काठमाडौं । समाजलाई रूपान्तरण गर्न समाजवादी दिशामा लैजानु पर्ने नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बताएका छन् । गलत प्रवृत्तिका विरुद्धमा नयाँ सांस्कृतिक जागरण पैदा गर्न आवश्यक रहेको बताउँदै मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले आफूहरू समाजलाई रूपान्तरण गर्न, समाजवादी दिशामा जान चाहेको बताएका हुन् ।
नयाँ नयाँ विधाका योग्य र सक्षम युवाहरुलाई अगाडि बढाउन आवश्यक रहेको पनि बताए । उनले नेपालको कम्युनिस्ट आन्दोलनमा आफूहरूले विद्रोहको ज्वाला दन्काएको बताए । अध्यक्ष नेपालले आफ्नो पार्टीले राष्ट्रिय राजनीतिमा खेलेको भूमिकाप्रति गौरवबोध गर्नुपर्ने बताए ।
उनले भने, ‘हामी यो समाजलाई रूपान्तरण गर्न चाहन्छौँ, समाजवादी दिशामा जान चाहन्छौँ, त्यसका लागि समाजवादी संस्कृतिको विकास गर्न चाहन्छौँ, पुँजीवादी संस्कृतिका विरुद्धमा समाजमा रहेका सबै विसङ्गति र विकृतिका विरुद्धमा व्यक्तिहरूमा रहेको व्यक्तिवाददेखि लिएर चरम महत्त्वकांक्षादेखि लिएर अनेकौँ खालका त्यस्ता गलत प्रवृत्तिका विरुद्धमा हामी नयाँ सांस्कृतिक जागरण पैदा गर्न चाहन्छौँ । यो सांस्कृतिक जागरणको अभियन्ताको रूपमा तपाईँहरूले नयाँ नयाँ गीतहरूको रचना गर्नुपर्छ । नयाँ नयाँ नाटकहरूको रचना गर्नुपर्छ । नयाँ नयाँ विधाका योग्य र सक्षम युवाहरूलाई अगाडि बढाउनुपर्छ । यी खुबी र क्षमता भएका युवाहरू देशका विभिन्न ठाउँमा छरिएका छन् । विभिन्न समुदायमा रहेका छन् भने उनीहरूलाई पनि तपाईँहरूले एकत्रित गर्नुपर्छ ।’
उनले थपे,’ हामी सबैलाई थाहा छ, नेपालको कम्युनिस्ट आन्दोलनमा हामीले जुन पहल गरेका छौँ । विद्रोह गर्ने आँट गरेका छौँ, कम्युनिस्ट आन्दोलनमा देखापरेका विकृति, विसङ्गतिका विरुद्धमा विद्रोहको ज्वाला दन्काएका छौँ । एक्लै भए पनि अघि बढ्ने हिम्मत गरेका छौँ । एक्ला चलो, एक्ला चलो, एक्ला चलो रे भन्दै हामी अघि बढ्यौँ । हाम्रो साथमा देशभरका नेता र कार्यकर्ताहरू जुट्दै जुट्दै ७७ जिल्लामै संगठन विस्तर गर्दै पालिका, वडामा जनसंगठन निर्माण गर्दै अघि बढेका छौँ ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - १७:४१
टोकियो । जापानका हाईस्कुल विद्यार्थीमध्ये करिब १० प्रतिशतले चिकित्सकको सल्लाहविना सेवन हुने औषधि पछिल्लो वर्षमा बारम्बार प्रयोग गरेको बताएका छन् । ...
मंसिर २९ गते, २०८२ - १७:३९
जेरुसलेम । इजरायलले गाजा पट्टीमा शनिबार भएको आक्रमणमा हमासको सैन्य शाखाको हतियार उत्पादन प्रमुखको हत्या गरेको बताएको छ। गाजा शहरको दक्षिणपश्चिममा र...
मंसिर २९ गते, २०८२ - १७:३७
कम्बोडिया । कम्बोडिया र थाइल्यान्डबीच नयाँ सीमा भिडन्त आइतबार दोस्रो हप्तामा प्रवेश गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घातक लडाई रोक्न युद्...
मंसिर २९ गते, २०८२ - १७:३५
बैङ्कक । थाइल्यान्डको स्वास्थ्य मन्त्रालयले आइतबार कम्बोडियासँगको सीमा भिडन्तमा एक सर्वसाधारणको मृत्यु भएको बताएको छ । थाइल्यान्डको स्वास्थ्य मन्त्...
मंसिर २९ गते, २०८२ - १७:३२
काठमडाैँ । हमास लडाकु समूहसँग हतियार राख्ने ‘वैध अधिकार’ रहेको समूहको गाजा प्रमुख खलील अल–ह्याले आइतबार बताएका छन् । गाजा युद्धविरामको अर्को चरणको ...
मंसिर २९ गते, २०८२ - १७:३१
सङ्खुवासभा । चैनपुर नगरपालिका–४ मैदानेमा आगलागीमा परेर एक वृद्धको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनबहादुर राजवंशीका अनुस...
मंसिर २९ गते, २०८२ - १७:२९
काठमाडौँ । नेपाली चलचित्र क्षेत्रमा 'ठुल्दाइ'का उपनामले परिचित अभिनेता शिव श्रेष्ठले नेपालमा चलचित्र पर्यटनको प्रशस्त सम्भावना रहेको बताएका छन...
मंसिर २९ गते, २०८२ - १७:२७
रसुवा । हिमाली जिल्ला रसुवामा चिसो बढेसँगै नदी तथा खोलामा पानीको सतह घट्दा विद्युत् उत्पादन प्रभावित भएको छ । सम्बद्ध व्यावसायीहरूका अनुसार जिल्लाको म...
मंसिर २९ गते, २०८२ - १७:२४
बहुमतको आडमा विधान संशोधन र पार्टी लोकतन्त्रको प्रश्न
मंसिर २७ गते, २०८२ - २०:१८
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् । कीर्त...




प्रतिकृया लेख्नुहोस्: