Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

मलेसियाका पूर्वप्रधानमन्त्री रजाकलाई सरकारी कम्पनीलाई १.३ अर्ब डलर तिर्न अदालतको आदेश

खबरडबली संवाददाता

काठमाडौं । मलेसियाको उच्च अदालतले पूर्वप्रधानमन्त्री नजिब रजाक लाई सरकारी कोष दुरुपयोग र पददुरुपयोग गरेको ठहर गर्दै एसआरसी इन्टरनेसनललाई १ अर्ब ३० करोड अमेरिकी डलर (करिब ५ अर्ब २५ करोड मलेसियाली रिंगिट) भुक्तानी गर्न आदेश दिएको छ।

मलेसिया सरकारको लगानी रहेको एसआरसी इन्टरनेसनलले  दायर गरेको देवानी मुद्दामा सुनुवाइ गर्दै अदालतले रजाकलाई कम्पनीको नोक्सानीको जिम्मेवार ठहर गर्दै कुल रकम तिर्नुपर्ने फैसला सुनाएको हो।

उच्च अदालतका न्यायाधीश अहमद फिरुज जैनोल अबिदिन का अनुसार, रजाकले आफ्नो पद दुरुपयोग गरी कम्पनीलाई १ अर्ब १८ करोड डलर बराबरको नोक्सानी पुर्‍याएका थिए। यससँगै कम्पनीको रकम हिनामिनाबाट व्यक्तिगत बैंक खातामा पुगेको १२ करोड डलर र त्यसको क्षतिपूर्ति समेत गरी कुल १ अर्ब ३० करोड डलर तिर्नुपर्ने आदेश अदालतले दिएको मलेसियाली मिडियाले जनाएको छ।

अदालतले रजाकले पदीय शक्ति प्रयोग गरी निवृत्तिभरण कोषबाट ४ अर्ब रिंगिट ऋण दिलाएका र त्यसमध्ये ३ अर्ब ६० करोड रिंगिटलाई अफसोर खातामा पठाइएका थिए जुन पछि हिनामिनामा गएको ठहर गरेको छ।

एसआरसी स्क्यान्डल वानएमडीबी घोटालासँग प्रत्यक्ष जोडिएको छ। एसआरसी इन्टरनेसनल वानएमडीबीको सहायक कम्पनीका रूपमा स्थापित गरिएको थियो, जसमा सरकारी लगानी विकासका नाममा निजी स्वार्थमा प्रयोग भएको आरोप छ।

न्यायाधीशले रजाकले कम्पनीको ‘एडभाइजर इमिरिटस’ पद सिर्जना गरी सञ्चालक समितिलाई बाइपास गरेर स्वेच्छाचारी निर्णय लिएको, संस्थागत चेक एन्ड ब्यालेन्स ध्वस्त पारेको र शक्तिको चरम दुरुपयोग गरेको फैसलामा उल्लेख गरेका छन्।

फैसला लगत्तै रजाकका वकिल तान श्री मोहम्मद शफी अब्दुल्लाह ले उच्च अदालतमा पुनरावेदन गर्ने तयारीको जानकारी दिएका छन्। अदालतले पुनरावेदनको लागि १४ दिनको समय तोकेको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल वायुसेवा निगमले शुक्रबारदेखि दुबई र दमाममा विशेष उडान गर्ने

काठमाडौँ । नेपाल वायुसेवा निगमले पश्चिम एसियाका दुबई र दमाममा विशेष उडान सञ्चालन गर्ने भएको छ। तीन दिनसम्म (३ देखि ५ अप्रिल) विशेष उडान हुने निगमले जन...

मुग्लिन-नागढुंगा सडक थप तीन दिन राति राति बन्द हुने

चितवन । मुग्लिन–नागढुङ्गा सडकखण्ड अन्तर्गतको घोप्टेभीरमा जारी मर्मत तथा स्तरोन्नति कार्यका लागि थप तीन दिन रातको समयमा यातायात आवागमन बन्द गरिने भएको ...

रमेश लेखकलाई १० दिन थुनामा राख्ने अनुमति

काठमाडौं । जेनजी आन्दोलनमा दमन गरेको अभियोगमा पक्राउ परेका पूर्व गृहमन्त्री रमेश लेखकलाई २ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनु...

बागमती प्रदेश श्रम सल्लाहकार परिषद्को बैठक सम्पन्न, रोजगारी विस्तार र सीप विकासमा जोड

हेटौँडा ।  बागमती प्रदेश सरकारअन्तर्गत श्रम, रोजगार तथा यातायात मन्त्रालयद्वारा गठित प्रदेश श्रम सल्लाहकार परिषद्को दोस्रो पूर्ण बैठक हेटौँडामा सम्पन्...

प्रतिनिधिसभा बैठकमा भदौ २३–२४ का घटनामा मतभेद, कोही आक्रामक त कोही मौन

काठमाडौँ । फागुन २१ गते सम्पन्न निर्वाचनबाट गठित प्रतिनिधिसभाको पहिलो बैठकमा गत भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ र त्यससँग सम्बन्धित घटनाबारे सांस...

इरानमाथि ‘ठूलो हमला’ गर्ने ट्रम्पको धम्कीलाई लिएर चीनले के भन्यो ?

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आउने हप्ताहरूमा इरानविरुद्ध ठूलो हमला गर्ने चेतावनी दिएपछि चीनले मध्यपूर्वमा तत्काल युद्धविरामको आह्वान ...

हारबाट विचलित नहुन आग्रह, रचनात्मक प्रतिपक्षको भूमिका खेल्ने प्रचण्डको घोषणा

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन परिणाम अपेक्षाअनुसार नआए पनि जनादेशलाई सम्मान गर्दै रचनात्मक प्रतिपक्...

केपी ओलीसँग शिक्षण अस्पतालमै बयान सुरु

काठमाडौँ । प्रहरी नियन्त्रणमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा बयान लिन सुरु गरिएको छ। भदौ २३ र २...

संसदको पहिलो बैठकमा आरोप–प्रत्यारोप र रोचक दृश्य

काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि गठन भएको नयाँ प्रतिनिधिसभाको पहिलो बैठक आज सिंहदरबारस्थित पुतली बगैँचामा निर्माणाधीन संसद् भव...

किसानलाई माटो परीक्षण गर्न आह्वान

काठमाडौं। कृषि विभागले माटोको गुणस्तर सुधारका लागि माटो परीक्षण गर्न किसानलाई आग्रह गरेको छ। विभागले माटोमा प्राङ्गारिक पदार्थको मात्रा कम पाइएपछि माट...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending