागि दिइने सहुलियतले नेताहरुको विश्वासपात्र व्यापारी भएको बताइन्छ ।  फलस्वरुप सरकारका कतिपय नीतिगत निर्णयमा सीमित व्यापारी हाबी हुने गर्दछन्। उनीहरुको स्थार्थ अनुरुप नीति निर्माण र निर्णय गर्ने गरिन्छ।

यसअघि झापाको गिरीबन्धु टिस्टेटको हदबन्दी भन्दा बढी जग्गा सट्टापट्टा गर्न दिने एमाले अध्यक्ष ओली नेतृत्वको तत्कालीन सरकारले गरेको निर्णयमा पनि एक व्यापारिक घरानाकै प्रमुख व्यक्तिको संलग्नता रहेको खबर सञ्चारमाध्यममा बाहिरिएको थियो।

तिनै व्यापारी घरानाको स्वार्थ अनुरुप निर्णय मन्त्रिपरिषदबाट पारित गराएको केही समय पछि विभागीय मन्त्री नै उनको अपार्टमेन्टमा सरेको समाचार सार्वजनिक भएको थियो।

नेताहरुले राजनीतिकरुपमा दिइने विभिन्न सहुलित र त्यसबापत ब्वापारीबाट लिइने आर्थिक लाभले दुबैको सम्बन्ध प्रगाढ गराउन सेतुको भूमिका खेलेको जानकारहरु बताउँछन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विश्व खडेरीविरुद्ध संघर्षको दिवस मनाइँदै

काठमाडौं । आज विश्वभर विश्व खडेरीविरुद्ध संघर्षको दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । प्रत्येक वर्ष जुन १७ तारिखका दिन मनाइने यो दिवस यस वर्ष “चरन...

विश्वकप २०२६ : मेस्सीको ह्याट्रिक, कीर्तिमानी उपलब्धिसहित अर्जेन्टिनाको दमदार सुरुआत

काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले फिफा विश्वकप २०२६ को पहिलो खेलमै ह्याट्रिक गर्दै सनसनीपूर्ण प्रदर्शन गरेका छन् । अमेरिकाको कान्सास सिट...

एक वर्षमै बन्यो कर्णालीमा झोलुङ्गे पुल, कैलाली–बर्दिया सिधै जोडियो

कैलाली । कर्णाली नदीको दौलतपुरघाटमा कैलाली र बर्दियालाई जोड्ने झोलुङ्गे पुल सम्झौता समयभन्दा झन्डै दुई वर्षअघि नै निर्माण सम्पन्न भएको छ । दुई वर्षभित...

१८ वर्षपछि स्तरोन्नति भयो दरवाङ–फूलबारी सडक

म्याग्दी  । म्याग्दीको मालिका गाउँपालिकाले केन्द्र दरवाङदेखि फूलबारी–च्युरीबोट–सिस्नेरी हुँदै बागलुङको तमानखोला जोड्ने सडकअन्तर्गत दरवाङ...

साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालन गर्ने तयारी

काठमाडौं । नेपालको बहुप्रतीक्षित नागढुङ्गा–नौबिसे सुरुङमार्ग आगामी साउन महिनादेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ। आयोजनाले सुरुङभित्रका अधिकांश निर्...

सोलेडाँडाको फेदीमा अवस्थित रमणीय डाडाँगाउँ

म्याग्दी । म्याग्दी जिल्लाको मालिका गाउँपालिका–३ मा पर्ने डाडाँगाउँ प्राकृतिक सौन्दर्यले भरिपूर्ण बस्तीका रूपमा परिचित छ। दुईतर्फ भिरालो पाखाले घेरिएक...

जानकी गाउँपालिकाको नयाँ अभ्यास : उत्कृष्ट विद्यालयलाई अनुदान, शिक्षक र विद्यार्थीलाई पुरस्कार

कैलाली । कैलालीको जानकी गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न नतिजामा आधारित अनुदान तथा शिक्षक–विद्यार्थी प्रोत्साहन कार्यक्रम ...

चितवनबाट अपहरण गरिएका किशोर काठमाडौंमा उद्धार, पाँच भारतीय नागरिक पक्राउ

काठमाडौं । चितवनबाट एक किशोरलाई अपहरण गरी काठमाडौं ल्याएर फिरौती माग्ने पाँच भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। अपहरणमा परेका १६ वर्षीय रिसब गु...

खुकुरी देखाएर युवतीमाथि दुर्व्यवहार गर्ने युवक लागुऔषधसहित पक्राउ

रूपन्देही/दाङ । सामाजिक सञ्जालमा खुकुरी देखाएर युवतीलाई धम्काउँदै कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि दाङ प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। तुलसी...

कमला पुल निर्माणमा १५ वर्षको ढिलाइ, स्थानीयको चिन्ता बढ्दो

सिरहा । धनुषा र सिरहालाई जोड्ने कमला नदीमाथिको पुल निर्माण सुरु भएको करिब डेढ दशक बितिसक्दा पनि सम्पन्न हुन नसक्दा स्थानीयवासी निराश र आक्रोशित बनेका ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending