काठमाडौं । सम्पत्ति शुद्धीकरण र बालिका हिंसाजस्ता गम्भीर अभियोगमा अनुसन्धानका क्रममा हिरासतमा रहेका पूर्वमन्त्री दीपक खड्का र लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्माको पक्षबाट बन्दीप्रत्यक्षीकरण रिट दायर गरिएको छ।
गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै दुवै पक्ष मंगलबार सर्वोच्च अदालत पुगेका हुन्। अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार खड्काको हकमा उनकी श्रीमती बिनिता खड्का र शर्माको हकमा चिन्तामणि शर्माले रिट निवेदन दर्ता गरेका छन्।
दीपक खड्का लाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको सिफारिसमा प्रहरीले हिरासतमा लिएको थियो। उनीमाथि शक्ति र पहुँचको दुरुपयोग गरी अवैध सम्पत्ति आर्जन गरेको तथा सो रकम विभिन्न व्यवसायमा लगानी गरी शुद्धीकरण गरेको आरोपमा अनुसन्धान भइरहेको छ।
यता रेखा शर्मा लाई एक बालिकालाई घरेलु कामदारका रूपमा राखेर श्रम शोषण तथा हिंसा गरेको आरोपमा पक्राउ गरिएको हो। उनी नेपाल कम्युनिस्ट पार्टी (एमाले) का तर्फबाट निर्वाचित प्रदेशसभा सदस्य हुन्।
रिट निवेदनमा थुनामा राख्नुपर्ने पर्याप्त आधार र कारण नरहेको तथा कानुनी प्रक्रिया पालना नगरी पक्राउ गरिएको दाबी गरिएको छ। पछिल्लो समय उच्च पदस्थ व्यक्तिहरू अनुसन्धानका क्रममा पक्राउ परेलगत्तै बन्दीप्रत्यक्षीकरण रिटमार्फत हिरासतमुक्त हुने प्रयास गर्ने प्रवृत्ति बढ्दो देखिएको छ।
अदालतले रिटमाथि प्रारम्भिक सुनुवाइका लागि पेशी तोक्ने तयारी गरेको जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १७ गते, २०८२ - २१:२२
सडकपेटीमा हिँडिरहेका वृद्धमाथि अभद्र व्यवहारकाे आराेप
चैत्र १७ गते, २०८२ - २१:०४
काभ्रेपलाञ्चोक । भारी वर्षा र रोशी खोलामा पानीको बहाव बढेको कारण बिपी राजमार्गको भकुण्डे–नेपालथोक खण्ड आज साँझदेखि अनिश्चितकालीन रूपमा बन्द गरिएको छ। ...
चैत्र १७ गते, २०८२ - २१:०३
काठमाडौं । मलेसियाको उच्च अदालतले पूर्वप्रधानमन्त्री नजिब रजाक लाई सरकारी कोष दुरुपयोग र पददुरुपयोग गरेको ठहर गर्दै एसआरसी इन्टरनेसनललाई १ अर्ब ३० करो...
चैत्र १७ गते, २०८२ - २०:४८
सुर्खेत । बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका चारै जना नाबालकलाई पुर्पक्षका लागि बाल सुधार गृहमा पठाउन मंगलबार सुर्खेत जिल्ला अदालतले आदेश दिएको छ। ...
चैत्र १७ गते, २०८२ - २०:४३
काठमाडौँ । सामान्य प्रशासन मन्त्रालयले सरुवा वा खटाइएको कार्यालयमा जान आनाकानी गर्ने कर्मचारीलाई चेतावनी दिएको छ। मन्त्रालयका अनुसार जुनसुकै चुनौ...
चैत्र १७ गते, २०८२ - २०:४१
कर्मचारी कटौतीकाे प्रस्ताव
चैत्र १७ गते, २०८२ - २०:११
काठमाडौं । सरकारले ६ जना सहसचिवको सरुवा गरेको छ। चैत १६ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर...
चैत्र १७ गते, २०८२ - २०:०९
काठमाडौं । सम्पत्ति शुद्धीकरण र बालिका हिंसाजस्ता गम्भीर अभियोगमा अनुसन्धानका क्रममा हिरासतमा रहेका पूर्वमन्त्री दीपक खड्का र लुम्बिनी प्रदेशसभा सदस...
चैत्र १७ गते, २०८२ - १९:५७
लमजुङ । लमजुङमा सिँचाइ सुविधाको अभावका कारण यस वर्ष चैते धान रोपाइँ क्षेत्रफल घट्ने संकेत देखिएको छ। जिल्लाका नहर तथा कुलो पुगेका सीमित खेतमा मात्रै र...
चैत्र १७ गते, २०८२ - १९:४८
काठमाडाैं । लुम्बिनी प्रदेश सभा सांसद रेखाकुमारी शर्माको पक्राउविरुद्ध उनका श्रीमान चिन्तामणि शर्माले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर ...


प्रतिकृया लेख्नुहोस्: